देउखुरीमा सर्पको टोकाईबाट एकजनाको मृत्यु

घरसञ्चार

दाङ । देउखुरीमा सर्पको टोकाईबाट एकजनाकाे मृत्यु भएको छ । मृत्युु हुनेमा राजपुर गाउँपालिका वडा नम्बर ३ खरदरिया निवासी ५५ वर्षिय शालिक राम यादव रहेको इलाका प्रहरी कार्यालय गढवाले जनाएको छ ।

यादवलाई साेमबार बिहानै करिब ५ बजे घरभित्रै योग गर्दै गरेकाे अवस्थामा विषालु सर्पले डसेकाे पारिवारिक स्रोतले जानकारी दिएको छ । कोब्रा सर्पले डसेपछि लगत्तै उनलाई तत्काल गढवा स्थित सर्प दंश उपचार केन्द्रमा पुर्‍याइएकाे थियो । गढवामा उपचार सम्भव नभएपछि थप उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही रिफर गरिएको थियो । उपचारको क्रममा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा यादवको मृत्यु भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *