आइसीयू र भेन्टिलेटर सुविधा नहुँदा सर्पको शिकार बन्दै ‘देउखुरीबासी’

शिवु खनाल

देउखुरी, १४ साउन । देउखरीको राजपुर गाउँपालिका वडा नम्बर ३ खरदरिया निवासी ५५ वर्षीय शालिकराम यादवलाई योगा गर्ने क्रममा विषालु सर्पले डस्यो ।

यादवलाई आफ्नै घरमा योग गरिरहेको बेला औँलामा सर्पले डसेपछि परिवारजनले तत्कालै स्थानिय सरकारले स्थापना गरेको सर्पदंश उपचार केन्द्र रहेको गढवा पुय्राए । तर त्यहाँ उपचार सम्भव नभएपछि उहाँलाई थप उपचारको लागि घोराही राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगियो । दुर्भाग्यवश, देउखरी क्षेत्रमा आइसीयू र भेन्टिलेटर सुविधा नहुँदा उपचारमै ढिलाइ भई यादवको मृत्यु भयो । यो एउटा प्रतिनिधि घटना मात्र हो ।

रिपोर्ट नं.१ राजपुर गाउँपालिका वडा नं. १ कटबेरुवा निवासी १६ वर्षीय सुस्मिता रोकालाई गत साउन ३ गते विषालु सर्पले डस्यो । घरमा पढिरहेको बेला रोकालाई सर्पले डसेपछि उपचारको लागि गढवा सर्पदंश उपचार केन्द्रमा पुय्राइयो । उपचारको क्रममा रोकाको मृत्युभयो । रिपोर्ट नं.२ _राजपुर गाउँपालिका वडा नं. १ कटबेरुवा निवासी ३० वर्षीय बेनी रोकालाई गत भदौँ २५ गते सर्पले डस्यो । घरमा भएको रोकालाई खुट्टामा सर्पले डसेपछि उपचारको लागी लमही अस्पतालमा पुय्राइयो । उपचारको क्रममा रोकाको अकालमा ज्यान गयो ।
रिपोर्ट नं.३ _राजपुर गाउँपालिका वडा नं. ३ खरदरिया निवासी ४० वर्षीय तारावती यादवलाई विषालु सर्पले डस्यो । गत असार ६ गते यादवलाई घरमा काम गरिरहेको बेला सर्पले डसे लगत्तै गढवा र लमहीमा उपचार सम्भव नभएपछि थप उपचारको लागि घोराही स्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्टानमा पुय्राउँदा पुय्राउदैँ बाटोमै ज्यान गयो । देउखरी क्षेत्रमा हरेक वर्ष यस्तै घटनाहरू दोहोरिने गरेका छन् । आइसीयू, भेन्टिलेटर, र सर्पदंश उपचार केन्द्रजस्ता आधारभूत सुविधा नहुँदा निर्दोष नागरिकहरूले ज्यान गुमाउनु परिरहेको छ ।
समयमै अस्पताल पुग्दा पनि उपचार नपाएर जीवन गुमाउनु, योभन्दा ठूलो पीडा अरू के हुन सक्छ ? सर्पदंश उपचार अभावकै कारण दाङ देउखुरीका ५५ वर्षीय शालिकराम यादवको हालै भएको मृत्युले फेरि एकपटक दाङको स्वास्थ्य प्रणालीको नाङ्गो यथार्थ उजागर गरेको छ ।

स्थानीय स्वास्थ्य सरोकारवालाहरूका अनुसार, दाङमा मात्र हरेक वर्ष करिब दुईसय जनाले सर्पदंशको शिकार हुने गरेका छन् । तर, दाङ देउखुरीमा सुविधा सम्पन्न र सहजÞ पहुंच भएको सर्पदंश उपचार केन्द्र नभएकै कारण समयमै उपचार नपाउँदा धेरैले ज्यान गुमाउने गरेका छन् । सामाजिक अभियन्ता तथा हाम्रो दाङ हाम्रो जिम्मेवारी अभियानका संयोजक प्रदीप मजगैयाँले यो अवस्थालाई लोकतन्त्रकै अपमान भएको बताए । मजगैयाँले यो विषय सार्वजनिक गर्दै प्रश्न उठाए ‘जनताको जीवनभन्दा ठूलो तपाईहरूको राजनीति हो ? योजना बनाउनेहरू, राजनीतिक दल र पदमा बस्ने नेताहरूलाई यस्तो पीडाले अलिकति पनि छुन्दैन ?’ त्यसैगरी, दाङ देउखरी क्षेत्रमा अहिले पनि आइसीयू र भेन्टिलेटर सुविधा अभाव गम्भीर समस्या बनेको उनको भनाई छ । तथ्याङ्क अनुसार, देउखरी क्षेत्रमा मात्र वार्षिक ५० भन्दा बढी बिरामीलाई आपतकालीन आइसीयू आवश्यक पर्छ, तर पर्याप्त सुविधा नहुँदा धेरैजसो बिरामीलाई कोहलपुर वा भैरहवा रिफर गर्नुपर्ने बाध्यता छ । यो प्रक्रियामा ढिलो हुँदा अनगिन्ती ज्यान अकालमै गुम्ने गरेको छ । यसैक्रममा संयोजक मजगैयाँ सोमबार आन्तरिक मामिला तथा कानुन मन्त्रालय पुगेर सचिव लोकबहादुर सुनार र विपद् व्यवस्थापन महाशाखाका प्रमुखलाई औपचारिक रूपमा जानकारी गराए । उनले तत्काल दाङको देउखरी उपत्यकामा सुविधासम्पन्न सर्पदंश उपचार केन्द्र स्थापना र आवश्यक स्वास्थ्य पूर्वाधार विकासका लागि पहल गर्न माग गरे ।

सचिव सुनारले यस विषयलाई गम्भीरतापूर्वक लिने प्रतिबद्धता जनाउँदै आन्तरिक मामिला तथा कानुन मन्त्रालय र स्वास्थ्य मन्त्रालयसँग समन्वय गरेर दाङमा सुविधा सम्पन्न सर्पदंश उपचार केन्द्र निर्माण गर्ने प्रक्रिया अघि बढाइने बताए । आन्तरिक मामिला तथा कानुन मन्त्रालय स्वयं विपद् व्यवस्थापन गर्ने जिम्मेवारी भएको मंत्रालय भए पनि देउखरी क्षेत्रमा यस्ता घटना बारम्बार हुँदाहुँदै कुनै ठोस पहल नगर्नु गम्भीर लापरबाही हो । यहाँका स्थानीय सरकार र प्रदेश विपद् व्यवस्थापनका लागि उत्तरदायी हुनु पर्छ र अब तत्काल कार्यान्वयन हुने निर्णय लिनुपर्छ, होइन भने यस्ता घटनाहरू अझ बढ्नेछन्, मजगैयाँले भने । तर, स्थानीय बासिन्दाहरू भन्छन, हामीलाई आश्वासन मात्र हैन, अब व्यवहारिक परिणाम चाहिन्छ । उपचार अभावमा परिवारका सदस्य गुमाउनु पर्ने पीडा बोकेर बाँच्न गाह्रो छ । दुई महिनादेखि देउखुरी क्षेत्रमा दैनिक सर्पको बिगबिगी बढेको छ । यहाँ दैनिक सर्पदंशका बिरामी उपचारका लागि आउने गरेका छन् । लमही र गढवा सर्पदंश उपचार केन्द्रमा आइ.सि.यु. र भेन्टिलेटर नहुदाँ बिरामीलाई उपचारका लागि अन्यत्र जान सिफारिस गर्ने गरिएको छ । बिरामीलाई समयमै अस्पताल पुय्राउन नसक्दा बाटैमा मृत्यु हुने गरेको छ । दैनिक सर्पदंशका बिरामी उपचारका लागि आउने गरेका छन् । आइ.सि.यु. र भेन्टिलेटर नहुदाँ अन्य अस्पताल लैजान सिफारिश गर्नुपर्ने बाध्यता छ । अस्पतालमा सर्पदंशका बिरामी राख्न भेन्टिलेटर छैन ।

‘असारदेखि भदौ, असोजसम्म देउखुरी क्षेत्रमा वर्षेनि सर्पले डसेर नागरिकले अकालमा ज्यान गुमाउनु परेको छ । आइ.सि.यु. र भेन्टिलेटर सहितको उपचार नपाउँदा नागरिकको ज्यान गुमाउनु परेको हो । तर, यसको उपचारलाई सरकारले प्राथमिकतामा राखेको छैन । जसकारण ग्रामीण भेगमा बसोवास गर्ने र विपन्न बढी प्रभावित भइरहेका छन्, अजम्मरी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष पवन शर्मा रिजालले भने,–। ‘समयमै स्वास्थ्य संस्था पुग्दा पनि सर्पदंश उपचार नपाएर नागरिकले ज्यान गुमाउनुपर्ने गम्भीर अवस्था दाङ देउखुरीमा देखिएको छ । स्वास्थ्यजस्तो आधारभूत अधिकारमै सहज पहुँच नपाएर नागरिकले मृत्यु वरण गर्नुपर्ने परिस्थितिले दाङको विकासबारे गम्भीर प्रश्न खडा गरेको छ ।’ ‘जनताको जीवनभन्दा ठूलो तपाईहरूको राजनीति हो ? योजना बनाउनेहरू, राजनीतिक दल र पदमा बस्ने नेताहरूलाई यो पीडाले अलिकति पनि छुन्दैन ?’ स्थानीयहरूका अनुसार, देउखरी क्षेत्रमा हरेक वर्ष यस्तै घटनाहरू दोहोरिने गरेका छन् ।

आइसीयू, भेन्टिलेटर, र सर्पदंश उपचार केन्द्रजस्ता आधारभूत सुविधा नहुँदा निर्दोष नागरिकहरूले ज्यान गुमाउनु परिरहेको छ । ‘समयमै अस्पताल पुग्दा पनि उपचार नपाएर जीवन गुमाउनु, योभन्दा ठूलो पीडा अरू के हुन सक्छ ?’ सर्पदंश उपचार अभावकै कारण दाङ देउखरीका ५५ वर्षीय शालिकराम यादवको हालै भएको मृत्युले फेरि एकपटक दाङको स्वास्थ्य प्रणालीको नाङ्गो यथार्थ उजागर गरेको छ । स्थानीय स्वास्थ्य सरोकारवालाहरूका अनुसार, दाङमा मात्र हरेक वर्ष करिव दुईसय जनाले सर्पदंशको शिकार हुने गरेका छन् । तर, दाङमा सुविधासम्पन्न र सहज पहुंच भएको सर्पदंश उपचार केन्द्र नभएकै कारण समयमै उपचार नपाउँदा धेरैले ज्यान गुमाउने गरेका छन् । सामाजिक अभियन्ता तथा हाम्रो दाङ हाम्रो जिम्मेवारी अभियानका संयोजक प्रदीप मजगैयाँले यो अवस्थालाई लोकतन्त्रकै अपमान भनेका छन् । मजगैयाँले यो विषय सार्वजनिक गर्दै प्रश्न उठाए ‘जनताको जीवनभन्दा ठूलो तपाईहरूको राजनीति हो ? योजना बनाउनेहरू, राजनीतिक दल र पदमा बस्ने नेताहरूलाई यस्तो पीडाले अलिकति पनि छुन्दैन् ?’ त्यसैगरी, दाङ देउखरी क्षेत्रमा अहिले पनि आइसीयू र भेन्टिलेटर सुविधा अभाव गम्भीर समस्या बनेको उहाँको भनाई छ । तथ्याङ्क अनुसार, देउखरी क्षेत्रमा मात्र वार्षिक ५० भन्दा बढी बिरामीलाई आपतकालीन आइसियू आवश्यक पर्छ, तर पर्याप्त सुविधा नहुँदा धेरैजसो बिरामीलाई कोहलपुर वा भैरहवा रिफर गर्नु पर्ने बाध्यता छ । यो प्रक्रियामा ढिलो हुँदा अनगिन्ती ज्यान अकालमै गुम्ने गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *