डडेल्धुरा जिप दुर्घटना अपडेट : मृत्यु हुनेहरू सबैको सनाखत

घरसञ्चार
डडेल्धुरा । डडेल्धुराको नवदुर्गा गाउँपालिका-५ को चौडमा बिहीबार बिहान भएको जिप दुर्घटनामा घटनास्थलमै ज्यान गुमाएका चार जनाको सनाखत भएको छ ।

दुर्घटनामा १८ वर्षका सुरेश साउँद, २३ वर्षका सुरेश पार्की, ४० वर्षकी तारा अवस्थित, र ७२ वर्षीया कलावती साउदको मृत्यु भएको छ । मृतकको शव परीक्षणका लागि डडेल्धुरा अस्पताल पठाइएको छ । ठाँटा बजारबाट डडेल्धुरा बजारतर्फ जाँदै गरेको से १ ज ७३८ नम्बरको बोलेरो जिप भित्री सडक खण्डको चौडमा दुर्घटनामा परेको हो । जिप सडकबाट करिब २५० मिटर तल खसेको थियो ।

दुर्घटनाको कारण भने नखुलेको प्रहरीले बताएको छ । दुर्घटनामा परी अन्य ६ जना घाइते भएका छन् । घाइतेहरूमा १८ वर्षीया सुशीला विक, ४ वर्षीय प्रतिक पार्की, ४८ वर्षीय चन्द्रबहादुर साउद, चालक रामबहादुर साउद, ४२ वर्षीय गणेशबहादुर साउद र ४४ वर्षीय प्रकाश विक रहेका छन् । घाइतेहरूको उद्धार गरी उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *