राजमार्ग सुरक्षामा नयाँ प्रविधि : अर्जुनखोलामा अत्याधुनिक एएनपिआर सिसी क्यामेरा सञ्चालनमा
घरसञ्चार दाङ । पूर्व-पश्चिम राजमार्ग अन्तर्गत दाङको लमही नगरपालिका क्षेत्रमा पर्ने अर्जुनखोलामा अत्याधुनिक एएनपिआर (Automatic Number Plate Recognition) सिसी क्यामेरा जडान गरी सञ्चालनमा ल्याइएको छ । लमही चेम्बर अफ कमर्सले आयोजना गरेको मेला महोत्सवबाट बचत भएको रकमबाट करिब ५ लाख ५० हजार रुपैयाँ लागतमा क्यामेरा जडान गरिएको हो । राजमार्गमा हुने चोरी, आपराधिक गतिविधि, सवारी…






