राजपुर गाउँपालिकामा दूध संकलन केन्द्र स्थापना, किसान लाभान्वित


शिव राज खनाल


साउन १८ दाङ । दाङको राजपुर गाउँपालिका– ३ प्रतापपुरमा दूध उत्पादन गर्ने किसानहरूलाई लक्षित गर्दै आधुनिक दूध संकलन केन्द्र स्थापना गरिएको छ।

किसानको उत्पादनलाई उचित मूल्यमा व्यवस्थापन गर्ने उद्देश्यले स्थापना गरिएको यो केन्द्रले दैनिक रुपमा किसानबाट दूध संकलन गर्नेछ। दूध संकलन केन्द्रको उद्घाटन एक औपचारिक कार्यक्रमका बीच राजपुर गाउँपालिकाका अध्यक्ष सरद कुमार बुढाथोकी, उपाध्यक्ष धनपती देबि यादब, वडा अध्यक्ष राम प्रसाद अहिर प्रतिनिधिहरू र स्थानीय कृषकहरूको उपस्थितिमा सम्पन्न भयो। केन्द्रमा दूध तौल गर्ने डिजिटल प्रणाली, संकलन भण्डारण ट्याङ्की, र चिलिङ सिस्टम जडान गरिएको छ।

राजपुरका किसानहरू लामो समयदेखि दूधको उचित मूल्य नपाएको, बजार अभाव, र सस्तो मूल्यमा बिक्री गर्न बाध्य रहेको गुनासो गर्दै आएका थिए। स्थानीय किसान पुस्पा यादब भन्छिन, “अब हामीलाई निश्चित मूल्यमा दूध बेच्न पाइनेछ। किसानलाई न्याय हुने विश्वास लागेको छ।” पहिले फुटकर स्थानिय ब्यापारी लाई ६० रुपैया प्रती लिटर दूध बेच्दै आएकोमा अहिले सन्कलन केन्द्रमा बेच्दा १०६ प्रती लिटरमा बिक्री गरिरहेको बताइन । यस योजनामा गाउँपालिकाको भिटा कार्यक्रम अन्तरगत लगानी गरिएको भिटा परियोजना संयोजक गिरिराज भट्टले जानकारी दिए। केन्द्रको सञ्चालन, व्यवस्थापन र अनुगमन स्थानीय सहकारी  संस्थामार्फत गरिनेछ। किसानहरूको दूध उत्पादनलाई गुणस्तर र परिमाणका आधारमा मूल्यांकन गरिने प्रणाली पनि लागू गरिनेछ।

राजपुर गाउँपालिकाका अध्यक्ष शरद कुमार बुढाथोकीले उद्घाटन कार्यक्रममा बोल्दै “यो केन्द्र किसानको जीवनस्तर उकास्ने महत्वपूर्ण आधार बन्ने आगामी दिनमा पशुपालनलाई व्यवस्थित गर्दै यस क्षेत्रलाई ‘दूधको केन्द्र’ बनाउने योजना रहेको बताए । हामीले उत्पादनको मूल्य स्थायित्व, गुणस्तर आधारित मूल्यांकन र नियमित संकलन प्रणाली सुनिश्चित गर्नेछौं। यो केन्द्रले केवल दूध मात्रै होइन, किसानको विश्वास पनि संकलन गर्नेछ” – बुढाथोकीले भने ।
तेस्तै गाउपालिका कि उपाध्यक्ष धनपती देबि यादबले “दूध संकलन केन्द्रको स्थापना हाम्रो गाउँपालिकाको कृषि र पशुपालन क्षेत्रमा उपलब्धि भएकाले यसबाट किसानहरूले अब आफ्नो उत्पादनलाई सस्तोमा बेच्छु कि भन्ने चिन्ता गर्नु नपर्ने बताइन । स्थापना गरिएको केन्द्रबाट दैनिक १००० घर परिवार बाट २००० लिटरभन्दा बढी दूध संकलन गरिने अपेक्षा गरिएको छ। आगामी दिनमा नस्ल सुधार, पशु आहार अनुदान, र तालिम कार्यक्रम समेत सञ्चालन गरिने जानकारी दिइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *