पत्रकार बस्नेतलाई उपचारका लागि देउखुरी उबा संघको आर्थिक सहयोग

घरसञ्चार

दाङ । देउखुरी उद्योग बाणिज्य संघले पत्रकार श्रबण बस्नेतलाई आर्थिक सहयोग गरेको छ ।

उपचारका लागि भन्दै संघले पत्रकार बस्नेतलाई दस हजारको चेक हस्तान्तरण गरेको हो । लमही क्षेत्रलाई कर्मथलाे बनाएर लामाे समयदेखि पत्रकारीता पेशामा रहेका बस्नेत सुगर प्रेसर लगायतका रोगहरु बाट ग्रसित छन् । उनी दाङबाट प्रकाशित हुने राप्ती पोष्ट राष्ट्रिय दैनिकमा आबद्ध छन् । तर उनी रोगका कारण समस्यामा परेका थिए ।

संघले सामाजिक उत्तरदायित्व अन्तर्गत रकम सहयोग गरिएको संघका अध्यक्ष कमलजँग सिँह ठकुरीले बताए । कार्यक्रममा अध्यक्ष ठकुरीले संघले हरेक बर्ष दुख पिडामा रहेका ब्यक्तिहरुलाई सहयोग गरिरहेको जनाउँदै समाजिक सेवामा उग्रस्थानमा रहि ब्यापारीहरुको हकहितमा लागि पर्ने बताए । यस्तै पत्रकार बस्नेतले सहयोग गर्ने संघलाई धन्यबाद दिँदै रकमकाे सहि ठाउँमा सदुपयोग गर्ने बताए । संघका बरिस्ठ उपाध्यक्ष केशब पाेख्ररेलकाे स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको संचालन संघका महासचिव हरि थापाले गरेका थिए । पत्रकार बस्नेत लाई केही दिन पहिले लमहीका पत्रकार, समाजसेबी लगायतले खाद्यान्न सहित नगद प्रदान गरेका थिए । उनी लमही-१ बासिन्दा हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *