एक्लै दृश्यावलोकन गरिरहेको लमहीको ‘भ्यु-टावर’

घरसञ्चार
दाङ । लमहीमा निर्माणाधिन भ्युटावर अलपत्र अबस्थामा छ । संरचना आकर्षक भएपनि प्रयोग बिहिन हुँदा अलपत्र जस्तै बनेको हो ।
लमही नगरपालिकामा तत्कालिन नगरप्रमुख कुलबहादुर केसी रहँदा भ्युटावर निर्माण गरिएको हो । करिब एक करोड बढि स्थानिय तहको बजेटमा निर्माण भएको भ्युटावरले अहिले आफै एक्लै लमही बजार नियालीरहेको छ । पर्यटकको आवात जावात क्रम जारी रहेपछि भ्युटावरको अस्तित्व कायम रहन्थ्यो । तर सामुदायिक बनले संरक्षणका नाममा बन्द गरिदिँदा पर्यटकको आवातजावात ठप्प छ । खुल्ला अबस्थामा रहँदा मानिसबाटै क्षेती हुन थालेपछि स्थानिय सामुदायिक बनले उक्त भ्युटावरको संरक्षणका लागि बन्द गरेको हो । बन्द पश्चात् थप क्षेति हुनबाट जोगिएको छ ।
झट्ट हेर्दा प्रशासनिक भवन जस्तो देखिने ग्रिनपार्कदेखी उत्तर साईडमा निर्माण भएको पाँच तल्लाको भ्युटावर चारैतिर बन्द अबस्थामा छ ।

भ्युटावर निर्माण पश्चात् सम्बन्धित निकायले संरक्षणमा खासै ध्यान दिन सकेनन् । बनको क्षेत्रमा निर्माण भएको भ्युटावर स्थानिय सामुदायिक बनले संरक्षण गर्नुपर्ने स्थानिय तहको एकतर्फि सोच हुन सक्ला । तर छलफल आबस्यक रहन्थ्यो, जो कहिल्यै हुन सकेन । पछि सरकार फेरियो, बनका पदाधिकारी फेरिए तर छलफल र संचालन तर्फ कसैको ध्यान जान सकेन । अहिले भने उक्त भ्युटावर संचालनका लागि सरोकारवाला लागिपरेका छ । जनताको पैशाबाट निर्माणाधिन भ्युटावर संचालनका लागि जनदबाब पनि बढेको छ । भ्युटावर सञ्चालनका लागि लमहीमा सर्बदलिय सर्बपक्षिय छलफल भएको छ । अजम्मरी सामुदायिक बन समितीले सरोकारवालाहरु सँग अन्तरक्रिया तथा छलफल गरेको हो । बन समितीले उक्त भ्युटावर नितिगतरुपमा बनलाई हस्तान्तरण गर्नुपर्ने माग गरेको छ । समितीका अध्यक्ष पबन शर्मा रिजालले भ्युटावर सञ्चालन पश्चात् ग्रिनपार्कको आकर्षण थप बढ्ने बिश्वास ब्यक्त गरे । दिर्घकालीन योजना बनाएर भ्यूटावर संचालन गर्ने तर्फ सबै लाग्नुपर्ने बताए । अध्यक्ष रिजालले भ्यु–टावरको माथिल्ला दुईवटा तला दृश्यावलोकन, र बाँकी तल्लाहरुमा ब्यबसायिक रुपमा प्रयोग गर्न सकिने योजना सुनाए । त्यसका लागि स्पष्ट कार्यविधि बनाएर उपभोक्ता वा निजि क्षेत्रलाई सञ्चालनका लागि दिने अथवा ठेक्का माध्यमबाट प्रयोगमा ल्याउने धारणा सुनाए । उनले स्थानीय तहको समन्वयमा परामर्शदाता नियुक्त गरेर कार्यविधि बनाउने हो कि भन्ने छलफल गरिरहेको बताए ।

बैठकमा लमही नगरपालिका नगर प्रमुख जोगराज चौधरीले ग्रीनपार्क लमहीको मात्र नभई प्रदेशकै गहना भएको बताए । पार्कलाई अझै ब्यबस्थित तथा आकर्षक बनाउन आवश्यक रहेको भन्दै भ्यू टावर सञ्चालनले पर्यटक आगमन बढ्ने बिश्वास ब्यक्त गरे । भ्युटावर संचालनका लागि हस्तान्तरणले रोकिएको हो भने नगरपालिकाले छिट्टै हस्तान्तरण गर्ने बताए । बहुउद्देश्यीय भ्यू टावर सञ्चालन सँगै पार्कको आकर्षण बढाउन नगरपालिका तत्पर रहेको बताउँदै मेयर चौधरीले आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन नगरपालिका लागिपर्ने बताए । उनले पर्यटकिय क्षेत्रले स्थानको चर्चासँगै बिकाश र रोजगारले पनि गति लिने बताए ।
कार्यक्रममा अजम्मरी सामुदायिक वन समितीका उपाध्यक्ष रवि श्रेष्ठले भ्यूटावर ठेक्का लगाएर टावर परिसरमा पौडी पोखरी, पानीको फोहोरा, पार्किङ, रेस्टुरेन्ट, निर्माण गरी एकीकृत रूपमा सञ्चालन गर्ने योजना रहेको सुनाए । कार्यक्रममा लमही नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष ओमप्रसाद सुबेदीले भ्यूटावर निर्माण भएरपनि यसको लाभ लिन नसक्नु दुखद भएको बताए । उनले यसबाट सरकार तथा सामुदायिक बनले लाभ लिनसक्नेगरी कार्यबिधि बनाएर संचालन गर्नुपर्ने कुरामा जोड दिए । बैठकमा नेपाली कांग्रेस लमही नगर सभापती सन्तोष बुढाथोकी, नेकपा एमाले लमही नगर कमिटिका अध्यक्ष रतन कुमार केसी, नेकपा (माओवादी केन्द्र) लमही नगर कमिटिका अध्यक्ष दिलकुमार श्रेष्ठ, राष्ट्रिय स्वतन्त्र पार्टीका सुदीप पाण्डेय, देउखुरी उद्योग बाणिज्य संघ लमहीका अध्यक्ष कमल जंग सिंह ठकुरी, होटल ब्यबसायी समितीका अध्यक्ष नारायण भुषाल लगायत सरोकारवालाहरुको उपस्थिति थियो । भ्युटावर सञ्चालनमा सरोकारवालाहरु पोजेटिभ देखिएका छन् ।