सीमावर्ती क्षेत्रमा आगलागी हुँदा घर र पशुचौपाया जलेर नष्ट

शिवु खनाल
दाङ, ८ भदौँ । जिल्लाको राजपुर गाउँपालिका वडा नम्बर ७ भैसाहीनाकामा आगलागी हुँदा एक घर जलेर नष्ट भएको छ । आइतवार विहान चारबजे बिरबहादुर खड्काको घरमा आगलागी हुदाँ पूर्णरुपमा क्षती भएको इलाका प्रहरी कार्यालय गढवाका प्रहरी प्रमुख डबल बहादुर बमले जानकारी दिए ।

उनका अनुसार घरमा मक्षर धपाउन टोकरीमा धुप धुवा गराउन राखेको आगो खामा सल्किएर खड्काको कच्चि घरमा आगलागी हुदाँ घरमा क्षति भएको र घरभित्र रहेका पन्ध्रवटा बाख्रा र एकवटा गाई जलेर नष्ट भएको हो । उनले आगो निभाउने प्रयास हुँदा हुँदै घर पूर्ण रुपमा जलेको बताए । आगलागीबाट घर, १५ वटा बाख्रा, गाई, लत्ताकपडा, अन्नपात सबै जलेर नष्ट भएको पीडितको भनाइ छ । आगलागीबाट क्षति पुगेको परिवारलाई सुरक्षित स्थानमा सार्ने र तत्काल खाद्यान्न सामग्री वितरण गर्ने काम भएको राजपुर गाउँपालिका कार्यपालिका सदस्य सन्देश विकले बताए । स्थानीय जनप्रतिनिधि, जनपथ प्रहरी र सशत्र प्रहरीसहित स्थानीय बासिन्दाले आगो नियन्त्रणमा ल्याएका थिए ।

आगलागीपछि परिवार खुला आकाशमुनि बास
राजपुर गाउँपालिका वडा नम्बर ७ भैसाहीनाका स्थित कच्चि घरमा आगलागी हुदाँ तिनजना परिवारको बिचल्ली भएको छ । आगलागीबाट तिन परिवारको बास नै गुमेपछि बिचल्ली भएको हो । सुक्खा मौसम सुरु भएसँगै भारतसंग सीमा नाका जोडिएको दाङको सीमावर्ती क्षेत्रमा दैनिक आगलागीका घटना वृद्धि हुने गर्छन् । आगोको प्रयोग तथा विद्युतीय उपकरण लगाएका सामानको प्रयोगमा ध्यान दिन प्रहरीले आग्रह गरेको छ ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *