देउखुरीका तीन स्थानिय तहमा मंगलबार सार्वजनिक बिदा

घरसञ्चार

दाङ । देउखुरी अन्तरगतका तीन स्थानिय तहले १३ गते मंगलबार सार्बजनिक बिदा दिने निर्णय गरेका छन् । सोमबार स्थानिय तहहरुले बिज्ञप्ती जारी गर्दै सार्बजनिक बिदा दिईएको जानकारी दिएका हुन् । देउखुरीको लमही नगरपालिका, गढवा गाउँपालिका र राप्ती गाउँपालिकाले सार्बजनिक बिदा दिने निर्णय गरेका छन् ।

थारु समुदायको गुरही पर्व, मधेसी समुदायको गुड़िया पर्व र हिन्दू धर्मावलम्बीहरूको नागपञ्चमी पर्वको अवसरमा तीन पालिकाले बिदा दिने निर्णय गरेको जनाएका छन् ।पालिका हरुको सूचनाअनुसार गाउँ कार्यपालिकाको कार्यालय, सबै वडा कार्यालय, स्वास्थ्य संस्था, शैक्षिक संस्था तथा पालिका मातहतका अन्य निकायहरूमा अत्यावश्यक सेवा बाहेकका सबै सेवा बन्द रहनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *