शान्तिश्रीको स्वरमा तीज गीत ‘हाइ गोरी’ सार्वजनिक

घरसञ्चार

दाङ । तीजको उल्लासपूर्ण माहोललाई लक्षित गर्दै संचारकर्मी तथा गीतकार प्रिया स्मृती गजमेरको शब्दमा तयार गरिएको तीज गीत ‘हाइ गोरी’ सार्वजनिक भएको छ । लोकप्रिय गायिका शान्तिश्री परियारको सुमधुर स्वरमा सजिएको यस गीतमा संगीतकार यादव नाथ योगीको मनमोहक संगीत रहेको छ ।

गीतलाई मिना थापाको प्रस्तुतिमा संगीतकार योगीको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । भिडियोमा चर्चित मोडेल अस्मिता रनपालको दमदार अभिनय देख्न सकिन्छ भने गीतलाई स्मृति तिमल्सिना ‘गुरु आमा’ले आकर्षक कोरियोग्राफी गरेकी छन् । यस गीतको रेकर्डिङ मुर्चुङ्गा रेकर्डिङ स्टुडियोमा भएको हो भने संगीत संयोजन सञ्जय श्रीपालले गरेका हुन् । तीजलाई मुख्य विषय बनाएर तयार पारिएको यस गीतमा माइत जाने, वर्षभरि सन्चित पिडा पोख्ने, आमा र परिवारसँग दर खाने, साथीभाइसँग भेटघाट गर्दै रमाइलो गर्ने भावहरू मार्मिक ढंगले प्रस्तुत गरिएको छ । लामो समयदेखि पत्रकारिता गर्दै आएका गीतकार गजमेरले यसअघि पनि आधुनिक र लोकदोहोरी गीतमा शब्द दिएका छन् ।

पछिल्लो समयका चर्चित गायक गोविन्द मधुर आचार्यको स्वरमा आधुनिक गीत ‘किन किन तिम्रै यादमा’, सुष्मा नेपालीको स्वरमा तीज गीत ‘नक्कली भईछुर’, ज्ञानेन्द्र स्वर्णकार र सुष्मा नेपालीको स्वरमा ‘दसैं तिहार गीत’, यादव योगी र रिता केसीको स्वरमा लोकदोहोरी गीत ‘छिटको गुन्यो’, र ज्ञानेन्द्र स्वर्णकार तथा विशाखा शाहीको स्वरमा लोकदोहोरी गीत ‘तलतल बनायो’ लगायत रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *