लमहीमा बजाजको मेनका इन्टरप्राइजेज वर्कशप सञ्चालनमा

घरसञ्चार

दाङ । बजाज मोटरसाइकलका लागि लमही क्षेत्रको एकमात्र आधिकारिक विक्रेता मेनका इन्टरप्राइजेजले ग्राहकको सेवा सुविधा तथा सन्तुष्टिलाई मध्यनजर गर्दै नयाँ सुविधा सम्पन्न वर्कशप संचालनमा ल्याएको छ ।

गोल्छा ग्रुप अन्तर्गत सञ्चालनमा रहेको मेनका इन्टरप्राइजेजले बिक्री, स्पेयर पार्ट्स तथा सर्विसको सम्पूर्ण सुविधा एउटै स्थानबाट उपलब्ध गराउने लक्ष्यका साथ वर्कशपको प्रारम्भ गरेको हो । अब लमही र आसपासका ग्राहकहरूले मोटरसाइकलको मर्मत, स्पेयर पार्ट्स खरिद तथा सर्भिसका लागि अन्यत्र जानुपर्ने बाध्यताको अन्त्य भएको छ । आधुनिक उपकरण, अनुभवी प्राविधिक टोली र सहज पहुँचको व्यवस्था रहेको वर्कशपले द्रुत, भरपर्दो र गुणस्तरीय सेवा प्रदान गर्ने लक्ष्य लिएको छ ।

मेनका इन्टरप्राइजेजका सञ्चालक गोपाल पन्थीले ग्राहकको सन्तुष्टि नै हाम्रो प्रमुख लक्ष्य भएको बताए । यस क्षेत्रमा बजाज मोटरसाइकलप्रतिको विश्वासलाई अझ सुदृढ बनाउँदै उच्चस्तरीय सेवा दिने हाम्रो प्रतिबद्धता समेत ब्यक्त गरे । वर्कशपमा नियमित सेवा, निःशुल्क चेकअप क्याम्प, एक्सचेन्ज अफर, स्पेयर सपोर्ट लगायतका विभिन्न कार्यक्रमहरू पनि सञ्चालन गरिने योजना छ। बजाज मोटरसाइकलमा कुनै समस्या परेमा अब लमहीकै मेनका इन्टरप्राइजेजमा सम्पर्क गर्न ग्राहक बर्गमा अनुरोध समेत गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *