दाङमा ४७ सरकारी कार्यालय सँगै १८९ सवारी साधनमा तोडफोड र आगजनी:जेनजी आन्दोलन

घरसञ्चार

दाङ, २ असोज । दाङमा भदौ २४ गते जेनजी आन्दोलनका क्रममा छ घन्टामा ४७ सरकारी कार्यालय र १८९ सवारी साधनमा आगजनी तथा तोडफोड गरिएको छ ।

आन्दोलनका क्रममा १२ बजेपछि बेलुकी ६ बजेसम्म जिल्लामा सरकारी कार्यालय, सवारी साधन, सबै क्षतिविक्षत रूपमा ध्वस्त पारिएको थियो । प्रारम्भिक विवरण अनुसार, २४ वटा सरकारी कार्यालयका ४७ वटा भवनमा ढुंगामुडा, तोडफोड र आगजनी गरिएको छ । त्यसैगरी, एक सय ८९ सवारी साधनमा पनि व्यापक क्षति पुर्याइएको छ । ४० वटा चारपाङ्ग्रे सवारी साधन, जसमध्ये ३३ वटा सरकारी गाडी, दुई वटा निजी गाडी, तीन वटा टिप्पर, दमकल, स्काभेटर, ट्याक्टर, लोडर, ट्याङकर लगायतका वाहनहरु पूर्ण रूपमा ध्वस्त भएका छन् । दाङको देउखुरीमा आंशिक रुपमा क्षेती भएपनि लमही स्थित प्रदेश मन्त्रि निवासहरु पुर्ण रुपमा सखाप भएका छन । सरकारी मोटरसाईकल सँगै निवास तोडफोड र आगजनी भएका छन् । लमही नगरपालिकामा आन्दोलनकारीको ढुँगा प्रहारबाट सिसाहरु फुटेपनि अन्य क्षेतिभने हुन पाएन ।

दाङको तुलसीपुरमा रहेका विभिन्न सरकारी कार्यालयहरूको अवस्था पनि विक्षिप्त छ ।
उच्च सरकारी वकिल कार्यालय, आन्तरिक राजस्व कार्यालय र यातायात व्यवस्था कार्यालयका ३/३ वटा भवन आगजनीमा पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् । त्यस्तै, जिल्ला समन्वय समिति, जिल्ला ट्राफिक प्रहरी कार्यालय, भूमि तथा जलाधार कार्यालय र तुलसीपुर उपमहानगरपालिकाका भवनमा पनि आगजनीबाट ठूलो क्षति भएको छ । प्रशासकीय अधिकृत विजय गौतमका अनुसार, निजी निवास, पार्टी कार्यालय र संघ संस्थाका भवनहरूमा भएको क्षतिको विवरण संकलन गर्ने कार्य सुरू भएको छ । यसलाई पूर्ण रूपमा विवरण गरेर, आर्थिक क्षतिको आंकलन पनि गर्न लागिएको छ । आन्दोलनका क्रममा भएको क्षति र नोक्सानीको विवरण संकलन कार्य अहिले जारी रहेको छ, र यससँगै मुआब्जाको प्रक्रिया पनि छिट्टै सुरू हुने अपेक्षा गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *