दाङका सिडीओ लम्सालको कैलाली सरुवा, कैलालीका हमाल गृहमा तानिए

घरसञ्चार

काठमाडौँ । दाङका प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद लम्सालको सरुवा भएको छ ।

उनी कैलाली जिल्लामा सरुवा भएका हुन् ।
गृह मन्त्रालयले कैलालीका प्रमुख जिल्ला अधिकारी (सीडीओ) गोगन बहादुर हमाललाई जिम्मेवारीबाट हटाएपछि दाङका सिडिओ उक्त जिल्लामा जाने भएका हुन् । कैलालीका सिडीओलाई जिम्मेवारीबाट हटाएर गृह मन्त्रालयमा तान्ने निर्णय गरेको हो । बुधबार गृहमन्त्री स्तरीय निर्णयबाट उनको ठाउँमा दाङका सिडिओ जाने भएका छन् ।

हाल दाङमा कसलाई पठाउने भन्नेबारे चाहिँ निर्णय हुन बाँकी रहेको मन्त्रालय स्रोतको भनाइ छ । साउन २४ गते राति कैलाली कारागारमा भएको हिंसात्मक झडपमा धनगढीका भरत चौधरीको मृत्यु भएको थियो ।
घटनाकै कारण कैलालीका सिडिओ मन्त्रालय तानिएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *