पाल्पा-१ मा नेपाली काँग्रेसबाट निर्बाचित साँसद रानालाई दाङको भालुबाङमा स्वागत

भिसुन शाही

दाङ । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा नेपाली काँग्रेसका तर्फबाट पाल्पा क्षेत्र नं. १ मा निर्वाचित सांसद सन्दिप रानालाई दाङको भालुबाङमा स्वागत गरिएको छ ।

राप्ती गाउँपालिका–३ का वडा अध्यक्ष उमेश अधिकारीले सांसद रानालाई खादा तथा फूलमालासहित स्वागत गरेका थिए । कार्यक्रममा स्थानीय युवा तथा नेपाली कांग्रेससम्बद्ध कार्यकर्ताहरूको उल्लेखनीय सहभागिता रहेको थियो । साथै, वडा नम्बर १ का नेपाली कांग्रेस वडा सभापति पदम पुन झाँक्री मगर र वडा प्रतिनिधिहरूको उपस्थितिमा सांसद रानालाई स्वागत गरिएको हो ।

स्वागत कार्यक्रममा वक्ताहरूले रानाको विजयले लोकतान्त्रिक शक्तिलाई थप मजबुत बनाएको उल्लेख गर्दै जनताको अपेक्षा अनुरूप विकास र सुशासनका क्षेत्रमा प्रभावकारी भूमिका निर्वाह गर्न शुभकामना व्यक्त गरेका थिए । कार्यक्रममा तरुण दलका अध्यक्ष मोहन श्रेष्ठको पनि उपस्थिति रहेको थियो । साथै, स्थानीय तहका जनप्रतिनिधि, पार्टी कार्यकर्ता तथा युवाहरूको सक्रिय सहभागिता रहेको आयोजकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *