नेपाल भूपू सैनिक संघ दाङको ३५ औं स्थापना दिवस, दीप प्रज्वलन गरि मनाईयो

घरसञ्चार

दाङ । नेपाल भूतपूर्व सैनिक संघ दाङको ३५ औं स्थापना दिवस दीप प्रज्वलन गरी मनाईएको छ ।

नेपाली कांग्रेस निकट यो संघले आफ्नो स्थापनाको तीन दशक भन्दा बढी समय पार गरेसँगै सामाजिक, राष्ट्रिय तथा संगठनात्मक योगदानको स्मरण गर्दै विविध कार्यक्रमसहित दिवस मनाएको हो । नेपाली काँग्रेस दाङ क्षेत्र नम्बर १ देउखुरी लमहीको पार्टी कार्यालयमा आयोजित स्थापना दिवश कार्यक्रममा राष्ट्र र राष्ट्रियतालाई स्मरण गर्दै दिप प्रज्वलन गरि मनाईएको हो । संघका जिल्ला अध्यक्ष जुद्ध बहादुर घर्ती मगरको सभापतित्व तथा नेपाली कांग्रेस दाङ जिल्ला उपसभापति गिरिराज सुवेदीको प्रमुख आतिथ्य एबम् नेपाली कांग्रेस केन्द्रीय महासमिति सदस्य गिरिजा देवी न्यौपानेको विशिष्ट आतिथ्यमा कार्यक्रम भएको हो ।

नेपाल भुतपुर्ब सैनिक संघ दाङ क्षेत्र नम्बर १ का सभापती मोमबहादुर रोका मगरको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रमलाई संबोधन गर्दै प्रमुख अतिथि गिरिराज सुवेदीले नेपालको लोकतान्त्रिक आन्दोलनमा भूतपूर्व सैनिकहरूको योगदान उच्च रहेको उल्लेख गरे । आगामी दिनमा पनि संघले राष्ट्र र समाजका हितमा सक्रिय भूमिका खेलिरहने विश्वास व्यक्त गर्दै उनले भने, “यो संस्था कुनै राजनीतिक स्वार्थमा मात्र सीमित नरही समाजसेवामा पनि लाग्नुपर्छ । नेपाली कांग्रेसका नीति, विचार र सिद्धान्तलाई आत्मसाथ गर्दै लोकतन्त्रको रक्षा गर्न भूतपूर्व सैनिकहरूको योगदान अत्यन्त महत्वपूर्ण छ ।” उनले अन्तर्राष्ट्रिय स्तरमा नेपाललाई चिनाउन भुतपुर्ब सैनिकहरुको योगदान उच्च रहेको जिकिर गरे ।

कार्यक्रममा नेपाली काँग्रेस केन्द्रीय महासमिती सदस्य गिरिजा देवी न्यौपानेले संघमा सशक्तिकरण र महिलाहरूको सहभागिताको आबस्यक्ता औँल्याईन । उनले नेपाली कांग्रेसको नीति अनुसार सबै तह र तप्काका मानिसको सहभागिता सुनिश्चित गरिनु आवश्यक रहेको बताइन् । “सामाजिक न्याय, समानता र सहभागिताको सवालमा हाम्रो पार्टी स्पष्ट छ,” उनले भनिन्, “भूतपूर्व सैनिक संघजस्ता संस्थाले त्यसको व्यवहारिक अभ्यास गर्न सक्छन् ।” कार्यक्रमकि विशिष्ट अतिथी समेत रहेकी न्यौपानेले बफादार भएर सिँगो पार्टीको रक्षा र चलायमान गराउन भुतपुर्ब सैनिकहरुले विशेष ध्यान दिनुपर्ने बताईन् ।

कार्यक्रममा नेपाली काँग्रेस गढवा गाउँपालिकाका सभापती किरण पौडेल, देउखुरी बहुमुखी क्याम्पस संचालक समिती सदस्य पदम पुडासैनी, भुतपुर्ब संघका केन्द्रीय सदस्य शिबध्वज मल्ल, नेपाली काँग्रेस नेतृ तथा लमही नगरपालिकाकि उपप्रमुख लक्ष्मी योगी, नेपाली काँग्रेस जिल्ला कार्यसमिती सदस्य लिलाराम खनाल लगायतले संघको संरचना अझ सुदृढ बनाउँदै स्थानीय तहसम्म विस्तार गर्नुपर्ने सुझाब दिए । कार्यक्रममा संघको स्थापना, उद्देश्य, विगतको गतिविधि र आगामी योजनाबारे संघका जिल्ला सभापति जुद्ध बहादुर घर्ती मगरले जानकारी दिएका थिए । उनले संघले समाजमा उत्पन्न भइरहेका विभिन्न समस्याहरूको समाधानका लागि सक्रिय भूमिका खेलिरहेको बताए । “हामीले राजनीतिक चेतना, सामाजिक सेवा, राष्ट्र प्रेम र अनुशासनको भावना लिएर यो संस्था अगाडि बढाएका छौं,” घर्तीले भने, “हामीले युवापुस्तालाई पनि देशप्रेम, सेवाभाव र अनुशासनमा प्रशिक्षित गर्न कार्यक्रमहरू सञ्चालन गर्दै आएका छौं ।”

कार्यक्रमको अबसरमा स्वर्गीय नेता बी.पी. कोइरालाको योगदान र बिचार स्मरण गर्दै उनको फोटो नेपाली काँग्रेस क्षेत्र नम्बर १ देउखुरी परिवारलाई हस्तान्त्रण गरिएको थियो । कार्यक्रमको संचालन नेपाली काँग्रेस लुम्बिनी प्रदेस सदस्य कुमार घिमिरेले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *