आफुलाई उत्कृष्ट देखाउन फेलको संख्या लुकाउने लमहीका माहिर बिद्यालयहरु

घरसञ्चार

दाङ । लमहीस्थित केही सँस्थागत विद्यालयहरुले कक्षा १२ को नतिजामा आफ्नो प्रतिष्ठा जोगाउन र आम अभिभावकको नजरमा उत्कृष्ट देखिन फेलको संख्या लुकाएर गलत तथ्यांक दिएको आरोप लागेको छ ।

राष्ट्रिय परीक्षा बोर्ड (NEB) ले गत साउन १९ गते कक्षा १२ को नतिजा प्रकाशन गरेसँगै लमही नगरपालिका शिक्षा शाखाले पनि पालिका अन्तरगतका बिद्यालयहरुको नतिजा सार्बजनिक गर्यो । त्यही नतिजालाई आधिकारिक मान्दै बिद्यालयहरु प्रचार प्रसारमा जुटे । शिक्षा शाखाले पुन: दोस्रो रिजेल्ट सार्बजनिक गरेपछि बिद्यालयहरुको कर्तुत उदाङ्गिएको छ । शाखाले दुई/दुई पटक रिजल्ट प्रकाशन गर्नुमा पहिलो रिजल्ट गलत भएको ठहर गरेको हो ।

शिक्षा शाखाले साउन २० गते पालिका अन्तरगत बिद्यालयहरुको विश्लेषण नतिजा सार्बजनिक गरेको थियो । उक्त रिजल्ट गलत ठहर भएसँगै शिक्षा शाखाले पुन: साउन २६ गते दोस्रो नतिजा सार्बजनिक गर्यो । दुबै नतिजा भिडाउँदा बिद्यालयहरुले आफुलाई उत्कृष्ट देखाउन गलत तथ्याङ्क टिपाएको खुलासा भएको हो । बोर्डले रिजल्ट प्रकाशन गरेसँगै लमही नगर शिक्षा शाखाले समग्र बिद्यालयको नतिजाका लागि तथ्याङ्क संकलनमा जुट्यो । बिद्यालयका प्रिन्सिपलहरुले जानकारी दिए अनुसार साउन २० गते शाखाले नतिजा सार्बजनिक गरेको थियो ।

उक्त नतिजा अनुरुप लमही नगरमा ज्योतिष्मती बिद्यापिठ पहिलो स्थानमा छ । ३४ जना विद्यार्थी मध्य ३२ जना उत्तीर्ण हुँदै ९४.१२ प्रतिसत सहित पहिलो स्थानमा रहेको नतिजामा उल्लेख छ । तर २६ गते सार्बजनिक दोस्रो नतिजा अनुसार ज्योतिष्मती बिद्यापिठ ७६.४७ प्रतिसतमा झरेको छ । ३४ जना बिद्यार्थीमध्य २६ जना मात्र उत्तीर्ण भएको दोस्रो नतिजामा उल्लेख छ । ज्योतिष्मतीले ६ जना अनुत्तिर्ण बिद्यार्थीलाई पनि उत्तीर्ण सहित गलत तथ्याङ्क टिपाएको लमही नगरपालिका शिक्षा शाखा प्रमुख भवानी गिरीले बताईन ।

ज्योतिष्मती मात्र नभएर रोजी बड्स बालबाटिकाले पनि गलत तथ्याङ्क टिपाएको खुलेको छ । शिक्षा शाखाले सार्बजनिक गरेको पहिलो रिजल्टमा २५८ विद्यार्थी मध्य १७८ (६८.९९%) उत्तीर्ण भएसँगै रोजि पालिका अन्तरगत त्यस्रो स्थानमा थियो । तर वास्तविक रिजल्ट अनुसार रोजी बड्सको ११३ जना उत्तीर्ण हुँदै ४३.८ प्रतिसतमा खस्किएको छ । रोजी बड्सले ६५ जना उनुत्तिर्ण बिद्यार्थीहरुलाई पास भएको गलत तथ्याङ्क दिएको शाखा प्रमुख गिरीले बताईन । गोरखा माबिको रिजल्टमा पनि केही त्रुटि भेटिएको छ । पहिलो रिजल्ट अनुसार गोरखा माबिको ३११ विद्यार्थी मध्य २४५ पास हुँदै ७८.७८ प्रतिसत सहित पालिकामा दोस्रो स्थानमा थियो । तर वास्तविक रिजल्ट अनुसार गोरखाको ३१४ विद्यार्थी मध्य २४४ विद्यार्थी उत्तीर्ण भएका छन । रिजल्ट अनुसार गोरखा माबि लमही ७७.७१ प्रतिसत सहित पालिकामा पहिलो स्थानमा छ । बिद्यालयहरुले वास्तविक नतिजामा उल्लेखित फेल विद्यार्थीको संख्या हटाएर वा न्यून देखाएर पास प्रतिशत कृत्रिम रूपमा बढाएको तथ्य उजागर भएको हो ।

लमही नगर अन्तरगतका सामुदायिक तथा सँस्थागत गरि १२ वटा बिद्यालय कक्षा १२ को परिक्षामा समाबेस थिए । एद्येपी यी ३ बिद्यालय बाहेकका अन्य बिद्यालयहरुको रिजल्टमा त्रुटि नभेटिएको शिक्षा शाखा प्रमुख गिरीले बताईन । नगरपालिकाले पहिलो नतिजा सार्बजनिक गरेसँगै बिद्यालयहरुले आफ्ना नतिजा सामाजिक सञ्जाल, विद्यालयको सूचना पाटी र प्रचार सामाग्रीमार्फत अभिभावक तथा सर्वसाधारणमा सार्वजनिक गरेका थिए । शिक्षा क्षेत्रमा पारदर्शिता र उत्तरदायित्वको सवालमा गम्भीर प्रश्न उठाउने यो घटना सार्वजनिक भएपछि केही सँस्थागत बिद्यालयहरुको कर्तुत उदाङ्गिएको छ । अभिभावकहरूले विद्यालयको यस्तो प्रवृत्ति नतिजा सुधार भन्दा पनि झुटको संस्कार बढाउने खालको भएको टिप्पणी गरेका छन् । अहिले बिद्यालयहरुलाई बिद्यालयकै इज्जत जोगाउन हम्मे हम्मे परेको छ ।

यता, लमही नगरपालिका शिक्षा शाखा प्रमुख भवानी गिरीले गलत तथ्याङ्क टिपाएका कारण पहिलो रिजल्ट गलत साबित भएको स्विकारिन् । पहिलो रिजल्ट सार्बजनिक गर्दा प्रिन्सिपल हरुले बताए अनुसार मौखिकका आधारमा तथ्याङ्क चढाएर रिजल्ट सार्बजनिक गर्दा गलत हुनगएको स्विकार गरिन । उनले, प्रिन्सिपलहरुले भने बमोजिम बिश्वासका आधारमा नतिजा सार्बजनिक गरेको बताउँदै पछि शँका उत्पन्न भएपछि लेजर पठाउन अनुरोध गर्दापनि लेजर पठाउन बिद्यालयले अटेर गरेको बताईन । शाखा प्रमुख गिरीले बिद्यालयले लेजर उपलब्ध नगराएपछि शिक्षा बिकाश तथा समन्वय इकाई दाङबाट तथ्याङ्क लिई पुन: दोस्रो रिजल्ट सार्बजनिक गरेको बताईन । ज्योतिष्मती र रोजी बड्सले पहिले गलत नतिजा दिएका कारण दोस्रोपटक लेजर पठाउन आनकानी गरेको खुलेको छ । यी दुबै बिद्यालयले लेजर नपठाएपछि शिक्षा बिकाशबाट तथ्याङ्क माग गरिएको शिक्षा शाखा प्रमुख गिरीले जानकारी दिईन । एद्यपी लमही नगरपालिका शिक्षा शाखा सहि तथ्याङ्क सहित रिजल्ट प्रकाशनमा भने चुकेकै हो । पहिलो रिजल्टमा शाखा प्रमुख गिरीको हस्ताक्षरित सार्बजनिक नतिजाले जिम्बेवार बिहिन साबित गरेको छ ।

यता, ज्योतिष्मती बिद्यापिठका प्रिन्सिपल नारायण भुषालले शिक्षा शाखाले सार्बजनिक गरेको पहिलो रिजल्टमा पुरक विद्यार्थी सहितको तथ्याङ्क भएको बताए । तर सार्बजनिक दुबै नतिजामा विद्यार्थी सँख्या ३४/३४ नै उल्लेख छ । प्रिन्सिपल भुषालले शिक्षा शाखाबाट गलत भएको बताउँदै पहिलेका दिनहरुमा पनि यस्ता समस्या बिद्यालयले भोग्नुपरेको आरोप लगाए । तिनै भुषाल सँस्थागत बिद्यालयहरुको नेतृत्व तहमा छन् । उनी प्याब्सन लमही नगरका अध्यक्ष समेत हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *