निशुल्क रुपमा शैक्षिक डकुमेन्ट पठाउने ब्यबस्था मिलाउन नेविसंघको माग

घरसञ्चार
दाङ । नेपाल विद्यार्थी संघ (नेविसंघ) दाङले जिल्लाबाट काठमाडौंलगायतका विभिन्न स्थानमा निशुल्क रुपमा शैक्षिक डकुमेन्ट पठाउने व्यवस्था मिलाउन माग गरेको छ ।

नेविसंघ दाङले नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका केन्द्रीय सल्लाहकार तथा त्रिशिद्देश्वरी राप्ती यातायात प्रालिका अध्यक्ष सुरेश हमाललाई मंगलवार ज्ञापनपत्र बुझाउँदै नेविसंघले विद्यार्थीले भोगिरहेको चर्काे शुल्क तिर्नुपर्ने समस्या समाधानका लागि माग गरेको हो । विद्यार्थीले सार्वजनिक सवारीसाधनबाट अत्यावश्यक कागजात (शैक्षिक डकुमेन्ट) पठाउनु पर्दा सवारीसाधनले चर्काे भाडा लिदा त्यसको प्रत्यक्ष मारमा जिल्लाका विभिन्न सहरमा बसेर अध्ययन गरिरहेका विद्यार्थी र अभिभावक परिरहेको भन्दै निशुल्क रुपमा पठाउने व्यवस्था मिलाउन माग गरेको छ ।

नेविसंघ दाङका अध्यक्ष कुलराज पोख्रेलद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा सार्वजनिक सवारीसाधनमार्फत जुनसुकै स्थानमा पनि अत्यावश्यक कागजात पठाउँदा भाडा नलाग्ने गरि निशुल्क रुपमा पुर्याइदिने व्यवस्था गरिदिन माग गरिएको छ । नेविसंघले उठाएका विद्याथीको मागप्रति सकारात्मक रहेको भन्दै नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका केन्द्रीय सल्लाहकार तथा त्रिशिद्देश्वरी राप्ती यातायात प्रालीका अध्यक्ष हमालले यहि भदौको ५ गते बस्ने महासंघको बैठकमा आफुले कुरा राख्ने बताएका छन् ।

नेविसंघले उठाएका माग बैठकमा राख्ने र विद्यार्थीलाई कसरी शैक्षिक डकुमेन्ट पठाउँदा सहज हुन्छ भन्ने व्यवस्था गरिने बताएका हुन । साथै उनले जिल्लामा छुट्टै कर्मचारी राखेर शैक्षिक डकुमेन्ट पठाउँदा भइरहेको समस्यालाई समाधान गर्ने गरि पहल गर्ने बताएका हुन । नेविसंघ दाङका अध्यक्ष पोख्रेलसहित नेपाल विद्यार्थी संघक केन्द्रीय सदस्य निरज गिरी, महेन्द्र बहुमुखी क्याम्पस स्ववियु सभापति दिपेश डिसी, कोषाध्यक्ष रमिला शर्मा, निवर्तमान स्ववियु सभापति मनोज डिसी,अम्विकेश्वरी क्याम्पस घोराहीका निर्वतमान स्ववियु सभापति रणबहादुर खड्का, नेविसंघका जिल्ला सदस्य दिपेन्द्र खड्का, अर्जुन भट्राई, घनश्याम घिमिरे, झग्गु भण्डारी,नेविसंघका तुलसीपुर नगर संयोजक सुदीप केसीलगायतको सहभागीता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *