पूर्वपश्चिम राजमार्ग जिर्ण, जोखिम बाट बच्न युवाहरू आफैँ जुटे मर्मतमा

भिसुन् शाही
भालुबाङ । दाङको पुर्ब पश्चिम महेन्द्र राजमार्ग जिर्ण अबस्थामा छन् ।
खासगरी सडकमा खाल्डाखुल्डीहरु देखा पर्छन् । जसका कारण सवारी दुर्घटनाका उदाहरण हरु थुप्रै छन । सम्बन्धित निकायहरु यसतर्फ मौन छन् । यसर्थ स्थानिय केही युवाहरु सडक मर्मतका लागि सडकमै उत्रिएका छन् । समाज रूपान्तरणको उद्देश्यले लागिपरेका युवाहरू अहिले सडकमै उत्रिएका हुन् ।

राप्ती गाउँपालिका वडा नं. १, पाखापानीस्थित पूर्वपश्चिम राजमार्ग खण्डमा धेरै समयदेखि खाल्डाखुल्डी परेका कारण सवारी दुर्घटनाको जोखिम बढ्दो छ । यस समस्यालाई मध्यनजर गर्दै स्थानीय युवा विशाल ज्ञवाली, डिलीराज सुवेदीसहित अन्य युवाहरूले स्वयंसेवकको रूपमा खाल्डाखुल्डी पुर्ने काम थालेका छन् । सम्बन्धित निकाय मौन बसेपछि उनिहरु आफै सक्रिय रुपमा समस्याको समाधान थालेका हुन ।
स्थानीयको सहयोगमा आफूहरूले सडक मर्मतको कार्य अघि बढाएको युवाहरूको भनाइ छ । सडक सुरक्षा र नागरिकको जीवन रक्षा गर्ने अभिप्रायले उनीहरूले यो पहल सुरु गरेको बताएका छन् । यस अभियानले अन्य स्थानमा पनि प्रेरणा र दबाब सिर्जना गर्ने विश्वास लिइएको छ ।
