तुलसीपुरको सिद्धिविनायक फर्निचर उद्योगमा आगलागी

घरसञ्चार
दाङ । दाङको तुलसीपुरमा रहेको एक फर्निचर उद्योगमा आगलागी भएको छ । तुलसीपुर १२ पुकारपसलस्थित सिद्धिविनायक फर्निचर उद्योगमा आगलागी भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ । तुलसीपुर ५ ग लाइनका तारा बहादुर बस्नेतले संचालन गर्दै आएको उद्योगमा सोमबार दिउँसो करिब ३ : १० वजेतिर आगो लागेको थियो ।

प्रहरी, दमकल र स्थानियको सहयोगमा आगो नियन्त्रणमा आएको इप्रका तुलसीपुरका सुचना अधिकारी सुर्य रानाले जानकारी दिए । आगलागीबाट मानवीय क्षति भने नभएको उनको भनाइ छ । आगलागीको कारण र क्षतिको विवरण संकलन भैरहेको सुचनाअधिकारी रानाले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *