वडाध्यक्ष पदबाट हटाएको भन्दै घोराही उपमहानगरलाई ‘कारण देखाउ’ आदेश

घरसञ्चार
दाङ । घोराही-८ का निबर्तमान वडा अध्यक्ष जितेन्द्र शाहलाई वडाध्यक्ष पदबाट हटाएको भन्दै उच्च अदालत तुलसीपुरले ‘कारण देखाउ’ आदेश जारी गरेको छ ।
अदालतले घोराही उपमहानगर पालिकाको नाममा आदेश जारी गरेको हो । आफुलाई अन्यायपुर्बक वडा अध्यक्ष पदबाट हटाई कार्यपालिका बैठकमा पनि मानमर्दन गर्ने किसिमले दुर्ब्यबहार गरिएको भन्दै वडाध्यक्ष शाहले उच्च अदालत तुलसीपुरमा रिट दायर गरेका थिए । उक्त रिटमा सोमबार सुनुवाई गर्दै अदालतले घोराही उपमहानगरपालिकालाई कारण देखाउ आदेश जारी गरिएको हो । अदालतले अग्राधिकार दिएर रिटको अर्को सुनुवाई भदौ १८ गते तोकेको छ ।
शुक्रबार शाहले रिट अदालतमा दर्ता गरेका हुन । मुख्य न्यायाधीश राजेश्वर तिवारीको एकल इजलाशले उपमहानगरलाई कारण देखाउ आदेश जारी गर्दै दुबै पक्षलाई अर्को पेसिमा बोलाएको छ । सर्बत्र चासो र चिन्ताको रुपमा रहेको प्रकरण अन्तत: अदालतसम्म पुगेको छ । उनले आफुलाई एक पटक पनि सफाईको मौका नदिई एकाएक अन्याय गरेर राजिनामा दिएको पनि दुइ बर्षपछि राजिनामा स्विकृत गरेको जनाउदै कुनै कानुनि पनि प्रकृया पुरा नगरि आफुलाई पदबाट हटाई कार्यबाहक अध्यक्ष तोक्ने काम भएकाले उक्त निर्णय बदर गरि आफुलाई पुर्बबत जिम्मेवारीमा फर्काउन माग गर्दै रिट दायर गरेको शाहले बताए ।

उनले अब आफुले एमालेको सदस्यता फेरि नलिने र सो पार्टीमा नफर्कने भन्दै बाकी कार्यकाल पुरा गर्न अदालतले आफुलाइ पुर्नबहालि गरिदिने बिश्वास ब्यक्त गरेका छन । जनताको मन जित्ने काम गर्दा गर्दै पदबाट हटाईएको दाबीसहितको रिटमा उनले गैरकानुनि ढङ्गबाट मनलाग्दी तरिकाले पदबाट हटाईएको बताएका छन् । कानुनि लडाई आफुले जित्ने र बाकि कार्यकाल जनताको मन जितेर काम गर्ने इच्छा रहेको बताए । शाहले आफुलाइ पदबाट हटाउने घोराही उपमहानगर प्रमुख नरुलाल चौधरी, उप प्रमुख हुमा डिसिसहित सिङ्गाे कार्यपालिकालाई बिपक्षी बनाई अदालतमा रिट हालेका हुन ।
यसअघि वडाध्यक्ष शाहले वडाध्यक्ष पदबाट राजिनामा बुझाएका थिए । करिब दुईबर्षपछि घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले राजिनामालाई स्वीकृत गर्दै पदबाट हटाएका थिए । लगत्तै वडाध्यक्ष शाहले अदालतमा रिट दायर गरेका हुन ।