आयामा बहुउद्देश्यीय सहकारीको लमहीमा पनि शाखा बिस्तार

घरसञ्चार
देउखुरी । आयामा बहुउद्देश्यीय सहकारी सँस्था लिमिटेडले लमहीमा पनि शाखा बिस्तार गरेको छ ।
दाङ जिल्ला कार्यक्षेत्र रही का गर्दै आईरहेको सहकारीले आईतबार लमहीमा पनि शाखाको बिधिवत उद्घाटन गरेको हो । शाखाकाे उद्घाटन नगरपालिकाकि उपप्रमुख लक्ष्मी याेगिले गरेकि हुन् । उद्घाटन कार्यक्रममा बाेल्दै उपप्रमुख याेगिले जन बिश्वासलाई कायम राखि बित्तिय काराेवार चुस्त दुरूस्त राख्दै सदस्यहरूकाे मनाेभाव अनुसार संस्थाले काम गर्न सुझाईन । सहकारीहरू नाफा भन्दा सेवामुलक हुन जरूरी रहेकाे बताउदै उपप्रमुख याेगिले बहुआयामिक काम गर्दै संस्थाले आफ्नाे छुट्टै पहिचान बनाउनु पर्नेमा जाेड दिईन ।
कार्यक्रम संस्थाका अध्यक्ष ओम प्रकाश बसेलले याे चाैथाैं शाखाकाे रूपमा लमहीमा संचालनमा आएकाे र सदस्यमुखि संस्था रहेकाले बिस्वस्त रूपमा संस्थामा काराेवार गर्न अनुराेध गरे । सहकारी सबै सदस्यले हाम्राे हाे भन्ने बुझेमा सहकारी सफल हुने बताउदै अध्यक्ष बसेलले यसका सबै शेयरसदस्यहरू देउखुरी दाङकै रहेकाले बिश्वस्त भई काराेवार गर्नुहुन सबै सदस्यमा अनुराेध गरे । दाङकाे गढवामा केन्द्रीय कार्यालय रहेकाे यस संस्थाले गढवाकाे कालाकांटे, राजपुरकाे जंग्रहवा र अहिले लमहीमा पनि सेवा बिस्तार गरेकाे हाे ।

संस्थाकाे उद्घाटनका दिन ४१ वटा सदस्यहरूले काराेवार शुरू गरेकाे लमही शाखा ब्यबस्थापन समितिका संयाेजक बसन्त चाैधरीले जानकारी दिए । १ वर्षमा ८०० भन्दा बढि सदस्य थप गर्ने लक्ष्यकाे साथ शाखा संचालन भएकाे संयाेजक चाैधरीले बताए । संस्थाले रेमिट्यान्स सेवा, स्वास्थ्य कार्यक्रम अन्तरगत एम्बुलेन्स सेवा संचालनमा ल्याएकाे छ भने कृषि तर्फ कागति खेति गरेकाे संस्थाले जनाएकाे छ । हाल लमही शाखाबाट बचत तथा ऋणकाे काराेवार, रेमिट्यान्स सेवा प्रदान गरिने छ भने सदस्यहरूलाई एम्बुलेन्समा १०% छुट दिने संस्थाले जनाएकाे छ ।
उद्घाटन कार्यक्रममा गढवा उद्योग बाणिज्य संघका काेषाध्यक्ष दुखहरण यादब, सदस्य राजन खनाल, देउखुरी माेबाईल तथा ईलेक्ट्राेनिक्स ब्यबसायी संघका अध्यक्ष जागेश्वर बसेल, दाङ समाचारका प्रमुख प्रियास्मृति गजमेर लगायतले संस्थाकाे प्रशंसा गरेका थिए । उद्घाटन कार्यक्रमकाे सहजिकरण सचिब श्याम बहादुर चाैधरीले गरेका थिए ।