कोकाकुल हुँदै मर्ने स्थितीमा संरक्षित गाईहरु, पराल, बरान र पानी सहयोग

घरसञ्चार

दाङ । देउखुरीको लमही नगरपालिका-६ देउपुर सिसौ बगरमा रहेका गाईहरुलाई पराल, पिउने पानी र बरान सहयोग गरिएको छ ।

मनकामना सामुदायिक वनको सिसौ बगरमा संरक्षण गरिएका गाईहरुलाई पराल, पिउने पानी र बरान सहयोग गरिएको हो । बुधवार देउखुरी उद्योग बाणिज्य संघ लमहीका अध्यक्ष कमल जंग सिंह ठकुरीले पाँच टेक्टर पराल, लमही खानेपानी उपभोक्त तथा सरसफाई सँस्थाका अध्यक्ष सनमकुमार पौडेल टेङ्करमा पानी लिएर पुगेका हुन । दुमदुमा भवानी गौ संरक्षण तथा व्यवस्थापन समितिका अध्यक्ष खुसिराम चौधरीलाई हस्तान्त्रण गरिएको हो । देउखुरी उद्योग बाणिज्य संघ लमहीका कोषाध्यक्ष हरी थापाले विषम परिस्थीतिका बेलापनि पराल र खानेपानी सहयोग गर्नु साह्रै पुण्य कार्य भएको बताए ।

देउखुरीका उद्योगी व्यवसायीले गाईलाई खुवाउने पराल हरेक बर्ष दानको रुपमा उपलब्ध गराउँदै आएको देउखुरी उद्योग बाणिज्य संघ लमहीका अध्यक्ष कमल जंग सिंह ठकुरीले बताए । ‘बन्धक बनाइएका गाईहरुलाई बचाउन पराल सहयोग गरिएको हो । गाईका लागि चाहिने घाँस, पराल दानको रूपमा संकलन गर्ने गरिएको छ ।’ बन्धक बनाइएका गाईहरुलाई खानेपानीको चरम समस्या देखिएको जनगुनासो आएपछि निःशुल्क खानेपानी वितरण गरेको लमही खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका अध्यक्ष सनम कुमार पौडेलले बताए । उनले भने,–। ‘खानेपानीको समस्या जनगुनासो आएपछि करिब एकहप्ता देखि निरन्तर हामीले लमही खानेपानीको टेङ्करबाट निःशुल्क पिउने पानी पुर्याउँदै आएका छौँ ।

गाईहरुलाई सँरक्षण गरिएपनि पानी र आहारको समस्या देखिएको छ । केही दिनअघि मात्र सोही संरक्षित स्थानमा करिब आधा दर्जन बढी गाईहरुको मृत्यु भएको थियो । जुन कुरा संघिय संसदमा पनि उक्त बिषय उठ्ठान गरिएको थियो । स्थानिय सरकारले संरक्षित गाईहरुको लालन पालनमा बढी ध्यान दिनुपर्ने देखिन्छ । त्यहा संरक्षित गाईहरु छाडा हुन । छाडा गाईबाट बजार फोहोर र दुर्घटना निम्तन सक्ने भन्दै स्थानिय सरकारले तारबार गरि गाईहरुलाई संरक्षण गरेको हो । तर अहिले उनिहरुको लालन पालनमा ध्यान नदिँदा गाईहरु मर्ने प्रस्थितीमा पुगेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *