जेनजि पुस्तालाई समेट्दै काँग्रेस दाङ-१ ले गय्रो ५ जनाको नाम सिफारिस
घरसञ्चार
दाङ । नेपाली कांग्रेस दाङ क्षेत्र नम्बर १ ले
फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि ४ जनाको नाम सिफारिस गरेको छ ।
प्रत्यक्षतर्फ केन्द्रीय सदस्य योगेन्द्र चौधरी, महासमिती सदस्यद्वय जानकीलाल बस्नेत, कमल किशोर घिमिरे र महाधिवेशन प्रतिनिधि प्रदीपराज शर्माको नाम सिफारिस भएको हो । नेपाली कांग्रेस क्षेत्र नम्बर १ दाङले जेनजी पुस्तालाई समेत समेट्ने गरि लुम्बिनी प्रदेश प्रतिनिधि प्रतिक्षा चौधरीलाई प्रत्यक्ष तर्फको उम्मेदवारका लागि जिल्लामा नाम सिफारिस गरेको छ ।
क्षेत्रीय सभापति भेषराज पाण्डेको अध्यक्षतामा मंगलबार दाङको लमहीमा बसेको बैककले उम्मेदवार सिफारिस गरेको हो । समानुपातिक तर्फ ९ जनाको नाम सिफारिस भएको छ । कृष्णकिशोर घिमिरे, सुशीला चौधरी, देवका बेल्बासे, अनुराग यादव, खिमा अधिकारी, मधुप्रसाद न्यौपाने, खड्गबहादुर विक, कृष्ण गिरी र पवन नेपाली उम्मेदवार सिफारिस भएका हुन ।





