पुलकाे रेलिङ्गमा मोटरसाइकल दुर्घटना एकजनाकाे मृत्यु

घरसञ्चार

दाङ । देउखुरीमा सवारी दुर्घटना हुदा एकजनाकाे मृत्यु भएको छ । मृत्यु हुनेमा राप्ती गाउँपालिका वडा नम्बर ३ मसुरिया निवासी ४३ वर्षिय खेमबहादुर पुन रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

शुक्रबार बेलुकी सात बजे राप्ती गाउँपालिका वडा नम्बर ८ सिसहनिया स्थित महदेवा देखि सिसहनियाँ तर्फ जादै गरेको रात २ प ६२६१ नम्बरको माेटरसाइल सिसहनिया पुलकाे रेलिङ्गमा अनियन्त्रित भइ ठाेक्किदा माेटरसाइकल चालक पुनकाे घटनास्थलमै मृत्युु भएको प्रहरी जनाएको छ । उनको टाउकोमा गम्भीर चोट लागेको छ । शवलाई पाेष्टमार्टमकाे लागि लमही अस्पतालमा राखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *