लमही–घोराही मुुसोट खोलाको डाइभर्सन सुचारु, सडक सञ्चालनमा

शिवु खनाल

दाङ, २२ साउन । मसोट खोलाको पुल आकस्मिक रुपमा मर्मत गर्नुपर्ने हुदाँ रोकिएका सवारी साधनलाई वैकल्पिक बाटो (डाइभर्सन) निर्माण गरी सञ्चालनमा ल्याइएको छ ।

खोलामा डाइभर्सन निर्माण गरी यातायात सञ्चालनमा ल्याइएको बैकल्पिक (डाइभर्सन) सडकको बिहिवार वडा प्रहरी कार्यालय लमहीका प्रहरी प्रमुख रोशन राज पाण्डेको नेतृत्वमा खटिएको अस्थायी ट्राफिक प्रहरी पोष्ट लमहीका प्रमुख माधव रावत, पत्रकार लगायतको टोलीले स्थलगत निरिक्षण तथा अनुगमन गरेको हो । दुई पाङ्ग्रे साना सवारीलाई पुलबाटै सञ्चालन गरिएको छ ।

ठूला सवारीका लागि भने खोलामा ‘डाइभर्सन’ निर्माण गरिएको प्रहरी प्रमुख पाण्डेले बताए । तत्कालका लागि रोकिएका सवारी सञ्चालनमा ल्याउन पुलको उत्तरतर्फ खोलामा भएका खाल्डोलाई पुरेर ‘डाइभर्सन’ निर्माण गरिएको भएपनि पानी परेको खण्डमा समस्या आउनसक्ने उनले बताए । पानी पर्दा खोलमा पानीको सतह बढ्ने तथा निर्माण गरिएको ‘डाइभर्सन’ बगाउन सक्ने भएकाले पुनः यातायात अवरुद्ध हुनसक्ने उनले बताए ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *