विद्यालय शिक्षा विधेयक : दाङमा स्कुल बसकाे बिराेध र्‍याली

घरसञ्चार

दाङ, १६ भदाै । विद्यालय शिक्षा विधेयकका केही बुँदा निजी विद्यालयकाे हित विपरीत रहेकाे भन्दै आन्दोलनरत निजी विद्यालयहरूले दाङ लगायत देशभर स्कुल बसकाे बिराेध र्‍याली निकालेका छन् ।

प्याब्सन दाङले पनि आज साेमबार दाङमा विभिन्न स्थानमा स्कुल बसकाे र्‍याली निकालेकाे छ । प्याब्सन दाङ अन्तर्गत दाङकाे घाेराही, तुलसीपुर, लमही, भालुबाङ र गढवा नगर कमिटीले स्कुल बसकाे र्‍याली निकालेका छन् । दाङका पाँच स्थानमा निकालिएका स्कुल बसकाे र्‍यालीले नगर परिक्रमा गरेका थिए । दाङका पाँच स्थानमा चार सय बढी स्कुल बसकाे र्‍यालीले नगर परिक्रमा गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *