राप्रपा अध्यक्ष लिङ्देनले भारतीय गाडी चोरेर झापामा बिक्री गरेको आरोप

घरसञ्चार
काठमाडौं । अभियन्ता दुर्गा प्रसाईंले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनमाथि आरोप लगाएका छन् । आज (सोमबार) पत्रकार सम्मेलनको आयोजना गरि प्रसाईंले लिङ्देनमाथि गम्भीर आरोप लगाएका हुन् ।

उनले लिङ्देनलाई ‘भारतबाट गाडी चोरेर झापा ल्याई बिक्री गरेर खाएको’ गम्भीर आरोप लगाएका छन् । प्रसाईंले अध्यक्ष लिङ्देनलाई कहिल्यै विश्वास नगर्ने बताएका छन् । यसका साथै उनले सरकार र राप्रपा मिलेर तीनकुने आन्दोलन बिथोलेको आरोप लगाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *