देउखुरीका चार स्थानिय तहमा अट्वारी पर्वको अबसरमा सार्बजनिक बिदा

घरसञ्चार
देउखुरी, १३ भदौ । दाङको देउखुरी स्थित चार स्थानिय तहहरुले थारु समुदायको महान पर्व अट्वारीको अवसरमा सार्बजनिक बिदा दिने निर्णय गरेका छन् ।
पालिकाहरुको शुक्रबार बसेको कार्यपालिका बैठकको निर्णय अनुसार अट्वारी पर्बमा बिदा दिने निर्णय गरेको जनाएका छन् । पालिकाहरुले जारी गरेको सुचना अनुसार लमही नगरपालिका र राजपुर गाउँपालिकामा भाद्र १५ र १६ गते दुईदिन र राप्ती गाउँपालिका र गढवा गाउँपालिकामा भाद्र १५ गते एकदिन सार्बजनिक बिदा हुनेछन् । लमही नगरपालिकाका प्रमुख जोगराज चौधरी, राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश बिष्ट, गढवा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्ण प्रसाद पौड्याल र राजपुर गाउँपालिकाका प्रशासकिय अधिकृत रेमन्त बहादुर डाँगीद्वारा छुट्टाछुट्टै सुचना जारी गरि सार्बजनिक बिदा दिईएको छ । साथै, संस्कृति र परम्पराको संरक्षणका नाममा देखिन सक्ने विकृति वा अपसंस्कृति गतिविधिप्रति सचेत रहन पनि सूचना मार्फत सबैलाई आग्रह गरिएको छ ।
थारु समुदायको पर्व अट्वारीको महत्व
भाद्र १५ गते थारु समुदायले आफ्नो महान पर्व अट्वारी धूमधामका साथ मनाउँदैछन् । अट्वारीलाई थारु समुदायले धार्मिक, सांस्कृतिक र सामाजिक एकताको प्रतीकका रूपमा लिन्छन् । विशेषगरी यो पर्व भगवान् सूर्यलाई समर्पित हुन्छ । थारु महिलाहरूले यस दिन बिहानै स्नान गरी उपवास बस्ने, सूर्यलाई अर्घ दिने र परिवारको दीर्घायु तथा सुख–समृद्धिको कामना गर्ने चलन रहिआएको छ ।
अट्वारीलाई “थारु महिलाको पर्व” पनि भनिन्छ । किनभने यस दिन उनीहरूले घर परिवारको रक्षा, श्रीमान् र सन्तानको दीर्घायु तथा रोग–व्याधिबाट मुक्ति पाउन प्रार्थना गर्छन् । बेलुकी उपवास तोडेर सामूहिक रूपमा परम्परागत थारु परिकार–ढेकिया तरकारी, भटमास, तरुल, धान्य परिकार आदिको प्रयोग गरी पर्व मनाइन्छ । यसले महिलाको श्रद्धा, भक्ति र परिवारप्रतिको समर्पणलाई झल्काउँछ । १६ गते घरमा बनाईएका पावर चेलीलाई घरसम्म पुर्याउने चलन छ । सोहीदिन भेटघाट, दुख सुख साटासाट र खानपिनलाई बढि महत्व दिँदै आईएको छ ।
सामाजिक दृष्टिले अट्वारीले आपसी सद्भाव, सहकार्य र सामूहिक उत्सवको संस्कारलाई बलियो बनाउँछ । युवा पुस्ताले आफ्नो संस्कृतिको संरक्षण र पहिचानलाई निरन्तरता दिने अवसरका रूपमा यसलाई लिएका छन् । त्यसैले अट्वारी थारु समुदायको मात्र नभई सम्पूर्ण समाजमा सांस्कृतिक विविधता र सामुदायिक ऐक्यबद्धताको प्रतीकका रूपमा स्थापित भएको छ ।