दाङमा चरा संरक्षणको लागी सिमसार विशेष परियोजना लागू

घरसञ्चार
दाङ । दाङमा रैथाने तथा आप्रवासी चराको बासस्थान संकटमा पर्दै गएको भन्दै चरा र तिनको वासस्थान संरक्षणको पहल सुरू भएको छ ।
राप्ती नदीमा आप्रवासी चरा विचरणका लागि आउने गरे पनि मानवीय गतिविधि बढ्दै जाँदा चराको बासस्थान जोखिममा पर्न थालेकोमा सरोकारवालाको चिन्ता छ ।
त्यसैले अहिले देउखुरीको चुरे वन तथा पश्चिम राप्ती सिमसार क्षेत्रमा आप्रवासी चरा संरक्षणका लागि विशेष परियोजना लागू गरिएको हो ।

नेपाल पन्छी संरक्षण संघको पहलमा राप्ती नदीले समेटने दाङका चार पालिका राप्ती, गढवा र राजपुर गाउँपालिकासँगै लमही नगरपालिकामा आप्रवासी चराहरूको वैज्ञानिक अध्ययन र संरक्षण कार्य लागू भएको हो । नेपाल पन्छी संरक्षण संघले राप्ती नदी क्षेत्रमा दुर्लभ गिद्धलगायतका चराहरूको गणना गर्ने क्रममा चराको बासस्थान जोखिममा पर्न थालेको थाहा पाएपछि संरक्षणकर्मीहरूले स्थानीय तह र प्रदेश सरकारलाई जिम्मेवार बन्न आग्रह गरेका छन् ।
यसैबीच प्रदेश सरकारले चरा संरक्षणको योजनालाई प्राथमिकतामा राखेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *