लुम्बिनी प्रदेश मुख्यमन्त्री कप महिला भलिबलकाे उपाधी रुपन्देहीलाई
घरसञ्चार
दाङ । दाङमा जारी दाेस्राे मुख्यमन्त्री कप लुम्बिनी प्रदेश स्तरीय महिला भलिबल प्रतियाेगिताकाे उपाधी रुपन्देहीले हात पारेकाे छ ।
पाल्पालाइ ३-० काे साेझाे सेटमा पराजित गर्दै रुपन्देहीले मुख्यमन्त्री कप महिला भलिबल प्रतियोगिताकाे उपाधि हात पारेकाे हाे । रुपन्देहीले पहिलो सेटमा २५-१७, दाेस्राे सेटमा २५-१८ र तेस्राे सेटमा ३०-२८ ले पाल्पालाई हराएको हाे । उपाधी संगै नगद १ लाख, ट्रफि र मेडल हात पारेकाे छ भने दाेस्राे स्थानमा चित्त बुझाएको पाल्पाले नगद ६५ हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र हात पारेकाे छ । लुम्बिनी प्रदेशका १२ जिल्लाबाट सहभागी प्रतियोगितामा रुकुम पूर्व तेस्राे र बर्दिया चाैथाे स्थानमा रहेका छन ।

रुकुमले बर्दियालाई ३-१ काे सेटमा हराउदै रुकुम पूर्वले तेस्राे स्थान हात पारेकाे हाे । पहिलाे सेट हारेकाे रुकुम पूर्वले त्यसपछि लगातार तीन सेट जित्दै तेस्रो स्थान बनाउन सफल भएको हाे । तेस्रो भएको रुकुम पूर्वले नगद ३५ हजार र सान्त्वना भएको बर्दियाले १५ हजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गरेकाे छ ।





