कुलोमा डुबेर दुई बर्षिय बालिकाको मृत्यु

घरसञ्चार
दाङ । घोराहीमा कुलोमा डुबेर दुई बर्षिय बालिकाको मृत्यु भएको छ ।

घोराही उपमहानगरपलिका-२ रामपुर बस्ने शिव कवर योगीकी छोरी दुई वर्षीया निशा कवर योगीको घर नजिकै रहेको कुलोमा डुबेर मंगलबार बेलुकी मृत्यु भएको हो ।
डुबेर अशक्त भएकी उनको राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *