लमही-घोराही सडकखण्ड ४ दिन बन्द हुने

घरसञ्चार

दाङ । लमही–घोराही सडकखण्ड चारदिनका लागि बनणद गरिएको छ । उक्त सडक अन्तर्गत रहेको मसोट खोला पुलको आकस्मिक मर्मत कार्यका कारण चार दिनसम्म सवारी आवागमन बन्द गरिने भएको हो ।

जिल्लाको प्रमुख सडक संजालमा पर्ने उक्त पुल मर्मत गर्नुपर्ने अवस्था आएपछि जिल्ला प्रशासन कार्यालय दाङमा बसेको सर्वपक्षीय बैठकले मर्मत अवधिभर विशेष सावधानी अपनाउने निर्णय गरेको हो । निर्णयअनुसार यहि साउन २१ गते बिहान ७ बजेदेखि २४ गते बिहान ७ बजेसम्म मसोट खोला पुलमा दुई पाङ्ग्रे बाहेकका अन्य सबै प्रकारका सवारी साधनको आवागमन पूर्ण रूपमा रोकिनेछ । उक्त अवधिमा सडक डिभिजन कार्यालय दाङले पुलको आकस्मिक मर्मत गर्नेछ ।

पुल मर्मत भइरहँदा यात्रु तथा सवारी चालकलाई वैकल्पिक मार्गको रूपमा अर्जुनखोला–अमेलिया–तुलसीपुर–घोराही सडक प्रयोग गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालय घोराहीले आग्रह गरेको छ । ट्राफिक व्यवस्थापन तथा सुरक्षाका लागि आवश्यक प्रबन्ध मिलाइने ट्राफिक कार्यालय दाङले जनाएको छ । साथै, मर्मत अवधिमा अत्यावश्यक सवारी साधनका लागि डाइभर्सन मार्गको मर्मत गरी सञ्चालन गरिनेछ । डाइभर्सन मार्ग सडक डिभिजन कार्यालयले मर्मत गर्नेछ भने ट्राफिक प्रहरीको समन्वयमा अत्यावश्यक सवारीका लागि व्यवस्थापन गरिने जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *