क्वाटरभित्रै मृत भेटिए बैंकका शाखा प्रबन्धक

घरसञ्चार
दाङ । रूकुम पूर्वमा कृषि विकास बैंकका शाखा प्रबन्धक मृत भेटिएका छन् ।

सल्यानको बागचौर नगरपालिका-८ घर भइ कृषि विकास बैंकको रूकुम पूर्व शाखामा शाखा प्रबन्धकका रूपमा काम गर्दै आएका ५२ वर्षीय शिवशंकर गिरी शनिबार अपराह्न मृत भेटिएका हुन् । रूकुम पूर्वका प्रहरी प्रमुख डिएसपी उमाशंकरप्रसाद यादवका अनुसार उनी आफ्नै क्वाटरमा अपराह्न ४ बजेतिर मृत भेटिएका हुन् ।

क्वाटरमा बैंककै अरू तीन जना कर्मचारी पनि बस्थे । गिरी बिहान ११ बजेतिर नुहाएर सुतेका थिए । ४ बजेसम्म पनि नउठेपछि अरू कर्मचारीले प्रहरीलाई खबर गरेका थिए । प्रहरी पुगेर हेर्दा सुतेकै ठाउँमा उनको मृत्यु भइसकेको भेटिएको डिएसपी यादवले जानकारी दिए । सल्यानबाट उनका परिवार जाँदै गरेको र परिवारको सनाखत पश्चात पोस्टमर्टमको प्रक्रिया अगाडि बढाइने डिएसपी यादवले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *