अन्तर–विद्यालय चित्रकला प्रतियोगितामा देउखुरी पब्लिक स्कुल पहिलो

घरसञ्चार

दाङ । जलवायु परिवर्तन र मानवअधिकारमा पर्ने प्रभाब विषयमा अन्तर–विद्यालय चित्रकला प्रतियोगिता लमहीमा सम्पन्न भएको छ ।

प्रतियोगितामा लमही-६ देउपुर स्थित देउखुरी पब्लिक स्कुलले पहिलो स्थान हाँसिल गरेको छ । प्रतियोगितामा गोरखा मोडेल सेकेण्डरी स्कुल दोस्रो र ज्योतिष्मती बिद्यापिठले त्यस्रो स्थान हाँसिल गरेका छन् । अम्नेस्टी इन्टरनेशनल नेपाल, निरासिज फाउन्डेशन नेपाल, नेपाली युथ फर क्लाइमेट एक्शन र लमही नगरपालिकाको संयुक्त आयोजनामा प्रतियोगिता भएको हो ।

प्रतियोगितामा लमही नगरपालिका-५ र ६ वडा अन्तरगत पर्ने १० ओटा बिद्यालयले सहभागी जनाएका थिए । कार्यक्रमका प्रमुख अतिथी वडा नम्बर ६ का वडाध्यक्ष श्याम नारायण चौधरीले सिकाई सँगै यस्ता प्रतियोगिताको आबस्यक पर्ने बताए । उनले बिद्यार्थीलाई किताबि ज्ञान मात्र नभई यस्ता ज्ञान समेत आबस्यक पर्ने बताए । कार्यक्रममा मानव अधिकार सम्बन्धी जानकारी मुलक कार्यक्रम पनि गरिएको थियो । प्रतियोगितामा उत्कृष्ट बिद्यार्थीहरुलाई प्रमानपत्र, दोसल्ला र मेडलले सम्मान गरिएको थियो । प्रतियोगिता लमही नगरपालिकाको हलमा सम्पन्न भएको हो ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *