राप्तीमा बिहान ८ बजेदेखि मतदाता नामावली सम्बन्धीको सेवा सुचारु

तुलबहादुर कवँर मगर

मसुरिया, २५ कार्तिक । दाङको राप्ती गाउँपालिकाले आगामी कार्तिक २६ गते बुधबार देखि बिहान ८ बजेदेखि नै मतदाता नामावली सम्बन्धी सेवा सञ्चालन गरेको छ ।

सेवाग्राहीको चाप र दिउँसो सर्भरमा देखिने प्राविधिक समस्याका कारण बिहानैदेखि सेवा सुरु गरिएको सूचना प्रविधि शाखा प्रमुख बालचन्द्र गुरुङले जानकारी दिए ।गाउँपालिकाले आगामी निर्वाचनलाई लक्षित गर्दै नयाँ मतदाता नामावली दर्ता, विवरणका त्रुटि सच्याउने, झुट्टा विवरणको उजुरी दर्ता, दोहोरो नाम हटाउने तथा मतदाता नामावली सार्ने काम नियमित रूपमा सञ्चालन गरिरहेको छ । मतदाता नामावली दर्ताका लागि नागरिकता प्रमाणपत्र अनिवार्य रहनेछ । त्यस्तै नामावली सार्दा बसाइँसराई प्रमाणपत्र आवश्यक हुनेछ भने विवाहपछि नामावली सार्नुपर्ने अवस्थामा विवाह दर्ता र श्रीमानको नागरिकता आवश्यक पर्ने जनाइएको छ ।

नामावलीमा नयाँ दर्ता हुनेहरूले बायोमेट्रिकका लागि जिल्ला निर्वाचन कार्यालय, घोराहीमा उपस्थित हुनुपर्नेछ । भने अन्य अद्यावधिक तथा सच्याउने सम्वन्धी काम भने गाउँपालिकामै हुने गुरुङले बताए । “नागरिकलाई अनावश्यक झन्झट नहोस् भन्ने उद्देश्यले बिहानैदेखि सेवा सुरु गर्न लागेका हौँ,” उनले भने । गाउँपालिकाले मतदाता नामावली दर्ता तथा अद्यावधिक गर्न बाँकी रहेका नागरिकलाई कार्तिक ३० गतेभित्र गाउँपालिकामा उपस्थित भई सेवा लिन आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *