पार्किङ गरि राखेको बोलेरो रिभर्स जाँदा एकजनाको मृत्यु

घरसञ्चार

दाङ । देउखुरीमा पार्किङ गरेको गाडी रिभर्स जाँदा एकजनाको मृत्यु भएको छ ।

लमही नगरपालिका वडा नम्बर ५ सुनखोलीमा पार्किङका लागि राखिएको बोलेरो रिभर्स गएपछि दुर्घटना भएको हो । गाडीबाट च्यापिएर लमही-५ सुनखोली निवासी २१ बर्षिय राकेश कुमार बानियाको मृत्य भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार लु ३ च ४८१४ नम्बरको तरकारी बोक्ने बोलेरो गाडी घर छेवैंमा पार्किङ गरिएको थियो । बिहान करिब साढे ५ बजे बानिया गएर गाडीको ओट हटाए । लगत्तै गाडी रिभर्स आउन थाल्यो । बानियाले गाडीलाई दुबै हातले थमाउन खोजे । गाडी नरोकिएपछि घरको भित्ता र गाडीको बिचमा च्यापिएर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
मृतक बानियाको आफ्नै गाडी रहेको प्रहरीले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *