युवाहरुको लगानीमा स्टार क्याफे एण्ड रेष्टुरेन्ट संचालनमा

घरसञ्चार
नेपालगन्ज । नेपालगन्जमा करीब डेढ करोडको लगानीमा स्टार क्याफे एण्ड रेष्टुरेन्ट संचालनमा आएको छ ।
नेपालगन्ज-१८ सुर्खेतरोड कारकाँदोमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नेपालगन्ज कार्यालय सामुन्ने संचालनमा आएको स्टार क्याफे एण्ड रेष्टुरेन्टको शुक्रबार उद्घाटन गरिएको हो । क्याफे एण्ड रेष्टुरेन्टको उद्घाटन नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले गरेका हुन् ।

क्याफे उद्घाटन गर्दै प्रमुख विष्टले युवाहरुले यसरी ब्यवसाय संचालन गर्दा राज्यलाई आर्थिक रुपमा ठूलाे सहयाेग पुग्ने बताए । उनले स्वदेशमै केही गर्न सकिन्छ भन्ने सन्देश युवाहरुको लगानीले दिएको भन्दै खुसी ब्यक्त गरे । विष्टले युवाहरुले राम्रो काम गरेकाे भन्दै समाजमा यसरी नै युवाहरुले आफैं स्वराेजगार सिर्जना गर्न सक्ने हाे भने देश आर्थिकरुपमा सबल हुने उल्लेख गरे । विष्टले रेष्टुरेन्टकाे अवलाेकन गर्दै कार्यक्रम गर्न मिल्ने ठूलाे क्षमताकाे हल र पारिवारिक वातावरण सहितको रेष्टुरेन्ट सञ्चालनले आन्तरिक पर्यटन प्रबर्द्धनमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।
रेष्टुरेन्टका अध्यक्ष अभिषेक अमन झाले स्वादेशमै केही गर्ने उद्देश्यले युवाहरु मिलेर व्यवसाय सञ्चालनमा ल्याएको बताए । यसमा ९ जना युवाहरुकाे लगानी छ ।