अर्घाखाँचीको सितगंगामा स्कुटर दुर्घटना, चालक घाइते
भिसुन शाही
भालुबाङ । अर्घाखाँचीको सितगंगा वडा नम्बर- ८ सातमारामा स्कुटर दुर्घटना हुँदा एक जना घाइते भएका छन् । नेपालगञ्जबाट गोरु सिङे तर्फ जाँदै गरेको स्कुटर धानखोलाबाट भालुबाङतर्फ आउँदै गरेको टिपरको पछाडिको भागमा ठोक्किँदा दुर्घटना भएको छ ।
दुर्घटनामा बाँकेको राप्ती सोनारी गाउँपालिका निवासी २७ वर्षीय नातिस अहमद मनियार घाइते भएका छन् । बा प्र ०६–००७ प १२१३ नम्बरको स्कुटर टिप्परको पछाडी ठोक्किएको हो । दुर्घटनामा मनियारको दायाँ हात तथा पाखुरामा चोट लागेको छ । प्रारम्भिक जानकारीअनुसार उनको अवस्था सामान्य रहेको र हाल भालुबाङ अस्पतालमा उपचार भइरहेको छ । घटनाबारे थप विवरण आउन बाँकी रहेको छ ।






