# Ghar Sanchar > Latest News in Nepal ## Posts - [दाङको गढवामा बाेलेराे जिप दुर्घटना, चारजना घाइते](https://gharsanchar.com/details-news-14056/): शिवु खनाल देउखुरी, ५ बैशाख । दाङको देउखुरी स्थित गढवामा बाेलेराे पिकअप जिप दुर्घटना हुँदा चार जना घाइते भएका छन् । शनिबार दिउँसो करिब ३:५० बजे गढवा गाउँपालिका वडा नम्बर ८ चिसापानी स्थित बाेलेराे पिकअप जिप दुर्घटना हुदा चारजना घाइते भएको इलाका प्रहरी कार्यालय गढवाका प्रहरी प्रमुख डबल बहादुर बमले जानकारी दिए । चारजना मध्य एकजना गम्भीर घाइते भएका हुन् । काेइलाबासबाट गढवा तर्फ आउँदै गरेको रा १ च ७८० नम्बरको बाेलेराे पिकअव जिन ब्रेक फेल हुदा दुर्घटना भएको प्रहरी प्रमुख बमले बताए । दुर्घटनामा परि लमही नगरपालिका वडा नम्बर ४ अर्नहवा निवासी ५६ वर्षिय (चालक) रामकृष्ण यादव, लमही नगरपालिका... - [नेपाली कला र संस्कृतिको संरक्षण आजको आवश्यकता - नगरप्रमुख चौधरी](https://gharsanchar.com/details-news-14055/): घरसञ्चार दाङ । लमही नगरपालिकाको आर्थिक सहयोगमा सञ्चालित दश दिने पन्चेबाजा सीपमूलक तालिमको समापन कार्यक्रममा नगर प्रमुख जोगराज चौधरीले पश्चिमा संस्कृतिको प्रभावका कारण समाजमा विकृति फैलिँदै गएकोप्रति चिन्ता व्यक्त गर्नुभएको छ । उहाँले त्यस्ता विकृतिलाई रोक्न नेपाली कला, संस्कार र संस्कृतिको संरक्षण आजको प्रमुख आवश्यकता भएको उल्लेख गर्नुभयो । उहाँका अनुसार पछिल्लो समय हाम्रा चाडपर्वहरूमा समेत डिजे बजाउने र उच्छृंखल गतिविधि प्रदर्शन गर्ने प्रवृत्ति बढ्दै गएको छ । “यस्ता कुसंस्कारलाई रोक्न अब हामीले हाम्रो मौलिक पहिचान बोकेको तर लोप हुँदै गएको पन्चेबाजालाई पुनः स्थापित गर्न आवश्यक छ,” उहाँले भन्नुभयो । समापन कार्यक्रममा बोल्दै प्रमुख चौधरीले “लमही नगर निर्माण, महाअभियान” लाई... - [लुम्बिनी प्रदेश मुख्यमन्त्री कप पुरुष भलिबलमा गुल्मी नै हाबी, लगातार दाेस्राे जित](https://gharsanchar.com/details-news-14054/): घरसञ्चार दाङ । दाङमा जारी दाेस्राे मुख्यमन्त्री कप लुम्बिनी प्रदेश स्तरीय पुरुष भलिबल प्रतियाेगिताकाे उपाधी गुल्मीले हात पारेकाे छ । प्रतिस्पर्धि नवलपरासीलाइ ३-० काे साेझाे सेटमा पराजित गर्दै गुल्मि दाेस्राे पटक मुख्यमन्त्री कप पुरुष भलिबल प्रतियोगिताकाे उपाधि हात पार्न सफल भएको हाे । गुल्मिले नवलपरासीलाइ पहिलो सेटमा २५-१५, दाेस्राे सेटमा २५-१३ र तेस्राे सेटमा २५-१५ ले हराएको हाे । उपाधी संगै नगद १ लाख, ट्रफि र मेडल हात पारेकाे छ भने दाेस्राे स्थानमा चित्त बुझाएको नवलपरासीले नगद ६५ हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र हात पारेकाे छ । लुम्बिनी प्रदेशका १२ जिल्लाबाट सहभागी प्रतियोगितामा रुपन्देही तेस्राे र प्यूठान चाैथाे भएका हुन... - [लुम्बिनी प्रदेश मुख्यमन्त्री कप महिला भलिबलकाे उपाधी रुपन्देहीलाई](https://gharsanchar.com/details-news-14053/): घरसञ्चार दाङ । दाङमा जारी दाेस्राे मुख्यमन्त्री कप लुम्बिनी प्रदेश स्तरीय महिला भलिबल प्रतियाेगिताकाे उपाधी रुपन्देहीले हात पारेकाे छ । पाल्पालाइ ३-० काे साेझाे सेटमा पराजित गर्दै रुपन्देहीले मुख्यमन्त्री कप महिला भलिबल प्रतियोगिताकाे उपाधि हात पारेकाे हाे । रुपन्देहीले पहिलो सेटमा २५-१७, दाेस्राे सेटमा २५-१८ र तेस्राे सेटमा ३०-२८ ले पाल्पालाई हराएको हाे । उपाधी संगै नगद १ लाख, ट्रफि र मेडल हात पारेकाे छ भने दाेस्राे स्थानमा चित्त बुझाएको पाल्पाले नगद ६५ हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र हात पारेकाे छ । लुम्बिनी प्रदेशका १२ जिल्लाबाट सहभागी प्रतियोगितामा रुकुम पूर्व तेस्राे र बर्दिया चाैथाे स्थानमा रहेका छन । रुकुमले बर्दियालाई... - [अञ्जानमा कसैको जीवन जोगाउन गोरखा स्कुल लमहीमा रक्तदान कार्यक्रम](https://gharsanchar.com/details-news-14052-2/): घरसञ्चार दाङ, लमही । मानवता नै सबैभन्दा ठूलो धर्म हो भन्ने सन्देशलाई आत्मसात गर्दै गोरखा मोडेल सेकेण्डरी स्कुल लमहीका विद्यार्थी तथा शिक्षकहरुले जीवन बचाउने महान अभियान अन्तर्गत रक्तदान कार्यक्रमको आयोजना गरेका छन् । विद्यालय परिसरमै आयोजित उक्त कार्यक्रममा शिक्षक, विद्यार्थी तथा कर्मचारीहरुको उत्साहजनक सहभागिता देखिएको थियो । “रक्तदान जीवनदान” भन्ने मूल मन्त्रलाई व्यवहारमै उतार्दै उनीहरुले आफ्नो अमूल्य रगत दान गरेर अन्जानमै कसैको जीवन बचाउने पुण्य कार्य गरेका हुन् । कार्यक्रममा बिद्यालयका प्रिन्सिपल लोकमान रिजालले समाजमा रगतको अभाव भइरहेका बेला यस्ता अभियान अत्यन्तै आवश्यक रहेको बताए । पछिल्लो समय विभिन्न अस्पतालहरुमा रगत अभावका कारण बिरामीले ज्यान गुमाउनुपर्ने अवस्था समेत आउने गरेकोले... - [गढवामा सार्वजनिक सुनुवाइ: सेवा सुधार र विकासमा जोड](https://gharsanchar.com/details-news-14052/): आलोक भावुक गढवा ३२ असार । दाङ देउखुरीको गढवा गाउँपालिकाको सावैजनिक सुनुवाइ कार्यक्रम गढवा गाउँपालिका वडा नम्बर ६ गढवामा शुक्रबार सम्पन्न भएको छ । गाँउपालिकाले आर्थिक वर्ष २०८२/०८३ श्रावणदेखि चैत्र महिनासम्म गरेको कामको बारेमा जानकारी र नागरिकको गुनासो तथा सुझाव लिनका लागी सार्वजनिक सुनुवाई कार्यक्रम गरिएको गाउँपालिकाले जनाएको छ । सार्वजनिक सुनुवाई कार्यक्रममा गढवा गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्ण प्रसाद पौड्यालले पालिकाले आर्थिक वर्ष २०८२/०८३ वित्तीय प्रगति (आमदानी) प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो । सार्वजनिक सुनुवाई कार्यक्रममा आफ्नो गुनासो तथा सुझाव राख्दै संघ संस्था, राजनितीक दलका प्रतिनिधी तथा सेवाग्राही नागरिकहरुले गाउँपालिकाले प्रदान गर्दै आएको सेवामा थप प्रभावकारीता दिनुपर्ने, विकाश निर्माणका... - [डल तथा कुसन बनाउने तालिम सम्पन्न, उत्पादनको बजारीकरणमा वडाको प्रतिबद्धता](https://gharsanchar.com/details-news-14051/): घरसञ्चार देउखुरी । लमही नगरपालिका वडा नम्बर ७ को आर्थिक सहयोगमा सञ्चालन गरिएको १५ दिने डल तथा कुसन बनाउने तालिम सम्पन्न भएको छ । ग्लोबल कलेज अफ ईन्जिनियरिङ्ग टेक्नोलोजी प्राली को आयोजनामा सञ्चालन भएको उक्त तालिमले स्थानीय महिलाहरुमा सीप विकास गरी आत्मनिर्भर बन्ने आधार तयार गर्ने अपेक्षा गरिएको छ । आयोजक संस्थाका कार्यक्रम संयोजक विष्णु प्रसाद खनालको अध्यक्षता तथा वडा नम्बर ७ का वडाध्यक्ष मोहन गिरीको प्रमुख आतिथ्यतामा कार्यक्रम समापन गरिएको हो । वडा सदस्य उर्मिला चौधरीको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि मोहन गिरीले यस्ता सीपमूलक तालिमले स्थानीयस्तरमा रोजगारी सिर्जना गर्नुका साथै महिलाहरुको आर्थिक सशक्तीकरणमा महत्वपूर्ण योगदान... - [घाेराहीमा मुख्यमन्त्री कप भलिबल प्रतियोगिता सुरु, खेल पर्यटन प्रवर्द्धनमा याेगदान:मुख्यमन्त्री आचार्य](https://gharsanchar.com/details-news-14050/): घरसञ्चार दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले खेल पर्यटनको सम्भावना उच्च रहेको उल्लेख गर्दै अन्तर्राष्ट्रिय स्तरबाट पर्यटक भित्र्याउन खेल क्षेत्रले महत्वपूर्ण भूमिका खेलेको बताउनु भएको छ । प्रदेश खेलकुद परिषद् लुम्बिनी प्रदेशको आयोजनामा दाङकाे घाेराहीमा सुरु भएको मुख्यमन्त्री कप लुम्बिनी प्रदेश स्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता-२०८२ को उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले खेलाडीहरूको योगदानले प्रदेशको शिर उँचो बनाएको बताउनु भएको हाे । उहाँले खेलकुदले अनुशासन सिकाउने, व्यक्तिलाई आत्मअनुशासित बनाउने र राष्ट्रप्रति बफादार नागरिक तयार पार्ने माध्यम भएको उल्लेख गर्नुभएकाे छ । खेलकुदमार्फत युवालाई सही मार्गमा ल्याउन सकिने धारणा उहाँकाे छ । उहाँले खेलकुदकाे माध्यमबाट आर्थिक गतिविधि बढ्ने र स्वास्थ्य... - [लुम्बिनीमा मनाइयो सिँचाइ दिवस: जलवायु चुनौतीप्रति सचेत रहन मुख्यमन्त्रीको आग्रह](https://gharsanchar.com/details-news-14049/): घरसञ्चार दाङ । लुम्बिनी प्रदेशमा सिँचाइ दिवस २०८२ प्रभातफेरी तथा मूल समारोहका साथ मनाइएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको आयोजनामा सम्पन्न कार्यक्रममा मुख्यमन्त्री चेतनारायण आचार्यले सिँचाइ व्यवस्थापन र कृषि उत्पादनबीचको सम्बन्धलाई अझ प्रभावकारी बनाउन सरकारले ध्यान दिने बताउनुभएको छ । मुख्यमन्त्री आचार्यले जलवायु परिवर्तनका कारण नदी तथा खोलाहरु सुक्दै जानु र जमिन सुख्खा बन्दै जानु गम्भीर चुनौतीका रूपमा देखिएको उल्लेख गर्नुभयो । उत्पादनशील जमिन खण्डहर बन्न नदिन समयमै बहस, छलफल र ठोस योजना आवश्यक रहेको उहाँको भनाइ थियो ।‘नदिहरु सुक्दैजाँदा समस्या बढ्न सक्छ । अनुकुलनका योजनाहरुलाइ प्राथमिकता दिन जरुरी छ । जलाशयहरु निर्माण गरेर पानीको स्रोत संरक्षण गर्न... - [पुर्ब प्रधानमन्त्रि देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी](https://gharsanchar.com/details-news-14048/): घरसञ्चार काठमाण्डौ । पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा र उनकी पत्नीसमेत रहेकी पूर्वपरराष्ट्र मन्त्री आरजु राणा देउवाविरूद्ध पक्राउ पुर्जी जारी भएको छ । गृह मन्त्रालय स्रोतका अनुसार देउवा दम्पतीमाथि सम्पत्ति शुद्धीकरणसम्बन्धी अभियोगमा पक्राउ पुर्जी जारी भइसकेको छ । ‘उहाँहरूमाथि सम्पत्ति शुद्धीकरण अभियोगमा अदालतबाट पक्राउ पुर्जी लिइएको छ, यसबारे आवश्यक प्रक्रिया अघि बढेको छ,’ गृह मन्त्रालय स्रोतले भन्यो । गत भदौ २४ गते बूढानीलकण्ठस्थित देउवाको घरमा आगजनी भएको थियो । देउवा दम्पती घाइते भएका थिए । घरमा केही भाग जलेको अवस्थामा पैसा पनि भेटिएको भन्दै भिडिओहरू सार्वजनिक भएको थियो । देउवा दम्पती स्वास्थ्य उपचारको सिलसिलामा हङकङमा छन् । - [प्रजनन स्वास्थ्य शिविरले लमहीका महिलामा बढायो सचेतना र पहुँच](https://gharsanchar.com/details-news-14047/): घरसञ्चार देउखुरी, २५ चैत । लमही नगरपालिकाको आयोजना तथा केयर सिटी अस्पताल नेपालगञ्ज बाँकेको प्राविधिक सहयोगमा सञ्चालन भइरहेको प्रजनन स्वास्थ्यसम्बन्धी एकीकृत स्क्रिनिङ तथा व्यवस्थापन शिविरले स्थानीय महिलाहरूमा सकारात्मक प्रभाव पार्न थालेको छ । लमही नगरपालिका २ स्थित सोनपुर स्वास्थ्य चौकीमा जारी यस शिविरले विशेषगरी ग्रामीण क्षेत्रका महिलाहरूलाई सहज रूपमा स्वास्थ्य सेवा प्राप्त गर्ने महत्वपूर्ण अवसर प्रदान गरेको छ । शिविरमार्फत महिलाहरूले प्रजनन स्वास्थ्यसँग सम्बन्धित विभिन्न समस्याहरूको समयमै पहिचान, परामर्श तथा उपचार सेवा पाइरहेका छन् । सामान्यतया लाज, डर वा पर्याप्त जानकारीको अभावका कारण स्वास्थ्य संस्थासम्म पुग्न नसक्ने महिलाहरूका लागि यस्तो कार्यक्रम निकै प्रभावकारी बनेको स्थानीय सुकमतिदेवी चौधरीले बताउनुभयो । “यसले... - [गुरुकुल एकेडेमी लमहीको सफलता : कक्षा ८ मा शतप्रतिशत नतिजा सहित नगर प्रथम](https://gharsanchar.com/details-news-14046/): घरसञ्चार लमही, २४ चैत्र । दाङको लमहीस्थित गुरुकुल एकेडेमीले आधारभूत तह (कक्षा ८) को परीक्षामा शतप्रतिशत नतिजा सहित लमही नगरपालिकाभित्र प्रथम स्थान हासिल गरेको छ । विद्यालयका शैक्षिक निर्देशक विवेक देवकोटा ले जानकारी दिँदै गुरुकुलले छोटो समयमै शैक्षिक क्षेत्रमा उल्लेखनीय सफलता हासिल गरेको बताउनुभयो । लमही नगरपालिकाले आज सार्वजनिक गरेको नतिजाअनुसार गुरुकुल एकेडेमी नगरभित्र उत्कृष्ट विद्यालयका रूपमा स्थापित भएको हो । विद्यालय सञ्चालनको मात्र दोस्रो वर्षमै यस्तो उल्लेखनीय उपलब्धि हासिल गर्नु गुरुकुलका लागि ठूलो सफलता मानिएको छ । यसले विद्यालयको शैक्षिक गुणस्तर, अनुशासन र शिक्षण पद्धतिको प्रभावकारिता स्पष्ट रूपमा देखाएको छ । यस वर्ष कक्षा ८ को परीक्षामा विद्यालयबाट १२... - [राप्ती युवा हत्या प्रकरणमा एक युवती सहित तिनजना पक्राउ](https://gharsanchar.com/details-news-14045/): घरसञ्चार दाङ । देउखुरीकाे राप्ती गाउँपालिका वडा नम्बर ४,गाेलीनालामा बिहीबार राती एक युवककाे हत्यामा संलग्न एक युवती सहित ३ जना प्रकाउ परेका छन् । घटना भएकाे २४ घण्टा नबित्दै इलाका प्रहरी कार्यालय भालुवाङका कार्यालय प्रमुख प्रहरी निरीक्षक पुष्करसिंह ऐरी नेतृत्वकाे प्रहरी टाेलीले रातभर लगाएर ती ३ जना अभियुक्तलाई प्रकाउ गर्न सफल भएकाे हाे ।हत्यामा संलग्न भएकाे आराेपमा प्रहरीले दाङकाे बंगलाचुली निवासी बर्ष २० का संदिप वली, राप्ती गाउँपालिकाका बर्ष १८ काे निश्चल चाैधरी र राप्ती गाउँपालिका कै वर्ष १८ की आकृति बुढालाई पक्राउ गरेकाे जिल्ला प्रहरी कार्यालय दाङका निमित्त प्रबक्ता तथा प्रहरी निरीक्षक बाबुराम बस्नेतले जानकारी दिए । प्रहरीले घटना... - [गढवामा ६९ औं राष्ट्रिय सहकारी दिवस सम्पन्न](https://gharsanchar.com/details-news-14044/): आलोक भावुक गढवा, २० चैत्र । दाङ देउखुरीको गढवा गाउँपालिकामा ६९औं राष्ट्रिय सहकारी दिवस विविध कार्यक्रमका साथ सम्पन्न भएको छ । गढवा गाउँपालिकाको आर्थिक सहयोग तथा गाउँपालिका स्तरीय सहकारी सञ्जालको आयोजनामा वडा नं. ४ को वडा कार्यालय परिसरमा कार्यक्रम आयोजना गरिएको हो । गढवा गाउँपालिका स्तरीय सहकारी सञ्जालका अध्यक्ष बेगम बहादुर गहतराजको अध्यक्षता तथा गढवा गाउँपालिका उपाध्यक्ष शारदा कुमारी चौधरीको प्रमुख आतिथ्यता तथा सहकारी शाखा प्रमुख अशोक कुमार यादव विशिष्ट अतिथ्यमा सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि उपाध्यक्ष शारदाकुमारी चौधरीले सहकारी क्षेत्र ग्रामीण अर्थतन्त्र सुदृढीकरणको महत्वपूर्ण आधार भएको उल्लेख गर्नुभयो । उहाँले सहकारीमार्फत स्थानीय स्तरमै रोजगारी सिर्जना, बचत... - [सुन्दर च्छो रोल्पा : शब्दमा नअटाउने मीठो यात्राको अनुभूति](https://gharsanchar.com/details-news-14043/): लोकेश जोशी काठमाण्डौ । शहरको भीडभाड, कोलाहल, प्रदूषण, भागदौड अनि हतास- उफ् ! धुवाँधुलो र अनाहकको हतारबीच कहिलेकाहीँ मन रमाउन शान्त ठाउँ चाहिदो रहेछ, जहाँ शब्दभन्दा अनुभूति ठूलो होस् र गन्तव्यभन्दा यात्राको मिठास अझ धेरै होस् । त्यही अनुभूति खोजिरहने मन भुलाउन कतै जान पाए हुन्थ्यो भन्ने लागिरहेको थियो । साथीभाइसँग सल्लाह गरेँ अनि बन्यो ट्रेकिङको योजना । काठमाडौंमै रहेका हामी ५ जना चैत ६ गते बिहान ७ बजे तीनवटा बाइकमा सवार भएर (३ जना दिदीबहिनीसहित हामी २ जना भाइ) जोडिँदै गन्तव्यतर्फ यात्रा शुरू गर्‍यौं । गन्तव्य थियो- च्छो रोल्पा ताल । धुलिखेलतर्फको बाटो धुलाम्मे थियो । हावासँगै उडेको धुलोले... - [प्रत्येक नागरिकको आवाज सुन्नमा प्रहरी प्रतिबद्ध छ : आईजीपी कार्की](https://gharsanchar.com/details-news-14042/): घरसञ्चार दाङ । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले प्रत्येक नागरिकको आवाज सुन्ने र पीडितमैत्री सेवा प्रवाहलाई सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । देउखुरीको गढवा गाउँपालिका–६ स्थित इलाका प्रहरी कार्यालय परिसरमा नवनिर्मित महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र भवनको उद्घाटन गर्दै उनले यस्तो धारणा राखेका हुन । बेलायत सरकारको सहयोग तथा युएनओपीएस (UNOPS) को सहकार्यमा निर्माण गरिएको उक्त भवनले विशेषगरी संवेदनशील प्रकृतिका मुद्दाहरूमा पीडितलाई सुरक्षित, सहज र सम्मानजनक वातावरणमा सेवा प्रदान गर्ने लक्ष्य राखिएको छ । उद्घाटन समारोहलाई सम्बोधन गर्दै आईजीपी कार्कीले नयाँ संरचनाले न्यायमा पहुँचलाई सहज बनाउनुका साथै सेवाको गुणस्तरमा समेत उल्लेखनीय सुधार ल्याउने विश्वास व्यक्त... - [देउखुरीमा बोलेरोको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु](https://gharsanchar.com/details-news-14041/): घरसञ्चार दाङ । लमही नगरपालिका ७ बनघुस्रीस्थित पूर्व पश्चिम राजमार्गमा गयराति बोलेरोको ठक्कबाट मोटरसाईकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा लमही नगरपालिका -६ बस्ने वर्ष ५५ का समुन्दर चौधरी रहेका छन । जिल्ला प्रहरी कार्यालय दाङको जानकारी अनुसार नारायणघाटबाट सुर्खेततर्फ जाँदै गरेको ग ३ च ४७७० नम्बरको बोलेरो पिकअप र पश्चिमबाट पुर्ब दिशातर्फ आउँदै गरेको रा १ प ९६७८ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो । दुर्घटनामा मोटरसाइकल चालक गम्भीर घाइते भएका थिए । उनलाई तत्काल उपचारका लागि लमही अस्पताल पठाइएकोमा चिकित्सकले राति ११:५५ बजे मृत घोषणा गरेका थिए । बोलेरो पिकअप जिल्ला स्याङ्जा गल्याङ नगरपालिका ११ जिमुवाका... - [महिला सामुदायिक भवन उद्घाटन, सशक्तीकरणमा टेवा पुग्ने विश्वास](https://gharsanchar.com/4818-2/): घरसञ्चार देउखुरी । लमही नगरपालिका वडा नं. ७ अन्तर्गत जनकपुरमा निर्माण गरिएको “मिलिजुली महिला सामुदायिक भवन” एक कार्यक्रमका बीच उद्घाटन गरिएको छ । भवनको उद्घाटन गर्दै लमही नगरपालिकाकी उपप्रमुख लक्ष्मी योगीले यस्ता संरचनाले महिला सशक्तीकरण र सामुदायिक विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो । उपप्रमुख योगीले “जनतासँग उपमेयर” कार्यक्रममार्फत समुदायको आवश्यकता पहिचान गरी योजनाहरू अगाडि बढाइएको उल्लेख गर्नुभयो । उहाँले स्थानीय तहको लगानीले दिगो विकासमा टेवा पुग्ने बताउँदै महिलाहरूलाई सामाजिक, आर्थिक तथा सीपमूलक गतिविधिमा सक्रिय बनाउन सामुदायिक भवन प्रभावकारी माध्यम बन्ने धारणा राख्नुभयो । “महिलालाई आत्मनिर्भर र सशक्त बनाउने अभियानमा यस्ता पूर्वाधारले आधार तयार गर्छ,” उहाँले भन्नुभयो । उहाँले... - [लुम्बिनीबाट एसईईमा ८९ हजार विद्यार्थी सहभागी हुँदै, निर्धक्क भएर परीक्षा दिन मुख्यमन्त्रिको आग्रह](https://gharsanchar.com/details-news-14039/): घरसञ्चार दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आजबाट सुरु हुन थालेको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ मा सहभागी सम्पूर्ण परीक्षार्थीहरुलाई डर, त्रासविना उच्च मनोबलका साथ परीक्षा दिन आग्रह गर्दै सफलताको शुभकामना व्यक्त गरेका छन् । मुख्यमन्त्री आचार्यले परीक्षा स्वच्छ, निष्पक्ष र व्यवस्थित बनाउन सबै पक्षको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्दै स्थानीय प्रशासन, स्थानीय तह, अभिभावक, विद्यालय व्यवस्थापन समिति, शिक्षक, पत्रकार तथा नागरिक समाजलाई आवश्यक सहयोग गर्न अपिल गरेका हुन । यसवर्ष लुम्बिनी प्रदेशबाट नियमित (साधारण तथा प्राविधिक धार) तर्फ ७२ हजार ८० जना र ग्रेडवृद्धि तर्फ १६ हजार ९ सय ३७ जना गरी कूल ८९ हजार १७ जना परीक्षार्थी... - [केसीको निधनप्रति नेपाली काँग्रेस ७ नम्बर वडा समितीद्वारा शोक सभा सम्पन्न](https://gharsanchar.com/details-news-14036/): घरसञ्चार देउखुरी । ७६ वर्षको उमेरमा डिल्लि बहादुर केसी (खनाल) को निधन भएको छ । उनको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै नेपाली काँग्रेस लमही नगरपालिका–७ नम्बर वडा समितिले एक शोक सभा आयोजना गरी श्रद्धाञ्जली अर्पण गरेको छ । वडा सभापति सालिकराम चौधरीको अध्यक्षता तथा नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि मोहन गिरीको प्रमुख आतिथ्यतामा शोकसभा भएको हो । शोक सभाका प्रमुख अतिथि मोहन गिरीले स्वर्गीय डिल्लि बहादुर केसी (खनाल) प्रति श्रद्धाञ्जली व्यक्त गर्दै उनको निधनले पार्टी र समाजले एक अनुभवी, इमानदार तथा समर्पित व्यक्तित्व गुमाएको बताएका छन् । उनले केसी लामो समयदेखि नेपाली काँग्रेसको संगठन विस्तार, जनताको सेवामा सक्रिय र निष्ठावान कार्यकर्ता... - ['वडाध्यक्ष कप फुटबल' प्रतियोगिताको उपाधी कमानपुर युवा क्लबलाई](https://gharsanchar.com/details-news-14035/): घरसञ्चार देउखुरी । वडाध्यक्ष कप फुटबल प्रतियोगिता अन्तर्गत लमही नगरपालिका वडा नम्बर ७ मा जारी प्रतियोगिता सम्पन्न भएको छ । प्रतिस्पर्धात्मक खेलहरुका बीच कमानपुर युवा क्लबले उत्कृष्ट प्रदर्शन गर्दै उपाधि जित्न सफल भएको हो । फाइनल खेलमा कमानपुर युवा क्लब र नवज्योती युवा क्लबबीच रोमाञ्चक प्रतिस्पर्धा भएको थियो । खेलको सुरुवातमै नवज्योती युवा क्लबले अग्रता लिँदै पहिलो गोल गरेको थियो । तर त्यसपछि खेलमा कमानपुर युवा क्लबले प्रभावशाली पुनरागमन गर्दै लगातार तीन गोल गर्न सफल भयो । अन्ततः कमानपुरले नवज्योतीलाई ३–१ गोल अन्तरले पराजित गर्दै उपाधि आफ्नो पक्षमा पार्यो । उपाधि विजेता कमानपुर युवा क्लबले नगद ४० हजार रुपैयाँ (करकट्टी... - [भालुवाङ अस्पताललाई ३८ लाखका अत्याधुनिक स्वास्थ्य उपकरण हस्तान्तरण](https://gharsanchar.com/details-news-14034/): भिसुन शाही दाङ, चैत ९ । भालुवाङस्थित भालुवाङ अस्पताललाई लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ एन र ३२५ पीको सहयोगमा करिब ३८ लाख रुपैयाँ बराबरका दुई अत्याधुनिक स्वास्थ्य उपकरण हस्तान्तरण गरिएको छ । सोमबार अस्पताल परिसरमा आयोजित एक कार्यक्रमका बीच फुल्ली अटोमेटिक एनालाइजर र लुमिनेसेन्स इम्युनोअसे (थाइराइड तथा हर्मोन परीक्षण) मेसिन अस्पताललाई प्रदान गरिएको हो । यी उपकरणहरू जडान भएसँगै अब रगतसम्बन्धी विभिन्न जाँचहरू छिटो, सटीक र प्रभावकारी रूपमा गर्न सकिनेछ । फुल्ली अटो मेटिक एनालाइजरबाट ब्लड सुगर, किड्नी फङ्सन (क्रिएटिनिन, युरिया), लिभर फङ्सन, कोलेस्ट्रोल लगायतका परीक्षणहरू गर्न सकिन्छ भने लुमिनेसेन्स इम्युनोअसे मेसिनबाट थाइराइड (TSH, T3, T4), HbA1c, विभिन्न हर्मोन, भाइरस सम्बन्धी... - [पाल्पा-१ मा नेपाली काँग्रेसबाट निर्बाचित साँसद रानालाई दाङको भालुबाङमा स्वागत](https://gharsanchar.com/details-news-14032/): भिसुन शाही दाङ । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा नेपाली काँग्रेसका तर्फबाट पाल्पा क्षेत्र नं. १ मा निर्वाचित सांसद सन्दिप रानालाई दाङको भालुबाङमा स्वागत गरिएको छ । राप्ती गाउँपालिका–३ का वडा अध्यक्ष उमेश अधिकारीले सांसद रानालाई खादा तथा फूलमालासहित स्वागत गरेका थिए । कार्यक्रममा स्थानीय युवा तथा नेपाली कांग्रेससम्बद्ध कार्यकर्ताहरूको उल्लेखनीय सहभागिता रहेको थियो । साथै, वडा नम्बर १ का नेपाली कांग्रेस वडा सभापति पदम पुन झाँक्री मगर र वडा प्रतिनिधिहरूको उपस्थितिमा सांसद रानालाई स्वागत गरिएको हो । स्वागत कार्यक्रममा वक्ताहरूले रानाको विजयले लोकतान्त्रिक शक्तिलाई थप मजबुत बनाएको उल्लेख गर्दै जनताको अपेक्षा अनुरूप विकास र सुशासनका क्षेत्रमा... - [नेपाल-भारत होली मिलन कार्यक्रम सम्पन्न‘दुई देशबिचको मित्रता अझ सुदृढ हुने विश्वास’](https://gharsanchar.com/details-news-14031/): शिवु खनाल भारत (तुलसिपुर) १ चैत्र । भारत-नेपाल मैत्री समिति राष्ट्रिय स्वयंसेवक संघ जिला बलरामपुरका जिला संचालक अभिमन्यु जीले नेपाल-भारतबीचको सम्बन्ध केवल छिमेकीको मात्र नभई संस्कार, संस्कृति र भावनाले जोडिएको बताए । उनले होली मिलन जस्ता कार्यक्रमले हाम्रो मित्रतालाई अझ बलियो बनाएर लैजाने बताउँदै, होली जस्ता सांस्कृतिक पर्वले नेपाल–भारतबीचको सम्बन्धलाई अझ गाढा बनाउने बताए । उनले यस्ता कार्यक्रमले दुई देशका नागरिकबीचको आपसी समझदारी, मित्रता र भाइचारालाई थप मजबुत बनाउने विश्वास व्यक्त गरे । नेपाल–भारतबीचको सांस्कृतिक तथा सामाजिक सम्बन्धलाई अझ सुदृढ बनाउने उद्देश्यले होली मिलन कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ । शनिबार भारत–नेपाल मैत्री समिति राष्ट्रिय स्वयंसेवक संघ जिला बलरामपुरले... - [दाङ निर्वाचन-१ को मतगणना तयारी पूरा](https://gharsanchar.com/details-news-14030/): शिवु खनाल देउखुरी, २० फागुन । फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि दाङ निर्वाचन क्षेत्र नम्बर १ को मतगणना तयारी पूरा गरिएको छ । मतगणनाका लागि लमहीस्थित लमही नगरपालिकाको कार्यालय भवनको तेस्रो तल्लामा स्थान तय गरिएको छ । मतगणना कार्य सुरक्षित र व्यवस्थित रूपमा सञ्चालन गर्न आवश्यक सम्पूर्ण तयारी पूरा गरिएको दाङ निर्वाचन क्षेत्र नम्बर १ का निर्वाचन अधिकृत कृष्ण प्रसाल नेपालले जानकारी दिनुभयो । मतगणना स्थलमा सुरक्षा व्यवस्था कडा पारिएको छ । प्रवेश स्थल वरिपरि तारजाली लगाएर व्यवस्थित बनाइएको छ । मतगणना कार्य निर्वाचन सम्पन्न भएपछि निर्धारित समयअनुसार सुरु गरिने दाङ निर्वाचन क्षेत्र नम्बर १ का... - [लमहीका अधिकांस मेडिकल तथा अस्पतालमा म्याद गुज्रेका औषधी](https://gharsanchar.com/details-news-14029/): शिबु खनाल देउखुरी । देउखुरीको लमही नगरपालिका क्षेत्रमा रहेका अधिकांश औषधि पसलमा म्याद गुज्रेका औषधि फेला परेको छ । लमही नगरपालिका उपभोक्ता हित संरक्षण शाखा, देउखुरी उद्योग बाणिज्य संघ लमही, चेम्बर अफ कमर्स लमही, पत्रकार र वडा प्रहरी कार्यालय लमही र नगर प्रहरीको संयुक्त अनुगमन टोलीले शुक्रवार लमहीका विभिन्न मेडिकलबाट म्याद सकिएका औषधिहरू बरामद गरेको हो । नगरपालिका उपभोक्ता हित संरक्षण शाखाले नगर क्षेत्रका ११ वटा औषधि पसल, प्याथोलोजी, क्लिनिक, आयुर्वेद उपचार केन्द्रहरूमा अनुगमन गरेको थियो । अनुगमनका क्रममा अधिकांश पसलहरूमा म्याद गुज्रिएका औषधि फेला परेको हो । लमही नगरपालिका वडा नं. ५ स्थित तुलसी सेटलाइट अस्पतालको फार्मेसी भित्रबाट सबैभन्दा... - [एक्लोपनको लामो रात (कबिता)](https://gharsanchar.com/details-news-14027-4/): रातहरू अबघडीले होइन,यादहरूले गन्न थाल्योसेकेन्ड सेकेन्डमाकुनै पुरानो आवाजमनभित्र ठोक्किन्छ । झ्यालबाहिर शहर बाँचिरहेको छ,बत्तीहरू झिलिमिली छन्,तर मेरो कोठाभित्रअँध्यारोले आफ्नै घर बनाइसकेको छ । हिजो जसलाई“आफ्नो” भन्थेँ,आज तिनै सम्झनाहरूसबैभन्दा भारी भएका छन्न त फ्याँक्न मिल्छ,न त सम्हाल्न सकिन्छमनले धेरै कुरा भन्न खोज्छ,तर शब्दहरूघाँटीमै मरेर जान्छन्आँखा रसाउँछन्,तर आँसु झर्दैनन्सायद थाकिसकेंरोइरहनु पनि कति ? भीडमा हुँदाएक्लोपन झन् चर्किन्छ,किनकि सबैसँगकेही न केही छ कोही न कोही छ,र मसँगकेवल खाली हात न कसैको साथ । कहिलेकाहीँ लाग्छ,यदि म हराएँ भनेकसैले याद गर्ला ?कि संसारयत्तिकै अघि बढ्लाम कहिल्यै थिएनजस्तै गरेर ? रात गहिरिँदै जाँदामन आफैंसँग झगडा गर्छ“किन अझै बाँचेको ?”तर जवाफमाकेवल सासको आवाजबाँकी रहन्छ । एक्लोपन... - [लमहीमा जारी महोत्सवको म्याद पाँच दिन थप, २५ गते समापन हुने](https://gharsanchar.com/details-news-14027-3/): घरसञ्चार देउखुरी । लमहीमा सञ्चालन भइरहेको तेस्रो कृषि, उद्योग, पर्यटन तथा व्यापारिक महोत्सवको अवधि पाँच दिन थप गरिएको छ । यसअघि माघ २० गतेसम्म सञ्चालनका लागि स्वीकृति पाएको महोत्सव अब माघ २५ गतेसम्म सञ्चालन हुने भएको हो । मौसम प्रतिकूलताका कारण महोत्सव सञ्चालन अवधिमै केही दिन बन्द गर्नुपरेपछि आयोजकको आग्रहमा लमही नगरपालिका र जिल्ला प्रशासन कार्यालय दाङले महोत्सव अवधि थपको स्वीकृति दिएको हो । बीचमै महोत्सव बन्द हुँदा व्यवसायी, दर्शक तथा सहभागीहरू प्रभावित भएपछि सबै पक्षको हितलाई ध्यानमा राख्दै म्याद थप गरिएको जनाइएको छ । आयोजक संस्था लमही चेम्बर अफ कमर्सका अध्यक्ष किरण कुमार बुढाथोकीले प्रतिकूल मौसमका कारण महोत्सव अपेक्षित... - [मौसम प्रतिकूलताका कारण बुधवार लमही महोत्सव नचल्ने](https://gharsanchar.com/details-news-14027-2/): घरसञ्चार देउखुरी । लगातारको वर्षा तथा मौसम प्रतिकूलताका कारण दाङको लमहीमा सञ्चालन भइरहेको लमही महोत्सव बुधवार एक दिनका लागि नचल्ने भएको छ । महोत्सव स्थलमा निर्माण कार्य तथा पानी सुकाउने काम भइरहेकाले बुधवार महोत्सव सञ्चालन गर्न नसकिएको आयोजकले जनाएको छ । लमही चेम्बर अफ कमर्सको आयोजनामा सञ्चालन भइरहेको उक्त महोत्सवमा वर्षाका कारण स्टल क्षेत्र, मञ्च तथा दर्शक बस्ने स्थानहरूमा पानी जमेको थियो । सो पानी हटाउने, स्थल सुकाउने तथा अस्थायी संरचनाहरूको मर्मत तथा व्यवस्थापन कार्य भइरहेकाले बुधवारका सबै कार्यक्रम रोकिएको चेम्बर अफ कमर्सका अध्यक्ष किरण कुमार बुढाथोकीले जानकारी दिए । अध्यक्ष बुढाथोकीका अनुसार दर्शक, व्यापारी तथा कलाकारहरूको सुरक्षालाई मध्यनजर गर्दै... - [बनघुश्री-हसनापुर खानेपानी आयोजना सम्पन्न पश्चात् समितीलाई हस्तान्त्रण](https://gharsanchar.com/details-news-14027/): टेकबहादुर पुन देउखुरी । लुम्बिनी प्रदेश सरकारअन्तर्गत सहरी विकास तथा खानेपानी मन्त्रालयको मातहतमा रहेको खानेपानी तथा सरसफाइ कार्यालय दाङद्वारा सञ्चालित बनघुश्री-हसनापुर खानेपानी तथा सरसफाइ आयोजना सम्पन्न भई उपभोक्ता समितिलाई स्वामित्वपत्र (लालपुर्जा) हस्तान्तरण गरिएको छ । लमही नगरपालिका-७ हसनापुरमा सञ्चालित उक्त आयोजना आर्थिक वर्ष २०७६/०७७ मा सुरु भई २०८१/०८२ मा सम्पन्न भएको हो । आयोजनाबाट ५७५ जनसंख्या लाभान्वित भएका छन् भने ११० घरधुरीमा स्वच्छ खानेपानीको पहुँच पुगेको छ । आयोजनाको कुल लागत अनुमान २ करोड १९ लाख १७ हजार ६ सय १२ रुपैयाँ रहेकोमा १ करोड ८८ लाख ८३ हजार ५ सय ८० रुपैयाँ खर्च भएको छ । लागतमा प्रदेश सरकारबाट... - [जय महाकाल युवा समूहद्वारा दाङ लमही महोत्सवमा निःशुल्क जलपान सेवा](https://gharsanchar.com/details-news-14026/): घरसञ्चार देउखुरी । सामाजिक सेवामा सक्रिय रहँदै आएको जय महाकाल युवा समूहले लमहीमा सञ्चालन भइरहेको महोत्सवमा सर्वसाधारणका लागि निःशुल्क जलपान सेवा उपलब्ध गराएको छ । महोत्सव अवधिभर समूहले चिया तथा पानी निःशुल्क वितरण गर्दै सेवामूलक अभियानलाई निरन्तरता दिएको हो । लमहीको जैविक विविधता पार्कमा आयोजना भइरहेको महोत्सवमा आउने दर्शक, आगन्तुक तथा श्रमिकहरूलाई लक्षित गर्दै समूहले सेवा सञ्चालन गरेको जनाएको छ । महोत्सवमा लामो समयसम्म घुमफिर गर्ने सर्वसाधारणलाई सामान्य राहत प्रदान गर्ने उद्देश्यले निःशुल्क चिया–पानीको व्यवस्था गरिएको समूहले जनाएको छ । यसअघि पनि जय महाकाल युवा समूहले विभिन्न धार्मिक तथा सामाजिक कार्यक्रममा उल्लेखनीय योगदान दिँदै आएको छ । हालै सम्पन्न बगारबाबा... - [नेपाल तरुण दल दाङको बैठक-संगठन सुदृढीकरण र निर्वाचन तयारीमा जोड](https://gharsanchar.com/details-news-14025/): घरसञ्चार दाङ । नेपाल तरुण दल दाङ जिल्ला समितिको बैठक घोराहीमा सम्पन्न भएको छ । जिल्ला अध्यक्ष टीका घर्तीको अध्यक्षतामा सम्पन्न बैठकले संगठन सुदृढीकरण, क्षेत्रगत विस्तार तथा आगामी निर्वाचनलाई लक्षित कार्यदिशालाई केन्द्रमा राख्दै विभिन्न महत्वपूर्ण निर्णयहरू पारित गरेको छ । बैठकमा जिल्लाभर संगठनलाई थप मजबुत, अनुशासित र जनमुखी बनाउने विषयमा गहन छलफल भएको थियो । सो क्रममा क्षेत्रगत संगठन विस्तार, जिम्मेवारी बाँडफाँड, सदस्यता अनुमोदन तथा निर्वाचन केन्द्रित रणनीतिहरू तय गरिएको छ । संगठनलाई स्थानीय तहसम्म प्रभावकारी रूपमा विस्तार गर्ने उद्देश्यसहित संरचनागत सुधारमा जोड दिइएको बैठकले जनाएको छ । बैठकको निर्णयअनुसार क्षेत्रगत संगठनलाई थप सक्रिय बनाउने उद्देश्यले संयोजक, सह–संयोजक तथा सदस्यहरूको... - [समय कृषि सहकारीले दियो भालुबाङ अस्पताललाई १ लाख बराबरको उपकरण](https://gharsanchar.com/details-news-13027/): भिसुन् शाही भालुबाङ । समय बचत तथा कृषि सहकारी संस्था, भालुबाङले भालुबाङ अस्पताललाई करिब १ लाख रुपैयाँ बराबरका स्वास्थ्य तथा प्रयोगशाला उपकरणहरू सहयोग गरेको छ। अस्पतालको सेवा प्रवाहलाई थप प्रभावकारी, गुणस्तरीय र प्रविधिमैत्री बनाउने उद्देश्यले सहकारी संस्थाले आवश्यक उपकरणहरू हस्तान्तरण गरेको हो । सहयोगस्वरूप रक्तचाप नाप्ने सेट, पिपेट, टेस्ट ट्युब, ब्लड ग्रुपिङ किट, एचआईभी, एचसिभी, सिफिलिस, एचबिएजी परीक्षण किट, हट एयर ओभन, टर्निकेट, डिमर लगायतका महत्वपूर्ण उपकरणहरू प्रदान गरिएको अस्पतालले जनाएको छ । यी सामग्रीहरू अस्पतालको प्रयोगशाला तथा ओपीडी सेवामा प्रयोग गरिनेछन् । उपकरण हस्तान्तरण कार्यक्रम भालुबाङ अस्पतालका प्रमुख डा. आकाश बेलबासीको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा बोल्दै अध्यक्ष... - [राजपुरमा संस्थागत विद्यालयको समन्वय समिति गठन](https://gharsanchar.com/details-news-13026/): श्रवण कुमार यादव देउखुरी । राजपुर गाउँपालिका क्षेत्रभित्र सञ्चालित निजी (संस्थागत) विद्यालयहरूको बैठक राजपुर हिमालय इङ्गलिस बोर्डिङ स्कुल, चङ्गुवा मा सम्पन्न भएको छ । बैठकमा व्यापक छलफलपछि टोपेन्द्र खनालको अध्यक्षतामा “संस्थागत विद्यालय समन्वय समिति राजपुर” गठन गरिएको छ । गठित समितिको सचिवमा युवराज के.सी., कोषाध्यक्षमा उमा भण्डारी र सदस्यमा उमाकान्त यादव चयन भएका छन् । यसैगरी बैठकले चारवटा महत्वपूर्ण निर्णयहरू पारित गरेको छ । पारित निर्णयअनुसार आगामी शैक्षिक सत्र २०८३ का लागि शुल्क एकरूपता सहजीकरण तथा शैक्षिक क्यालेन्डर निर्माण गर्न उमाकान्त यादवको संयोजकत्वमा उपसमिति गठन गरिएको छ । उपसमितिमा टोपेन्द्र खनाल, रितुकल सारु मगर र उमा भण्डारी सदस्य रहेका छन्... - [संघर्षबाट सुरक्षासम्म : एकल महिला चौधरीको जीवनमा नया आयाम](https://gharsanchar.com/details-news-13025/): टेकबहादुर पुन देउखुरी । राजपुर गाउँपालिका वडा नम्बर २ पश्चिम गैरा निवासी ४१ वर्षीया एकल महिला कैलाशपती चौधरीको परिवारका लागि नयाँ पक्की घर निर्माण गरी गृहप्रवेश कार्यक्रम सम्पन्न भएको छ । ग्रामीण महिला उत्थान केन्द्र दाङको आर्थिक सहयोग र राजपुर गाउँपालिकाको सहकार्यमा निर्माण गरिएको उक्त घर एकल तथा अति विपन्न महिलाका लागि सुरक्षित आवासको उदाहरण बनेको छ । घर निर्माणका लागि ग्रामीण महिला उत्थान केन्द्र दाङबाट ४ लाख २५ हजार रुपैयाँ र राजपुर गाउँपालिकाबाट १ लाख ५० हजार रुपैयाँ सहयोग गरिएको थियो । संयुक्त लगानीमा दुई कोठा र बाथरुम सहितको पक्की घर निर्माण सम्पन्न भएपछि कैलाशपती चौधरीको परिवारले लामो समयपछि... - [माघ ७ गतेदेखि लमहीमा तेस्रो कृषि, उद्योग, पर्यटन तथा व्यापारिक महोत्सव हुने](https://gharsanchar.com/details-news-13024-2/): घरसञ्चार देउखुरी । स्वरोजगार, आत्मनिर्भरता र स्थानीय उत्पादनको प्रवर्द्धनलाई मुख्य उद्देश्यका साथ लमहीमा कृषि, उद्योग, पर्यटन तथा व्यापारिक महोत्सव सञ्चालन हुने भएको छ । लमही नगरपालिका वडा नम्बर ५ स्थित अजम्मरी सामुदायिक वन उपभोक्ता समूहद्वारा सञ्चालित जैविक विविधता ग्रिन पार्कमा माघ ७ गतेदेखि १६ गतेसम्म महोत्सव सञ्चालन हुने भएको हो । सोमबार लमहीमा आयोजित पत्रकार सम्मेलनमार्फत चेम्बर अफ कमर्स लमहीका अध्यक्ष किरण कुमार बुढाथोकीले महोत्सवको औपचारिक जानकारी दिएका हुन । उनका अनुसार कृषि, पर्यटन, उद्योग तथा व्यापारिक क्षेत्रको विकास र विस्तारलाई टेवा पुर्‍याउने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको हो । महोत्सवमार्फत स्थानीय उत्पादनको प्रवर्द्धन, बजारीकरण र उपभोक्तासँग प्रत्यक्ष सम्पर्क स्थापित... - [गढवा गाउँपालिकाको १८ औं गाउँसभा तथा हिउँदे अधिवेशन सुरु](https://gharsanchar.com/details-news-13024/): आलोक भावुक गढवा, २७ पुष । दाङको गढवा गाउँपालिकाको १८ औँ गाउँसभा तथा हिँदे अधिवेशन आईतबारदेखी शुरु भएको छ । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १९ तथा लुम्बिनी प्रदेशको गाउँ सभा/नगर सभाको (कार्य सञ्चालन) कार्यविधि ऐन, २०७६ को दफा ३(१) बमोजिम अधिवेशन शुरु भएको हो । गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको अध्यक्षतामा भएको पहिलो बैठकमा सार्वजनिक महत्वका ५ वटा विधेयक पेश गरिएको छ । अध्यक्ष पोख्रेलले गाउँपालिकाको महत्वपूर्ण ५ विधेयकहरु प्रस्तुत गरेका हुन । गढवा गाउँपालिकाको खानेपानी तथा सरसफाई व्यवस्थापन विधेयक- २०८२, गढवा गाउँपालिकाको भूमि विधेयक- २०८२, गढवा गाउँपालिकाको आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व विधेयक-२०८२, गढवा गाउँपालिकाको विज्ञापन... - [देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा बृहत् सरसफाई, मैदानको रूप फेरियो](https://gharsanchar.com/details-news-13023/): टेकबहादुर पुन देउखुरी । लमहीस्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई बृहत् सरसफाई गरिएको छ । लामो समयदेखि झार-जंगलले ढाकिँदै जाँदा अस्तव्यस्त देखिएको क्रिकेट मैदान सरसफाईपछि पुनः सुन्दर र आकर्षक बनेको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेल गतिविधिका लागि महत्वपूर्ण मानिने उक्त रंगशालालाई सफा, व्यवस्थित र खेलमैत्री बनाउने उद्देश्यले बृहत् सरसफाई कार्यक्रम आयोजना गरिएको हो । सरसफाई कार्यक्रममा वडा प्रहरी कार्यालय लमही, सशस्त्र प्रहरी बेस क्याम्प अर्जुनखोला, लमही चेम्बर अफ कमर्स, देउखुरी उद्योग वाणिज्य संघ, रातोडाँडा,लमही टोल विकास संस्था, जेन-जी समूह, देउखुरी क्रिकेट क्लब, द ब्रिफ गोरखा ट्रेनिङ सेन्टर, कर्मचारी, जनप्रतिनिधि, क्रिकेट संघ दाङ, क्रिकेटप्रेमी तथा स्थानीय सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको थियो... - [नेपाल उद्यान महासंघकाे अधिवेशन, दाङबाट तिनजना केन्द्रीय सदस्यमा निर्वाचित](https://gharsanchar.com/details-news-13022-2/): शिवु खनाल बुटवल, २६ पुस । नेपाल उद्यान महासंघकाकाे प्रथम अधिवेशनबाट दाङका तिनजना केन्द्रीय सदस्यमा सर्वसम्मत रूपमा निर्वाचित हुनुभएको छ । नेपाल उद्यान महासंघकाे पुस २५ र २६ बुटवलमा भएको प्रथम राष्ट्रिय अधिवेशनमा अजम्मरी सामुदायिक वन उपभोक्ता समूह लमहीद्वारा सञ्चालित जैविक विविधता ग्रीन पार्कको नेतृत्व गर्दै अधिवेशनमा सहभागी हुनु भएका सामुदायिक वनका अध्यक्ष पवन शर्मा रिजाल उद्यान महासंघको केन्द्रीय सदस्यमा सर्वसम्मत रूपमा निर्वाचित हुनुभएको हाे । त्यसैगरी अधिवेशनबाट दाङबाट राप्ती शान्ति उद्यानका अध्यक्ष डिल्ली राज भण्डारी, पाण्डवेश्वर धारपानिका सचिव तथा संस्थापक सदस्य विष्णु राम आचार्य सर्वसम्मत रूपमा निर्वाचित हुनु भएकाे हाे । नेपाल उद्यान महासंघका अध्यक्ष खेम प्रसाद लुइँटेलकाे अध्यक्षता... - [होटल ब्यबसायी समिती लमहीको अधिबेशन, अध्यक्षमा पाण्डे निर्बाचित](https://gharsanchar.com/details-news-13022/): टेकबहादुर पुन देउखुरी । होटल व्यवसायी समिति लमहीको तेस्रो वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशन लमहीमा सम्पन्न भएको छ । अधिबेसनले हिमन्त प्रसाद पाण्डेको नेतृत्वमा नया कार्यसमिती चयन गरेको छ । त्यस्तै, उपाध्यक्षमा नरेन्द्र वहादुर बस्नेत र बाबुराम खनाल पर्यटन उपाध्यक्ष बनेका छन् । महिला उपाध्यक्षमा पार्बता केसी, सचिवमा राजेन्द्र पाण्डेय, कोषाध्यक्षमा श्याम बहादुर कुँवर, सहसचिबमा साबित्रा बन्जाडे चयन भएका हुन । कार्यसमितिका सदस्यहरूमा धना बुढा मगर, अनिता खनाल, बिष्णुमाया भुसाल, पदम प्रसाद पौडेल, प्रेम प्रसाद खनाल, दिपेन्द्र जैसवाल, बाम प्रसाद ढकाल, युवराज पौडेल, चोपलाल भट्टराई, नारायणी ढकाल र चिन्ताराम चौधरी चयन भएको निर्बाचन मण्डलका संयोजक हरि बहादुर थापाले जानकारी... - [प्याब्सनको ३५ औं स्थापना दिवसमा गढवा गौशालालाई सहयोग](https://gharsanchar.com/details-news-13021/): आलोक भावुक गढवा । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) गढवाले आफ्नो ३५ औं स्थापना दिवसको अवसरमा गढवा गौशाला तथा स्थानीय प्रजातिको गाई संरक्षण केन्द्रलाई आवश्यक सामग्री सहयोग गरेको छ । मंगलबार प्याब्सन गढवाका अध्यक्ष विकास रजौरेको नेतृत्वमा गढवा गाउँपालिका-६ मनिकापुरस्थित गौशाला तथा स्थानीय प्रजातिको गाई संरक्षण केन्द्रमा पुगेर गौ माताको संरक्षण तथा सेवा गर्ने उद्देश्यसहित आवश्यक सामग्री वितरण गरिएको हो । प्याब्सन गढवाले ३ हजार ८ सय २५ रुपैयाँ बराबरको ८५ किलो ब्रान, ८ सय ५० रुपैयाँको ५० किलो कालो नुन र २ हजार ५ सय रुपैयाँ बराबरको १० लिटर क्याल्सियम गरी ७ हजार १ सय २५ रुपैयाँ... - [राप्ती गाउँपालिकाको आठौँ अधिवेशन सुरु, तीन महत्वपूर्ण विधेयक पेश](https://gharsanchar.com/details-news-13020/): तुलबहादुर कँवर मगर मसुरिया, २४ पुस । दाङको राप्ती गाउँपालिकाको दोस्रो गाउँसभाको आठौँ अधिवेशन बिहीबारदेखि सुरु भएको छ । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १९ तथा लुम्बिनी प्रदेशको गाउँ सभा/नगर सभाको (कार्य सञ्चालन) कार्यविधि ऐन, २०७६ को दफा ३(१) बमोजिम गाउँपालिका अध्यक्ष प्रकाश विष्टको अध्यक्षतामा अधिवेशनको सुरु भएको हो । अधिवेशनको पहिलो बैठकमा सार्वजनिक महत्वका तीन वटा विधेयक पेश गरिएको छ । गाउँपालिकाका उपाध्यक्ष कमलापति चौधरीले आर्थिक वर्ष २०८२/८३ को बजेट तथा कार्यक्रमको रकमान्तर प्रस्ताव, २०८२ सभामा पेश गरेकि हुन । त्यसैगरी, सभाका सदस्य तथा आर्थिक विकास समिति संयोजक गेमे खड्काले राप्ती गाउँपालिकाको व्यवसाय दर्ता विधेयक, २०८२ र... - [लमही नगरपालिकाको १८ औँ नगरसभा, महत्वपुर्ण दुई बिधेयक पारित](https://gharsanchar.com/details-news-13019/): टेकबहादुर पुन देउखुरी । लमही नगरपालिकाको १८ औँ नगरसभा सम्पन्न भएको छ । नगरप्रमुख जोगराज चौधरीको अध्यक्षतामा सम्पन्न नगरसभाले चालु आर्थिक वर्षका नीति, कार्यक्रम तथा विभिन्न महत्वपूर्ण निर्णयहरू पारित गर्दै सार्वजनिक गरेको छ । नगरसभापछि नगरप्रवक्ता मोहन गिरीले पत्रकार सम्मेलनमार्फत नगरसभाबाट भएका निर्णयहरू सार्वजनिक गरेका हुन । नगरसभामा उपप्रमुख लक्ष्मी योगीले आर्थिक प्रतिवेदन प्रस्तुत गरिन । उनले चालू आर्थिकबर्षको हालसम्म १६ प्रतिसतको बित्तिय प्रगति प्रतिबेदन प्रस्तुत गरिन । कुल जम्मा ८६ करोड, ५३ लाख, १७ हजार, ९ सय २९ मध्यबाट हालसम्म १४ करोड, ३ लाख, २२ हजार, ४ सय १५ रुपैया खर्च बिबरण प्रस्तुत गरिन । नगरसभाले विकास निर्माण, सेवा... - [वन्यजन्तु संरक्षणमा भुमिका निर्वाह गरेको भन्दै पत्रकार खनाल सम्मानित](https://gharsanchar.com/details-news-13018/): घरसञ्चार देउखुरी । पत्रकार एवम् सर्प उद्दारकर्ता शिवु खनाल सम्मानित भएका छन् । बिहिवार लमही नगरपालिकाकाे १८ औँ नगर सभाकाे अवसरमा पत्रकार एवम् सर्प उद्दारकर्ता खनाल वर्ष उत्कृष्ट वन्यजन्तु संरक्षणकर्मी पुरस्कार २०८२ सहित सम्मानित भएका हुन् । वन्यजन्तु संरक्षण क्षेत्रमा क्रियाशील रहि समग्र लमही नगरपालिका क्षेत्रबाट विभिन्न प्रजातिका एक हजार भन्दा बढि विषालु, अविषालु सर्पकाे सकुशल उद्दार गरि पृथ्वीमा पारिस्थितिक सन्तुलन कायम गर्न, मानिसहरूलाई सम्भावित जाेखिमबाट जाेगाउन महत्त्वपूर्ण भुमिका पुर्‍याएकाे याेगदानकाे उच्च मुल्यांकन गर्दै, लमही नगरपालिकाकाे १८ औँ नगर सभाकाे अवसरमा पत्रकार एवम् सर्प उद्दारकर्ता शिवु खनाललाई वर्ष उत्कृष्ट वन्यजन्तु संरक्षणकर्मी पुरस्कार २०८२ सहित लमही नगरपालिका नगर प्रमुख जाेगराज चाैधरी,... - [कर्रि सामुदायिक वन लमही-७ को २५ औँ साधारणसभा सम्पन्न](https://gharsanchar.com/details-news-13017/): घरसञ्चार देउखुरी । लमही नगरपालिका–७ बनघुस्रीस्थित कर्रि सामुदायिक वन उपभोक्ता समूहको २५ औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सामुदायिक बन उपभोक्ता समूहका अध्यक्ष किशोर कुमार घर्ती मगरको अध्यक्षता तथा सब-डिभिजन वन कार्यालय लमहीका रेञ्जर दिवश परियारको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । साधारणसभालाई सम्बोधन गर्दै प्रमुख अतिथि दिवश परियारले सामुदायिक वन उपभोक्ता समूह वन संरक्षणको मेरुदण्ड भएको उल्लेख गरे । उनले कर्रि सामुदायिक वनले वन संरक्षण, हरियाली प्रवर्द्धन र जैविक विविधता जोगाउन खेलेको भूमिका प्रशंसनीय रहेको बताए । सामुदायिक वनको आम्दानीलाई पारदर्शी र दिगो रूपमा परिचालन गरी स्थानीय विकास, रोजगारी सिर्जना तथा विपन्न वर्गको उत्थानमा लगानी गर्नुपर्नेमा उनले जोड... - [अजम्मरी सामुदायिक वन सम्मानित](https://gharsanchar.com/details-news-13015-2/): शिवु खनाल देउखुरी, २१ पुस । लमहीकाे अजम्मरी सामुदायिक वन सम्मानित भएको छ । कर्री सामुदायिक वन उपभोक्ता समूह दर्ता मिति २०५३ साल असार २५ गतेदेखि हालसम्म वन क्षेत्रमा कुनै पनि क्रियाकलाप गर्दा छिमेकीकाे रूपमा रहेकाे अजम्मरी सामुदायिक वन उपभोक्ता समहुले सद्भाव देखाउँदै मित्रता पूर्ण रूपमा सहयोग गर्दै आएकाे हुदाँ उक्त सहयोगकाे उच्च मुल्यांकन गर्दै यस समुहकाे १६ औँ वार्षिक साधारणसभाकाे अवसरमा सम्मानित भएको हाे । कर्री सामुदायिक वनका अध्यक्ष कृष्णबहादुर खत्री, डिभिजन वन कार्यालय दाङ देउखुरी लमहीका सिनियर डिभिजनल प्रमुख जीवन पंगेनीले संयुक्तरूपमा अजम्मरी सामुदायिक वनका अध्यक्ष पवन शर्मा रिजाललाई सम्मान पत्र सहित सम्मानित गर्नु भएको हाे ।बुधबार कर्री... - [गढवामा हाट बजार सञ्चालनमा आएपछि किसान उत्साहित](https://gharsanchar.com/details-news-13016/): आलोक भावुक गढवा,१९ पुष । दाङ देउखुरीको गढवा गाउँपालिकामा दोस्रो पटक कृषि हाटबजार सञ्चालनमा आएसँगै किसानहरू उत्साहित भएका छन् । गढवा उद्योग वाणिज्य संघको आयोजना, गढवा गाउँपालिकाको संरक्षकत्व तथा गढवा गाउँपालिका द्वारा सञ्चालित भिटा परियोजनाको समन्वयमा गढवा कृषि तथा पशु हाट बजार सञ्चालन गरिएको हो । गढवा गाउँपालिका ६ गढवा बजारमा निर्माण भएको गढवा कृषि उपज संकलन तथा बिक्री केन्द्र परिसरमा ( ईलाका प्रहरी कार्यालय गढवाको उत्तर तर्फ) सञ्चालित हाटबजारमा करिब ३५ जना किसान तथा स्थानीय व्यापारीहरुले आफ्नो उत्पादन बिक्रीका लागि राखेका स्टलमा राखेर बिक्री गरेका छन् । किसान तथा व्यापारीले तरकारी, फलफूल, कपडा, ढकिया, साबुन, हार्पिक,,फुलका बेर्ना,खसी, कुखुरा ,च्याउ... - [राप्ती गाउँपालिकाको सार्वजनिक सुनुवाइ सम्पन्न](https://gharsanchar.com/details-news-13015/): तुलबहादुर कवँर मगर मसुरिया, २० पुस । दाङको राप्ती गाउँपालिकाको आर्थिक वर्ष २०८२/८३ को पहिलो चौमासिक अवधिसम्मको सार्वजनिक सुनुवाइ कार्यक्रम आइतबार गाउँपालिकाको सभाहल, मसुरियामा सम्पन्न भएको छ । गाउँपालिका तथा मातहतका कार्यालयहरूको काम–कारबाही, सेवा प्रवाह र योजनासम्बन्धी सार्वजनिक विषयमा सेवाप्रदायक र सेवाग्राहीबीच अन्तरक्रिया गराई सेवाप्रति उत्तरदायी बनाउने उद्देश्यले सार्वजनिक सुनुवाइ आयोजना गरिएको गाउँपालिका अध्यक्ष प्रकाश विष्टले बताए । कार्यक्रममा अध्यक्ष विष्टले गाउँपालिकाको समृद्धि, विकास र नागरिकमैत्री सेवा प्रवाहमा पालिका निरन्तर क्रियाशील रहने प्रतिबद्धता व्यक्त गरे । उनले नागरिकहरू प्रशासनिक झन्झटबाट मुक्त हुनुपर्ने उल्लेख गर्दै त्यसप्रति पालिका सचेत रहेको धारणा राखे । अध्यक्ष विष्टले जनप्रतिनिधि र कर्मचारी इमानदार भए मात्र राष्ट्रले... - [लमही खानेपानीको साधारण सभा, स्रोत संरक्षण र दीर्घकालीन खानेपानी समाधानमा जोड](https://gharsanchar.com/details-news-13014/): घरसञ्चार देउखुरी । लमही खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाले बढ्दो जनसंख्या र तीव्र शहरीकरणका कारण उत्पन्न हुँदै गएको खानेपानी संकटलाई मध्यनजर गर्दै आफ्नो २१ औँ वार्षिक साधारण सभा शनिबार लमहीमा सम्पन्न गरेको छ । सँस्थाले पानीको स्रोत संरक्षण र दीर्घकालीन व्यवस्थापनलाई प्राथमिकतामा राखेर आफ्ना गतिविधि अघि बढाएको जनाएको छ । लमही नगरपालिका क्षेत्रभित्र पछिल्ला वर्षहरूमा जनसंख्या उल्लेख्य रूपमा बढेसँगै खानेपानीको माग समेत तीव्र रूपमा बढिरहेको छ । विगतमा राप्ती नदी, अर्जुन खोला, पोखरी तथा राजकुलोहरू लमहीका प्रमुख पानीका स्रोतका रूपमा रहेका थिए । तर, शहर विस्तार र प्राकृतिक स्रोतप्रतिको बढ्दो चापका कारण हाल ती स्रोतहरू कमजोर बन्दै गएका छन् ।... - [“स्वस्थ नगर, स्वस्थ नगरबासी” अभियान अन्तर्गत लमही बजारमा बृहत् सरसफाइ](https://gharsanchar.com/details-news-13013/): घरसञ्चार देउखुरी । “स्वस्थ नगर, स्वस्थ नगरबासी” भन्ने मूल नाराका साथ लमही नगरपालिकाले लमही बजार क्षेत्रमा बृहत् सरसफाइ अभियान सञ्चालन गरेको छ । नगरपालिकाको आयोजना तथा विभिन्न सुरक्षा निकाय, संघ–संस्था र स्थानीयको सक्रिय सहभागितामा सम्पन्न सरसफाइ अभियानले बजार क्षेत्रलाई स्वच्छ, सफा र व्यवस्थित बनाउने सन्देश पनि दिएको छ । शनिबार बिहानदेखि सुरु भएको सरसफाइ अभियान चारवटा समूहमा विभाजन गरी सञ्चालन गरिएको थियो । नगरप्रमुख जोगराज चौधरी, उपप्रमुख लक्ष्मी योगी, प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्र बहादुर डाँगी र वडा नम्बर ५ का वडाध्यक्ष ओमप्रसाद सुवेदी ‘सागर’को नेतृत्वमा टोलीहरू परिचालन गरिएका थिए । नगरप्रमुख जोगराज चौधरीको नेतृत्वमा आदर्श माध्यमिक विद्यालयदेखि देउपुर रोड, गोरक्ष... - [गोरखा मोडेल लमहीको सातौँ बार्षिकोत्सब,शिक्षा नै समृद्धिको आधार : तिमिल्सिना](https://gharsanchar.com/details-news-13012-2/): टेकबहादुर पुन देउखुरी । लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले शिक्षित र दक्ष जनशक्तिको पूर्ण परिचालन बिना कुनै पनि राष्ट्र र समाजको दिगो विकास सम्भव नहुने बताएका छन । वर्तमान युग ज्ञान र प्रविधिको युग भएकाले व्यवहारिक, प्राविधिक तथा गुणस्तरीय शिक्षा अपरिहार्य भइसकेको उनको भनाइ छ । शनिबार लमही-६ स्थित गोरखा मोडेल सेकेन्डरी स्कुलको सातौँ वार्षिकोत्सव उद्घाटन समारोहलाई संबोधन गर्दै मन्त्री तिमिल्सिनाले शिक्षा किताबमा मात्र सीमित नरही व्यक्ति, समाज र राष्ट्रको आवश्यकता पूरा गर्न सक्ने हुनुपर्नेमा जोड दिए । उनका अनुसार तीनै तहका सरकारले आफ्नो कुल बजेटको उल्लेख्य अंश शिक्षामा खर्च गर्नुपर्ने आवश्यकता देखिएको छ । “लुम्बिनी प्रदेश सरकारले... - [समावेशी लोकतन्त्र कमजोर पार्ने राजनीतिक अभ्यासप्रति ओरेकको कडा आपत्ति](https://gharsanchar.com/details-news-13012/): आलोक भावुक दाङ, १७ पुष । हाल सार्वजनिक भएका विभिन्न राजनीतिक दलका समानुपातिक सांसद सिफारिस सूचीहरू प्रति अधिकारकर्मी र नागरिक समाजका प्रतिनिधिहरूले गम्भीर आपत्ति जनाएका छन् । समावेशी लोकतन्त्रको मर्म विपरीत शक्ति केन्द्रसँग नजिक रहेका, पहिले नै नेतृत्व तहमा प्रतिनिधित्व पाएका तथा सत्ता पहुँच भएका व्यक्तिहरूलाई प्राथमिकता दिइएको भन्दै उनीहरूले सूची तत्काल सच्याउन माग गरेका हुन् । वक्ताहरूका अनुसार समानुपातिक प्रणालीको मूल उद्देश्य ऐतिहासिक रूपमा वञ्चित, पिछडिएका, महिला, दलित, जनजाति, मधेसी, अपाङ्गता भएका व्यक्ति, लैङ्गिक तथा लैङ्गिक अल्पसंख्यक समुदाय लगायतको प्रतिनिधित्व सुनिश्चित गर्नु हो । तर, विभिन्न दलले सार्वजनिक गरेका सूचीहरूले “जसरी पनि सत्तामा पुग्ने मानसिकता” र “अस्वस्थ प्रतिस्पर्धा” लाई... - [गढवा गाउँपालिकाले थाल्यो वडा-वडामै पुगेर योजना सम्झौता, सेवाग्राही हर्षित](https://gharsanchar.com/details-news-13011/): आलोक भावुक गढवा, १६ पुष । गढवा गाउँपालिकाले योजनाको सम्झौता गर्न पालिकाको सम्झौताका लागि वडा-वडामै पुगेर सेवा दिन थालेको छ । योजना शाखाका टिम बिहिवार गढवा गाउँपालिका वडा नम्बर १ मलमला स्थित वडा कार्यालयमा पुगेर सेवा प्रदान गरेको हो । योजना सम्झौता गर्न सिंगो सम्झौता टिम वडा कार्यालयमा पुगेर सेवा दिदा आफुहरु लाई सहज भएकों धानखोला खेलमैदान व्यवस्थापन उपभोक्ता समितिका अध्यक्ष यज्ञ वहादुर वलीले बताए । एउटा सम्झौता गर्न हामी एक दिनभरी लाग्थ्यो तर सम्झौता गर्न पालिकाको टिम वडामा आएर सेवा दिंदा हामी अत्यन्त खुसी भएका छौं वलीले भने । त्यसैगरी वडाबाटै योजनाको सम्झौता गर्न पाउदा आफुहरु अत्यन्त हर्षित भएको... - [लमही-कोइलावास सडक स्तरोन्नतीका लागि प्रभावितको लगत संकलन गरी समाधान खोजिने](https://gharsanchar.com/details-news-13010/): टेकबहादुर पुन देउखुरी । लमही-कोइलावास सडक स्तरोन्नतीसँग सम्बन्धित समस्या, मुआब्जा तथा क्षतिपूर्तिका विषयमा लमही नगरपालिकाले सरोकारवाला पक्षसँग बुधबार छलफल गरेको छ ।नगर प्रमुख जोगराज चौधरीको अध्यक्षतामा सम्पन्न छलफलमा प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्याल, सडक डिभिजन कार्यालय दाङका निमित्त प्रमुख इञ्जिनियर कृष्णप्रसाद पाण्डे, देउखुरी उद्योग वाणिज्य संघ र लमही चेम्बर अफ कमर्सका प्रतिनिधि, स्थानीय जनप्रतिनिधि तथा प्रभावित बासिन्दाको उपस्थिति थियो । छलफलमा सडक विस्तारका क्रममा प्रभावित हुन सक्ने घरधुरी, व्यापारिक संरचना, जग्गा तथा मुआब्जा वितरणको अवस्थाबारे गहन संवाद गरिएको थियो । लामो समयदेखि लमही-कोइलावास सडक दायाँ-बायाँ १५/१५ मिटर क्षेत्र खाली गराइने चर्चा चल्दै आएकाले स्थानीय बासिन्दा अन्योलमा परेका छन् । यसले... - [“अब त वर्षा, हुरीको डर छैन, आफ्नै पक्कि घर छ”](https://gharsanchar.com/details-news-13009/): टेकबहादुर पुन देउखुरी । गढवा गाउँपालिका अन्तरगतका अति विपन्न तथा एकल महिला परिवारलाई सुरक्षित र भूकम्प प्रतिरोधात्मक घर निर्माण गरी हस्तान्तरण गरिएको छ । महिला परिवारलाई सुरक्षित आवासमार्फत सुदृढीकरण र भूमिकामा महिलाको स्वामित्व सचेतना पैरवी परियोजना अन्तरगत तीन जना एकल महिलालाई दुई कोठे, शौचालयसहितको सुरक्षित आवास हस्तान्तरण गरिएको हो । घर पाउने लाभग्राहीमा गढवा-४ कट्यान गाउँकी प्रमिला चौधरी, गढवा-५ कक्रहवाकी जिवि बिक र गढवा-२ की कैलाशपति चौधरी रहेका छन् । टिनले छाएको, रंगरोगन गरिएको तथा भूकम्प प्रतिरोधात्मक प्रविधिमा निर्माण गरिएको यी घरले उनीहरूको जीवनमा नयाँ आशा र आत्मविश्वास थपेको छ । घर हस्तान्तरण समारोहमा सबैभन्दा भावुक देखिएकी थिइन् प्रमिला चौधरी... - [शैक्षिक विकासमा देउखुरी बहुमुखी क्याम्पसको भूमिका अब्बल’](https://gharsanchar.com/details-news-13007/): शिवु खनाल देउखुरी, १३ पुस । विद्यालय तहमा विद्यार्थी संख्या वर्षेनी ओरालो लाग्दो छ । १२ कक्षा उत्तीर्ण हुनासाथ विद्यार्थीहरु अध्ययन वा वैदेशिक रोजगारीका लागि खाडी मुलुकमा जाने क्रम दिनहुँ बढिरहेको छ । यसले युवा जनशक्ति पलायन त भएको छ नै शिक्षामा गुणस्तर कायम हुन नसक्दा पनि यस्तो अवस्था आएको भन्दै शिक्षा क्षेत्रका जानकारहरुले चिन्ता जनाउन थालेका छन् । उच्च शिक्षा अध्ययनका नाममा हरेक दिन विद्यार्थीको ठुलो संख्या बाहिरिएकोमा उनीहरुको चिन्ता छ । देउखुरी बहुमुखी क्याम्पसले शनिवार लमहीमा आयोजना गरेको २० औँ वार्षिकसाधारण सभा कार्यक्रममा बोल्दै शिक्षाविद सरोकारवालहरुले नेपालको शैक्षिक गुणस्तर हुन नसक्दा विद्यार्थीको पलायन गति बढ्दो रहेको भन्दै चिन्ता... - [३५ करोड बढि लगानीमा लमहीमा खानेपानीको ओभरहेड ट्याँकी निर्माण हुँदै](https://gharsanchar.com/details-news-13006/): टेकबहादुर पुन लमही । लमही नगरवासीलाई दीर्घकालीन रुपमा सुरक्षित र नियमित खानेपानी सेवा उपलब्ध गराउने उद्देश्यले लमहीमा खानेपानीको ओभरहेड ट्याँकी निर्माण कार्य शुरु गरिएको छ । सो आयोजनाको शिलान्यास बिहीबार एक विशेष समारोहबीच विधिवत रूपमा सम्पन्न भएको हो । लमही खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका अध्यक्ष सनम कुमार पौडेल र लमही नगरपालिका नगरप्रमुख जोगराज चौधरीले संयुक्त रुपमा ओभरहेड ट्याँकी निर्माण कार्यको शिलान्यास गरेका हुन । लामो समयदेखि लमही क्षेत्रमा खानेपानीको दिगो समाधान आवश्यक रहेको भन्दै आयोजना शुरु गरिएको छ । ओभरहेड ट्याँकी निर्माण आयोजनाको कुल लागत ३५ करोड ३५ लाख १५ हजार ९ सय ६३ रुपैयाँ ८० पैसा रहेको छ... - [खेलकुद शिक्षा प्रणालीको अभिन्न अंग हो-मन्त्रि तिमिल्सिना](https://gharsanchar.com/details-news-13005/): टेकबहादुर पुन दाङ । लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले खेलकुदलाई शिक्षा प्रणालीको अभिन्न अंगका रूपमा विकास गर्नुपर्नेमा जोड दिएका छन । लमही नगरपालिकाले देउपुरमा शुरु गरेको राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको उद्घाटन समारोहलाई संबोधन गर्दै मन्त्रि तिमिल्सिनाले यस्तो बताएका हुन् । “खेलकुद केवल मनोरञ्जनको साधन नभई विद्यार्थीको शारीरिक, मानसिक र नैतिक विकासको बलियो आधार भएको बताए उनले भने-विद्यालय तहबाटै खेलकुद संस्कृतिको विकास गर्न सकेमा देशले अनुशासित, आत्मविश्वासी र स्वस्थ नागरिक पाउनेछ ।”मन्त्री तिमिल्सिनाले राष्ट्रपति रनिङ शिल्डजस्ता प्रतियोगिताले ग्रामीण तथा नगरस्तरका प्रतिभाहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म पुर्‍याउने ढोका खोल्ने उल्लेख गरे । “हामीले आज गाउँ र नगरका खेलमैदानमा देखिएका प्रतिभाहरूलाई... - [गढवा गाउँपालिकाको‌ सार्वजनिक सुनुवाइ, मंसिरसम्म कुल बजेटको १८.८४ प्रतिसत खर्च](https://gharsanchar.com/details-news-13001-2/): आलोक भावुक गढवा, ७ पुष । दाङ देउखुरीको गढवा गाउँपालिकाको सार्वजनिक सुनुवाइ कार्यक्रम गढवा गाउँपालिका वडा नम्बर २ पचहियामा सम्पन्न भएको छ । गाँउपालिकाले आर्थिक वर्ष २०८२/०८३ श्रावणदेखि मंसिर महिनासम्म गरेको कामको बारेमा जानकारी र नागरिकको गुनासो तथा सुझाव लिनका लागी सार्वजनिक सुनुवाई कार्यक्रम गरिएको जनाएको छ । कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद पौड्यालले गढवा गाउँपालिका वडा नम्बर १ देखि ८ सम्मका सबै वडामा भएका कार्यक्रमहरुको प्रगति र सम्पन्न कार्यक्रमहरुको बारेमा जानकारी दिए । साथै पालिकाको बिभिन्न शाखामा भएको प्रगतीको विस्तृत प्रतिवेदन प्रस्तुत गरेका थिए । सार्वजनिक सुनुवाई कार्यक्रममा गढवा गाँउपालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्ण प्रसाद पौड्यालले पालिकाले... - [धानखोला-लमही सडक चार लेनको माग गर्दै कुलमान घिसिङलाई ध्यानाकर्षण पत्र](https://gharsanchar.com/details-news-13001/): तुलबहादुर कवँर मगर काठमाडौं, ४ पुस । दाङको धानखोला–लमही सडकखण्डलाई चार लेनमा स्तरोन्नति गर्न माग गर्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङलाई ध्यानाकर्षण पत्र बुझाइएको छ । मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को सहयोगमा कार्यान्वयन हुने यो सडकखण्ड दुई लेनमा मात्र निर्माण हुने तयारीप्रति आपत्ति जनाउँदै राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको नेतृत्वमा राजनीतिक दलका प्रतिनिधि, धानखोला–लमही सडक चार लेन विस्तार संघर्ष समिति र स्थानीय सरोकारवालाहरूले संयुक्त रूपमा शुक्रबार मन्त्री घिसिङलाई पत्र बुझाएका हुन् । ध्यानाकर्षण पत्रमा धानखोला–लमही सडक पूर्व–पश्चिम राजमार्गको अत्यन्तै महत्वपूर्ण खण्ड रहेको उल्लेख गरिएको छ । लुम्बिनी प्रदेशको राजधानीसँग जोडिने यस सडकखण्डमा भालुबाङ, सिसहनियाँ र लमहीजस्ता व्यस्त बजार... - [पुस १९ देखि गढवामा हाट बजार सञ्चालन हुने, समुन्नती सँग तरकारी खरिद सम्झौता](https://gharsanchar.com/details-news-13000/): आलोक भावुक गढवा, ५ पुस । दाङ देउखुरीको गढवा गाउँपालिकामा स्थानीय कृषकको तरकारीलाई सुनिश्चित बजार उपलब्ध गराउने उद्देश्यसहित पुस १९ गतेदेखि गढवा कृषि उपज संकलन तथा बिक्री केन्द्रमा नियमित हाट बजार सञ्चालन हुने भएको छ । हाट बजारमा बिक्री हुन नसकेको कृषकको तरकारी समुन्नती सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेडले खरिद गर्ने विषयमा समेत औपचारिक सम्झौता भएको छ । लामो समयदेखि गढवा बजारका विभिन्न स्थानमा फुटपाथमा बसेर तरकारी बिक्री गर्न बाध्य कृषकहरूको समस्यालाई दीर्घकालीन रूपमा समाधान गर्ने लक्ष्यसहित गाउँपालिकाले गढवा सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेड मार्फत यो व्यवस्था अघि बढाएको हो। यसले कृषकलाई व्यवस्थित बजार, उचित मूल्य र बिक्रीको... - [अजम्मरी सामुदायिक वनको १९ औँ वार्षिक साधारण सभा, पत्रकार सहित ८ जना सम्मानित](https://gharsanchar.com/details-news-12099/): शिबु खनाल देउखुुरी, ६ पुस । लमही स्थित अजम्मरी सामुदायिक वनको १९ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । सामुदायिक वनका अध्यक्ष पवन शर्मा रिजालको अध्यक्षता तथा डिभिजन वन कार्यालय देउखुरीका सिनियर डिभिजन वन अधिकृत जीवन पंगेनिको प्रमुख अतिथि एबम् सामुदायिक वन स्थानीय उपभोक्ता वन महासंघ लमहीका अध्यक्ष पूर्णबहादुर बस्नेतको विशिष्ट आतिथ्यमा कार्यक्रम भएको हो । कार्यक्रमलाई संबोधन गर्दै वन अधिकृत जिवन पंगेनीले जैविक विविधता संरक्षणमा सबैको साझा प्रतिबद्धता आवश्यक पर्ने बताए । वनलाई उपभोक्ताको जीविकोपार्जनसँग जोड्दै उद्यमशीलता विकासमा समेत ध्यान दिन आग्रह गर्दै, बजेट कार्यान्वयन गर्ने क्रममा वनको दिगो व्यवस्थापनसँगै पर्यापर्यटनलाई विशेष जोड दिनुपर्ने बताए । उनले भने,–।... - [लमही नगरपालिकाको सार्वजनिक सुनुवाई, सुशासन र सेवा प्रवाहप्रति कडा प्रश्न](https://gharsanchar.com/details-news-12098/): घरसञ्चार लमही । लमही नगरपालिकाको आर्थिक वर्ष २०८१/०८२ को वार्षिक तथा २०८२ र २०८३ को प्रथम चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम लमहीमा सम्पन्न भएको छ । नगरपालिकाको आयोजनामा लमहीको सार्बजनिक बगैचामा भएको कार्यक्रममा नगरबासीले सेवा प्रवाह, सुशासन र विकास निर्माणका विषयमा कडा असन्तुष्टि व्यक्त गरेका छन् । नगरपालिकाले यसरी नगरबासीसँग सार्बजनिक स्थलमा गरेको यो कार्यक्रम पहिलो हो । सार्वजनिक सुनुवाईमा नगरका विभिन्न वडाबाट आएका सर्वसाधारण, उपभोक्ता समिति, सामाजिक संघ–संस्था, राजनीतिक दलका प्रतिनिधि तथा सञ्चारकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । सार्वजनिक सुनुवाईका क्रममा नगरबासीहरु युबराज पौडेल, रबिन्द्र जिसी, प्रशान्त बसेल, सुरज पाण्डे, डिल्लिराज खनाल लगायतले प्रमुख प्रशासकीय अधिकृतको बारम्बार सरुवा, पुरानै हाकिम... - [दिपन महिला सहकारीको १३औँ साधारण सभा, दुई दर्जन बढि सम्मानित](https://gharsanchar.com/details-news-12096/): घरसञ्चार लमही । लमही नगरपालिका-७ कप्तानगञ्ज स्थित दिपन सामाजिक उद्यमी महिला सहकारी संस्थाले महिला किसान तथा जेष्ठ नागरिक र विद्यार्थी गरि दुई दर्जन बढिलाई सम्मान गरेको छ । सहकारीको १३ औँ वार्षिक साधारण सभाको अबसर पारी सँस्थामा आबद्ध जेष्ठ नागरिक, महिला किसान सँगै जेहेन्दार बिद्यार्थीहरुलाई सम्मान गरेको हो । शैक्षिक सामाग्री, कृषि सामाग्री सहित सँस्थाले दोसल्ला ओढाएर सम्मान गरेको छ । जेष्ठ नागरिक सम्मान अन्तर्गत कमिनी घर्ती र मोहनमाली पुनलाई सम्मान गरिएको थियो । यस्तै, उत्कृष्ट उद्यमी सम्मान अन्तर्गत बाख्रापालनतर्फ सरस्वती सार्की र दिलकुमारी पुन, तरकारी खेतीतर्फ उमादेवी चौधरीलाई सम्मान गरिएको थियो । यसका साथै उत्कृष्ट समूह सम्मान अन्तर्गत डाँफे... - [आँखा जाँच गर्दै चस्मा बिक्रि गर्ने ठाउँ-हेमनेत्र आँखा उपचार केन्द्र सञ्चालनमा](https://gharsanchar.com/details-news-12094/): घरसञ्चार देउखुरी । लमहीको नयाँ बजार क्षेत्रमा आधुनिक सुविधा सम्पन्न हेमनेत्र आँखा उपचार केन्द्र औपचारिक रूपमा सञ्चालनमा आएको छ । लामो समयदेखि आँखा उपचार तथा सेवा क्षेत्रमा अनुभव बटुलेका लालबहादुर चौधरीले अवकाश पश्चात पनि समुदायलाई निरन्तर सेवा गर्ने उद्देश्यले उक्त केन्द्र स्थापना गरेका हुन् । चौधरी आँखा स्वास्थ्य क्षेत्रमा ३१ वर्षको समृद्ध अनुभव बोकेर लमहीमा केन्द्र सञ्चालनमा ल्याएका हुन् । चौधरीले आफ्नो सेवायात्रा २०४८ देखि २०४९ सालमा गेटा आँखा अस्पतालबाट सुरु गरेका थिए । त्यसपछि उनी २०४९ देखि २०६५ सम्म राप्ती आँखा अस्पताल, रक्षाचौरमा कार्यरत रहे । पछिल्लो समय भने उनले २०६६ सालदेखि २०८२ सालसम्म लमही आँखा अस्पतालमा निरन्तर सेवा... - [देउखुरी पब्लिक स्कुलमा तेक्वान्दो ग्रेडिङ सम्पन्न, ४६ जना खेलाडीको स्तरबृद्वि](https://gharsanchar.com/details-news-12093/): घरसञ्चार लमही । लमही नगरपालिका–६ स्थित देउखुरी पब्लिक स्कुलमा तेक्वान्दो ग्रेडिङ कार्यक्रम सम्पन्न भएको छ । स्कुलमा संचालन भइरहेका तेक्वान्दो कक्षालाई थप व्यवस्थित र प्रभावकारी बनाउनका लागि कार्यक्रमको आयोजना गरिएको बिद्यालयले जनाएको छ । बिद्यालयका डोजाङ प्रमुख कुबिर गिरीको अध्यक्षतामा भएको कार्यक्रममा स्कुलका प्रधानाध्यापक भू-माण्डप केसी, दाङ जिल्ला तेक्वान्दो संघका अध्यक्ष विष्णु अधिकारी, संघका सल्लाहकार किरण पौडेल, सदस्यद्वय ऋषिराज चौधरी र बसन्ती चौधरी, प्रशिक्षक दिपक खड्का, अभिभावक, शिक्षक–कर्मचारी तथा खेलाडी विद्यार्थीको उल्लेख्य उपस्थिति रहेको थियो । नेपाल तेक्वान्दो संघको वार्षिक योजना अनुसार देउखुरी पब्लिक स्कुल तेक्वान्दो डोजाङमा यसपटक ४६ जना खेलाडी विद्यार्थीहरूले विभिन्न तेक्वान्दो ग्रेडमा उन्नति हासिल गरेका छन् ।... - [दाङ बस दुर्घटना अपडेट: सबै घाइते डिस्चार्ज, बस चालक प्रहरी नियन्त्रणमा](https://gharsanchar.com/details-news-12092/): घरसञ्चार दाङ । दाङमा भएको बस दुर्घटनामा परेर घाइते भएका सबै २२ जना यात्रु प्राथमिक उपचारपछि डिस्चार्ज भएका छन् । वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरिक्षक रोषणराज पाण्डेका अनुसार बिहान करिब ३ बजे भएको बस दुर्घटनमा २२ जना घाइते भएका थिए । घाइते सबैको लमही अस्पतालमा प्राथमिक उपचारपछि डिस्चार्ज गरिएको छ । डडेल्धुराबाट काठमाडौंतर्फ जाँदै गरेको ना ८ ख ७४५५ नम्बरको बस बिहान करिब ३ बजे अचानक ड्राईभर साइडको भाग भाँचिएर पुलबाट खोलामा खसेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । बस चालक डडेल्धुरा अम्मरगढी–७ का ३६ वर्षीय राजेन्द्र कैनीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाको खबर पाएपछि लमहीस्थित प्रहरी... - [आफ्नो जन्मदिनमा फेसबुकबाट कमाएको पैसाले विद्यार्थीलाई शैक्षिक सामाग्री सहयोग](https://gharsanchar.com/details-news-12091/): ओमप्रकाश गुप्ता भालुवाङ २२ मंसिर । दाङमा एक जना व्यवसायी तथा कलाकारले फेसबुकबाट आएको पैसाले विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गर्नु भएको छ । दाङको राप्ती गाउँपालिका–१ भालुवाङ पुल्चोक निवासी रामु सुनामले फेसबुकमा विभिन्न हास्य विधाका भिडियो पोष्ट गरेर कमाएको आम्दानीले विद्यार्थीहरूको हितमा खर्च गर्नु भएको हो । सुनामले आफ्नो ४० औं जन्म दिनको अवसर पारेर अर्घाखाँची जिल्लाको सितगंगा नगरपालिका–७, लामाताल स्थित विष्णुपद चौपारी आधारभूत विद्यालयका विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गर्नु भएको हो । बुवा खड्क बहादुर परियार र स्व. आमा मनमाया परियारको जेठा सुपुत्रका रुपमा जन्मिनु भएका सुनामले भालुवाङ ग्रिनपार्क भित्र सुन्दर सटिङ सुटिङ टेलरिङ सेन्टर समेत सञ्चालन गर्दै आउनु... - [जेनजि पुस्तालाई समेट्दै काँग्रेस दाङ-१ ले गय्रो ५ जनाको नाम सिफारिस](https://gharsanchar.com/details-news-12090/): घरसञ्चार दाङ । नेपाली कांग्रेस दाङ क्षेत्र नम्बर १ लेफागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि ४ जनाको नाम सिफारिस गरेको छ । प्रत्यक्षतर्फ केन्द्रीय सदस्य योगेन्द्र चौधरी, महासमिती सदस्यद्वय जानकीलाल बस्नेत, कमल किशोर घिमिरे र महाधिवेशन प्रतिनिधि प्रदीपराज शर्माको नाम सिफारिस भएको हो । नेपाली कांग्रेस क्षेत्र नम्बर १ दाङले जेनजी पुस्तालाई समेत समेट्ने गरि लुम्बिनी प्रदेश प्रतिनिधि प्रतिक्षा चौधरीलाई प्रत्यक्ष तर्फको उम्मेदवारका लागि जिल्लामा नाम सिफारिस गरेको छ । क्षेत्रीय सभापति भेषराज पाण्डेको अध्यक्षतामा मंगलबार दाङको लमहीमा बसेको बैककले उम्मेदवार सिफारिस गरेको हो । समानुपातिक तर्फ ९ जनाको नाम सिफारिस भएको छ । कृष्णकिशोर घिमिरे, सुशीला... - [लमहीमा होटल सञ्चालक मृत फेला](https://gharsanchar.com/details-news-12089/): घरसञ्चार दाङ । दाङको लमहीमा एक होटल व्यवसायी मृत फेला परेका छन् । पूर्व-पश्चिम राजमार्गदेखी दक्षिण तर्फ रहेको होटल अर्घाखाँची एण्ड लजका सञ्चालक ४५ वर्षीय केशवराज खनाल मृत फेला परेको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ । आफू सुत्ने कोठामा खनाल मृत फेला परेका छन् । घटनास्थलमा प्रहरी पुगेको र अनुसन्धान चलिरहेको छ ।खनालले आत्महत्या गरेको हुन सक्ने प्रहरीको अनुमान छ । - [स्थानिय सरकार र सुरक्षा निकायलाई लमही चेम्बरको ध्यानाकर्षण-लमही गोली काण्ड](https://gharsanchar.com/details-news-12086/): टेकबहादुर पुन लमही । दाङको लमहीमा व्यवसायीमाथि गोली चलाएको घटनाप्रति चेम्बर अफ कमर्सले कडा आपत्ति जनाएको छ । गत शनिबार दिउँसो करिब १:३५ बजे लमही बजारस्थित जुनतारा सुनचाँदी पसलमा अज्ञात व्यक्तिद्वारा गोली प्रहार गरी व्यवसायी घाइते बनाइएको घटनाप्रति लमही चेम्बर अफ कमर्सले कडा आपत्ति जनाएको छ । चेम्बरले सुरक्षित व्यावसायिक वातावरण विहीन हुँदै गएको घटनाले व्यवसायी समुदाय त्रसित बनेको जनाउँदै तत्काल घटनाको छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरेको छ । चेम्बरका अध्यक्ष किरण कुमार बुढाथोकीद्वारा जारी विज्ञप्तिमा लगातार बढिरहेका आपराधिक गतिविधिहरूले व्यावसायिक सुरक्षा कमजोर भएको उल्लेख गरिएको छ । उनी भन्छन्, “पछिल्लो समय लमही क्षेत्रमा व्यापारी तथा सर्वसाधारण सुरक्षित... - [२० वर्षमै प्रधानाध्यापक बनेकी दाङ देउखुरीकी रक्षाकुमारी यादव](https://gharsanchar.com/details-news-12085-2/): आलोक भावुक दाङ,१६ मंसिर । दाङको बबाई गाउँपालिका -७ जलजला मलई स्थित श्री सरस्वती आधारभूत विद्यालयकी रक्षाकुमारी यादव २० वर्षको उमेरमै विद्यालयको नेतृत्व सम्हाल्न सफल भएकी छन् । अत्यन्त कम उमेरमै शिक्षा प्रशासनको जिम्मेवारी वहन गर्दै अगाडि बढेकी रक्षाको यो कदम स्थानीय समुदायका लागि प्रेरणादायी बनेको छ । उनको लगनशीलता, दृढता र कार्यक्षमताको व्यापक प्रशंसा हुँदै आएको छ । धेरैले उनलाई ‘युवा नेतृत्वको उत्कृष्ट उदाहरण’ भन्दै बधाई तथा शुभकामना दिएको पाइन्छ । रक्षा भन्छिन् “उमेर होइन, जिम्मेवारी र दृष्टिको महत्व हुन्छ । गाउँका बालबालिकालाई गुणस्तरयुक्त शिक्षा उपलब्ध गराउनु नै मेरो पहिलो लक्ष्य हो ।”प्रधानाध्यापकका रूपमा उनले विद्यालयमा प्राविधिक शिक्षा, बालमैत्री... - [राप्तीमा फोहोर व्यवस्थापनसम्बन्धी विवाद टुंगियो](https://gharsanchar.com/details-news-12085/): भसुन शाही मसुरिया । दाङको राप्ती गाउँपालिकामा केही दिनदेखि उत्पन्न सरसफाइ व्यवस्थापनसम्बन्धी समस्या अन्ततः समाधान भएको छ । गाउँपालिकाको कार्यालय मसुरियामा साेमबार गाउँपालिका र आन्दोलनरत पक्षबीच भएको वार्तामा सरसफाइ व्यवस्थापन केन्द्रमा लगाइएको ताला तत्काल खोल्ने, त्यहाँ जम्मा भएको फोहोरलाई उचित तरिकाले व्यवस्थापन गर्ने र केन्द्रभित्र रहेको फोहोर पूर्णरूपमा व्यवस्थापन नभएसम्म गाउँबाट फोहोर संकलन कार्य स्थगित रहने सहमति भएपछि समस्या समाधान भएको गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर २ का अध्यक्ष पहलवान चौधरीले जानकारी दिए । वार्तामा गाउँपालिकाकाे तर्फबाट गाउँपालिका अध्यक्ष प्रकाश विष्ट, उपाध्यक्ष कमलापति चौधरी, प्रमुख प्रशासकीय अधिकृत देविराम पाठक, वडा नं. २ का अध्यक्ष तथा प्रवक्ता पहलवान चौधरी,वडा नं. १... - [देउखुरी पब्लिक स्कूलमा ‘कृत्रिम बौद्धिकत्ता तथा कोडिङ’ आधारभूत तालिम सुरु](https://gharsanchar.com/details-news-12084/): घरसञ्चार देउखुरी । शैक्षिक क्यालेन्डर–२०८२ को भावना र स्पिरीट अनुरूप देउखुरी पब्लिक अङ्ग्रेजी माध्यमिक विद्यालयले सञ्चालन गरको “कृत्रिम बौद्धिकता तथा कम्प्युटर कोडिङ सम्बन्धी आधारभूत तालिम”को उद्घाटन गरिएको छ । मङ्सिर १४ देखि २५ गतेसम्म १० दिन चल्ने यो तालिम विद्यालयले प्रविधिमैत्री शिक्षालाई थप प्रभावकारी बनाउन थालेको महत्वपूर्ण कदमका रूपमा लिइएको छ । विद्यालयका परीक्षा समितिका संयोजक राम औतार चौधरीको अध्यक्षता तथा विद्यालयका प्रबन्धक तथा प्रधानाध्यापक भु–माण्डप के.सी. को प्रमुख आतिथ्यमा तालिमको शुभारम्भ भएको हो । प्रमुख अतिथि केसीले विद्यालयले समयको मागअनुसार विद्यार्थीलाई सीपमूलक, प्रविधिमुखी र व्यवहारिक शिक्षा प्रदान गर्दै आएको उल्लेख गर्दै यो तालिम पनि त्यसैको निरन्तरता भएको बताए ।... - [नेपाली काँग्रेस नेता बुढा मगरको निधनप्रति श्रद्धाञ्जली सभा सम्पन्न](https://gharsanchar.com/details-news-12083/): टेकबहादुर पुन लमही । नेपाली काँग्रेसका नेता तथा क्षेत्रिय प्रतिनिधि शेरबहादुर बुढा मगरको निधन भएको सातौँ दिनमा नेपाली काँग्रेस लमही नगर समितीले श्रद्धाञ्जली सभा सम्पन्न गरेको छ । पार्टीका समर्पित, इमानदार र सदैव संगठन विस्तारमा अग्रसर बुढा मगरप्रति श्रद्धाञ्जली व्यक्त गर्न विभिन्न तह–स्तरका नेता तथा कार्यकर्ताको उल्लेखनीय उपस्थिति रहेको थियो । नेपाली काँग्रेस लमही नगर समितिका सभापति सन्तोष बुढाथोकीको अध्यक्षता तथा नेपाली काँग्रेस महासमिति सदस्य मोहन गिरीको प्रमुख आतिथ्यमा शोकसभा भएको हो । प्रमुख अतिथी मोहन गिरीले बुढा मगरको निधनले पार्टीले समर्पित कार्यकर्ता मात्र गुमाएको होइन, समाज सेवामा रमाउने एक जुझारु व्यक्तित्व पनि हराएको बताए । उनले बुढा मगरले संगठन... - [अभियान बचत तथा ऋण सहकारी संस्थाको आठौं वार्षिक साधारण सभा सम्पन्न](https://gharsanchar.com/details-news-12082/): आलोक भावुक गढवा, १३ मंसिर । अभियान बचत तथा ऋण सहकारी संस्था लिमिटेड गढवा–३ को आठौं वार्षिक साधारण सभा शनिबार गढवा–३ गोबरडिहामा सम्पन्न भएको छ । कार्यक्रम संस्थाका अध्यक्ष कुलराज कुमालको अध्यक्षता र गढवा गाउँपालिका सहकारी शाखाका प्रमुख अशोक कुमार यादवको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो । प्रमुख अतिथि यादवले सहकारीले अब उत्पादनमुखी क्षेत्रमा पुँजी परिचालन गर्नुपर्ने आवश्यकता औंल्याउँदै सहकारीको लगानी सुरक्षित रहन, जोखिम न्यून हुन र आय–आर्जनमा टेवा पुग्न उत्पादनमुखी लगानी नै सर्वोत्तम विकल्प भएको बताए । उनका अनुसार ऋणी सदस्यहरूले ऋण लिएर केवल उपभोगका लागि प्रयोग नगरी व्यवसाय, उद्यम तथा उत्पादनमा लगानी गरे मात्र सहकारीको वास्तविक उपलब्धि देखापर्ने... - [गढवामा अपाङ्गता भएका व्यक्तिहरूलाई क्षमता विकास तालिम](https://gharsanchar.com/4397-2/): आलोक भावुक गढवा, १२ मंसिर । अपाङ्गता भएका व्यक्तिहरूद्वारा सञ्चालित संस्थाहरूको क्षमता अभिवृद्धि गर्न उद्देश्य राखी सञ्चालन गरिएको दुई दिने क्षमता विकास तालिम शुक्रबार गढवा गाउँपालिकामा सम्पन्न भएको छ । गढवा गाउँपालिकाको आयोजनामा तथा फेयरमेड फाउण्डेशनको आर्थिक तथा प्राविधिक सहयोगमा तालिम सञ्चालन गरिएको हो । दुई दिनसम्म सम्पन्न भएको तालिम गढवा गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष लेख बहादुर थापाको अध्यक्षतामा शुरु गरिएको थियो । तालिमका प्रशिक्षक चिन्तामणी पौडेलले संस्थाको प्रभावकारी नेतृत्व, व्यवस्थापन, प्रतिवेदन लेखन, अधिकार–दायित्व र समुदायसँग समन्वयमा कसरी सशक्त रूपमा काम गर्न सकिन्छ भन्ने विषयमा विस्तृत रूपमा प्रकाश पारेका थिए । समापन कार्यक्रममा बोल्दै ५ नम्बर वडाध्यक्ष लेख... - [चारलेन सडक विस्तारको माग गर्दै संघर्ष समितिले बुझायो राप्तीमा ध्यानाकर्षण पत्र](https://gharsanchar.com/details-news-12080/): तुलबहादुर कवँर मगर मसुरिया, १२ मंसिर । धानखोला–लमही सडक खण्डलाई चार लेनमा विस्तार गर्नुपर्ने मागसहित ‘धानखोला–लमही चार लेन सडक निर्माण संघर्ष अभियान’ ले राप्ती गाउँपालिकामा ध्यानाकर्षण पत्र बुझाएको छ । संघर्ष अभियानका संयोजक प्रकाश शाहीले शुक्रबार गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टलाई ध्यानाकर्षण पत्र बुझाउनुभएको हो । ध्यानाकर्षण पत्रमा उल्लेख भएअनुसार मंसिर ९ गते एमसिए नेपालका प्रतिनिधिसँग भएको भेटमा सो सडकलाई दुई लेनमै अघि बढाउने तयारी भइरहेको जानकारी गराइएको थियो । तर स्थानीयको निरन्तर सुझाव, प्रदेश राजधानी क्षेत्रको सम्भावित विस्तार तथा तीव्र गतिमा बढ्दै गएको शहरीकरणलाई हेर्दा चार लेनको आवश्यकता अपरिहार्य भएको समितिको तर्क छ । लुम्बिनी प्रदेशको राजधानी देउखुरी क्षेत्र भविष्यमा... - [जनताको मन नजितेसम्म दुई–तिहाइको पनि काम छैन : प्रचण्ड](https://gharsanchar.com/details-news-12079-2/): टेकबहादुर पुन दाङ, १३ मंसिर । नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमा विगतमा बनेको दुई–तिहाइको सरकार जनताको मन जित्न असफल भएको स्पष्ट रूपमा उल्लेख गरेका छन । उनले नेतृत्वको मुख्य आधार जनविश्वास भएकाले चुनावी परिणाम मात्र पर्याप्त नहुने धारणा व्यक्त गरे । दाङको लमहीमा आयोजित नेपाली कम्युनिष्ट पार्टी लुम्बिनी प्रदेशस्तरीय एकता सन्देश सभालाई सम्बोधन गर्दै प्रचण्डले पार्टी एकता चुनाव केन्द्रित अभियान नभई दीर्घकालीन राजनीतिक स्थिरता, सुधार र आत्मालोचना गर्ने प्रक्रिया भएको बताए । उनले विगतमा दुई–तिहाइ बहुमत प्राप्त सरकारले छिनभरमै सत्ता गुमाउनुको मुख्य कारण ‘जनताको मुटु नजित्न सक्नु’ रहेको उल्लेख गर्दै, “मैले पहिलेदेखि नै भन्दै आएको... - [ब्रह्माकुमारी विश्वविद्यालयको पहलमा गढवाका विद्यार्थीलाई नैतिक तथा आध्यात्मिक शिक्षा](https://gharsanchar.com/details-news-12079/): आलोक भावुक गढवा,११ मंसिर । ब्रह्माकुमारी ईश्वरी विश्वविद्यालय तथा राजयोग प्रशिक्षण केन्द्र गढवाको आयोजनामा तथा गढवा गाउँपालिकाको सहकार्यमा गढवा गाउँपालिका–६ मनिकापुरस्थित दुर्गा आधारभूत विद्यालयमा विद्यार्थीहरुका लागि विशेष नैतिक तथा आध्यात्मिक शिक्षा कार्यक्रम सम्पन्न गरिएको छ । कार्यक्रममा ब्रह्माकुमारी ईश्वरी विश्वविद्यालय तथा राजयोग प्रशिक्षण केन्द्रकी सञ्चालिका ब्रह्माकुमारी यसोदा भट्टराई तथा राजयोग प्रशिक्षण केन्द्र घोराहीकी प्रशिक्षकद्वारा विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई जीवन उपयोगी नैतिक मूल्य, सकारात्मक सोच, आत्मअनुशासन, सम्मान, आत्म–पहिचान तथा तनाव व्यवस्थापन सम्बन्धी महत्वपूर्ण प्रशिक्षण प्रदान गरिएको थियो । विद्यार्थीलाई सही जीवन मूल्यका गुणहरू विकास गर्न मद्दत पुग्ने उद्देश्यले संचालित यस प्रशिक्षणमार्फत सकारात्मक आत्मविकास, आत्मबल वृद्धि, शान्ति, संयम र सदाचारयुक्त व्यवहारका बारेमा विशेष... - [गढवाको गोबरडिहा आयुर्वेद औषधालयबाट निशुल्क फिजियोथेरापी सेवा शुभारम्भ](https://gharsanchar.com/details-news-12078/): आलोक भावुक गढवा, ११ मंसिर । दाङ देउखुरीको गढवा गाउँपालिका–३ स्थित गोबरडिहा आयुर्वेद औषधालयले निशुल्क फिजियोथेरापी सेवा औपचारिक रूपमा सुरु गरेको छ । बिहीबार आयोजित विशेष समारोहका बीच गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले फिजियोथेरापी सेवाको उद्घाटन गर्दै सो सेवा गाउँपालिकाका नागरिकका लागि अत्यन्त उपयोगी हुने विश्वास व्यक्त गरे । उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष पोख्रेलले गढवा गाउँपालिकामा स्वास्थ्य सेवाको दायरा दिनप्रतिदिन विस्तार हुँदै गएको उल्लेख गर्दै फिजियोथेरापी सेवा जोडिनु पालिकाको स्वास्थ्य संरचनाका लागि एक महत्वपूर्ण उपलब्धि भएको बताए । उनले भने, “गाउँपालिकाका धेरै नागरिकहरू घुँडा, ढाड, जोर्नी तथा मांसपेशीसम्बन्धी समस्याबाट पीडित छन् । आयुर्वेद औषधालयबाट सुरु भएको निशुल्क फिजियोथेरापी सेवाले... - [भालुवाङ अस्पतालमा पहिलो पटक ओरिफ प्लेटिङ राखेर सफल सर्जरी](https://gharsanchar.com/details-news-12077/): भिसुन शाही भालुबाङ, मंसिर १२ । राप्ती गाउँपालिका–४ मौरीघाटका ३३ वर्षीय अमर बहादुर, जो रोजगारीका सिलसिलामा भारतमा बस्ने गर्थे । मोटरसाइकल दुर्घटनामा परि हात भाँचिएपछि उपचारका लागि नेपाल फर्किए । भारतमा उपचार महँगो हुने भएकाले उनी उपचारका लागि नेपाल आएका हुन । घर आए लगत्तै उनलाई कहा जाउँ भन्ने अन्यौलता छायो । उनी नजिकै रहेको भालुवाङ अस्पतालमा चेकअपका निम्ति गए । चिकित्सिकको सल्लाह बमोजिम उनको सर्जरी भालुबाङ अस्पतालमै गर्ने निर्णय भयो । चिकित्सकले उनको भाँचिएको हातमा ओरिफ प्लेटिङ राखेर सर्जरी गर्ने निधो गरे । अन्तत: ओरिफ प्लेटिङ राखेर चिकित्सकको पहिलो प्रयासबाट सर्जरी सफल भयो । अर्थोपेडिक सर्जन डा. आकाश बेलबासे,... - [गढवामा लैङ्गिक हिंसाविरुद्धको अभियान शुरु, हिंसात्मक प्रबृत्तिको बिरुद्ध अपिल](https://gharsanchar.com/details-news-12070/): आलोक भावुक गढवा,९ मङ्सिर । “प्रविधिको सही प्रयोग गरौं: लैंगिक हिंसा अन्त्य गरौँ” भन्ने नाराका साथ मङ्सिर ९ गतेबाट गढवा सहित देशैभर लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु भएको छ । पछिल्लो समय हिंसाका घटनाहरूको अभिलेख बढेका कारण समाजमा जागरण ल्याउने उद्धेश्यले आजदेखि १६ दिनसम्म देशैभर विशेष अभियान सञ्चालन गर्न थालिएको छ। प्रत्येक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सञ्चालन गरिदै आईएको छ । अभियानको उद्घाटन कार्यक्रममा बोल्दै गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले हिंसा मुक्त समाजको निर्माणका लागि सबैको साझा प्रयास र समन्वय आवश्यक रहेको बताए । पछिल्लो समयमा हिंसाका घटनाहरु प्रविधिको गलत... - [नेभ्लाको ३६ औँ स्थापना दिवस : दाङमा दुई स्थानमा पशु स्वास्थ्य शिविर](https://gharsanchar.com/details-news-12069/): तुलबहादुर कवँर मगर दाङ ९ ,मंसिर । नेपाल पाराभेटेरिनरी एण्ड लाइभस्टक एशोसिएसन (नेभ्ला) को ३६औँ स्थापना दिवसको अवसरमा दाङ शाखाले जिल्लाका दुई स्थानमा मंगलबार पशु स्वास्थ्य शिविर सम्पन्न गरेको छ । स्थापना दिवसलाई उपलब्धिमूलक बनाउन महाप्रभु गौशाला, राप्ती–२ र चिसापानी गौशाला, दंगिशरण–६ मा रहेका पशुहरूमा औषधि उपचार, परजीवी नियन्त्रण, बन्ध्याकरण तथा गोठ वरपरको सरसफाइ गरिएको हाे । कार्यक्रममा दंगिशरण गाउँपालिकाका अध्यक्ष शम्भु गिरी, कालिका सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष जोहरमान मियाँ, नेभ्ला दाङका पदाधिकारीहरू लगायत स्थानीय पाराभेटरहरूको सहभागिता रहेको थियो । आयोजकले यस किसिमका कार्यक्रमले पशु स्वास्थ्य सुधार र समुदायमा जागरुकता फैलाउन महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरेको छ । - [अर्गानिक कृषि र सहकार्य विस्तार प्रदेश सरकारको प्राथमिकताः मुख्यमन्त्री आचार्य](https://gharsanchar.com/details-news-12068/): घरसञ्चार दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पहाडका छ जिल्लालाई अर्गानिक क्षेत्रमा रुपान्तरण गर्ने लक्ष्य प्रदेश सरकारको उच्च प्राथमिकताको क्षेत्र भएको बताएका छन् । कृषि विकासको लागि प्रदेश सरकारको प्राथमिकता, कार्यदिशा र साझेदार निकायसंग सहकार्यको उपलब्धि र प्रभावकारीता बिषयक अन्तरक्रिया कार्यक्रमलाई बुधवार राप्ती उपत्यका(देउखुरी)मा सम्वोधन गर्दै मुख्यमन्त्री आचार्यले पाल्पाको निस्तिमा अर्गानिक घोषणा गरेर अदुवा अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउन सफल भएको अनुभवलाई आधार बनाउँदै १० वर्षभित्र स्पष्ट किटानीसहित अर्गानिक क्षेत्र घोषणा गर्ने लक्ष्य निर्धारण गरिएको बताएका हुन् । साझेदार निकायहरुसंग सहकार्य बढाउँदै माछा, मासु, दूध, फलफूल, तरकारी तथा अन्य उत्पादनमूलक क्षेत्रमा साझेदारी गर्न सकिने बताउँदै मुख्यमन्त्री आचार्यले सरकार र साझेदार दुवैले... - [पिपरीमा महिला उद्यमीलाई कपडामा प्रिन्टिङ गर्ने सीप विकास तालिम सुरु](https://gharsanchar.com/details-news-12067/): तुलबहादुर कवँर मगर सिसहनियाँ,९ मंसिर । दाङको राप्ती गाउँपालिका–८ पिपरीका महिला उद्यमीलाई लक्षित गर्दै १० दिने कपडामा प्रिन्ट गर्ने सीप विकास तालिम मंगलबारदेखि सुरु गरिएको छ । ‘गणस्तरीय उत्पादनदेखि आर्थिक आत्मनिर्भरता’ कार्यक्रमअन्तर्गत राप्ती महिला गार्मेन्ट उद्योगमा आवद्ध महिलाहरूलाई व्यावसायिक सीप अभिवृद्धि गर्ने उद्देश्यले तालिम सञ्चालन गरिएको हो । तालिम उद्घाटन गर्दै राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले महिलाद्वारा सञ्चालित गार्मेन्ट उद्योग पालिकाभित्र उदाहरणीय उद्यमका रूपमा स्थापित हुन सफल भएको बताए । उनले गार्मेन्ट उद्योगलाई दीगो रूपमा अघि बढाउन स्थानीय सरकारले विभिन्न सहयोग गर्दै आएको जानकारी समेत दिए । साथै वडा नं. १ मा महिलाहरूले सञ्चालन गर्दै आएको हाते तान उद्योग र... - [रेलको ठक्करबाट क्रोएशियामा एक नेपाली कामदारको मृत्यु](https://gharsanchar.com/details-news-12066/): शिव राज खनाल क्रोसिया (croatia) क्रोएशिया । क्रोएशियाको Retkovci क्षेत्रमा कार्यरत ३८ वार्षिय नेपाली नागरिक सन्तोष सापकोटाको रेल ठक्करबाट मृत्युु भएको छ । काभ्रेपलान्चोक स्थित धुलिखेल स्थायी घर भई हाल Eugena Kvaternika ७७ को कन्स्ट्रक्सन कम्पनीमा कार्यरत सापकोटा लाई २४ नोभेम्बर २०२५, बेलुका करिब ८ बजे ड्युटी सकेर बैंक जाने क्रममा ट्रेन लाइन क्रस गर्ने बेलामा रेलले ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको एनआरएनए क्रोएशियाले पुष्टि गरेको छ । एनआरएनए क्रोएशियाका अध्यक्ष साइमन लामाका अनुसार मृतकको परिवारलाई घटनाबारे जानकारी गराइसकिएको छ । साथै, शव नेपाल पठाउन लाग्ने सम्पूर्ण खर्च मृतक कार्यरत कम्पनीले नै व्यहोर्ने सहमति भएको बताइएको छ । आवश्यक कागजात... - [राप्तीमा प्रतिजैविक प्रतिरोध न्यूनीकरण सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न](https://gharsanchar.com/details-news-12065-2/): तुलबहादुर कवँर मगर मसुरिया, ८ मंसिर । दाङको राप्ती गाउँपालिकामा प्रतिजैविक (एण्टिबायोटिक) प्रतिरोध न्यूनीकरणसम्बन्धी अभिमुखीकरण कार्यक्रम सोमबार मसुरियामा सम्पन्न भएको छ । “प्रतिजैविक प्रतिरोध रोकथाममा आजैबाट जुटौँ, हाम्रो वर्तमान जोगाऔँ, भविष्य सुरक्षित पारौँ” भन्ने नाराका साथ विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह अन्तर्गत साे कार्यक्रम सम्पन्न भएको हो । स्वास्थ्य शाखाको आयोजनामा भएको उक्त कार्यक्रममा राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले प्रतिजैविक प्रतिरोध रोकथामका लागि समुदायस्तरमै सचेतना फैलाउनुपर्ने आवश्यकता रहेको बताए । “एण्टिबायोटिकको अनियन्त्रित प्रयोगले स्वास्थ्य प्रणाली नै जोखिममा पारिरहेको छ । चिकित्सकको सल्लाहबिना सेवन गर्ने प्रवृत्ति बढेको छ, जसले सामान्य रोग पनि गम्भीर बन्न थालेका छन्,”—अध्यक्ष विष्टले भने । उनले पशु,पंक्षी... - [गढवामा स्ट्रीट फुड खाद्य स्वच्छता अभिवृद्धि कार्यक्रम सम्पन्न](https://gharsanchar.com/details-news-12065/): आलोक भावुक गढवा, ८ मंसिर । नेपाल सरकार खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, तुलसीपुर दाङको आयोजनामा तथा गढवा गाउँपालिकाको समन्वयमा स्ट्रीट फुड व्यवसायमा खाद्य स्वच्छता अभिवृद्धि सम्बन्धी एक दिवसीय क्षमता अभिवृद्धि कार्यक्रम गढवामा सम्पन्न भएको छ । कार्यक्रममा बजार अनुगमनका आधारहरू, खाद्य पदार्थको परिभाषा, गुणस्तर मापदण्ड, अनुगमनका क्रममा हेरिनुपर्ने महत्वपूर्ण सूचकहरू र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको विद्यमान संरचनाबारे सहभागीहरूलाई विस्तृत जानकारी प्रदान गरिएको थियो । खाद्य सुरक्षाका विषयमा कार्यालयका प्रमुख पदम बरालले प्रस्तुतिकरण गर्दै स्ट्रीट फुड बजारलाई स्वच्छ, सुरक्षित र उपभोक्ता–मैत्री बनाउन स्थानीय सरकारी निकाय, व्यवसायी तथा उपभोक्ता सबैको साझा जिम्मेवारी रहेको बताए । उनले भने “खाद्य... - [राप्तीमा जलवायु अनुकूलित गाउँ योजना पुनरावलोकन तथा समीक्षा सम्पन्न](https://gharsanchar.com/details-news-12064/): घरसञ्चार भालुबाङ, ८ मंसिर । विकास कोष नर्वेको आर्थिक सहयोग तथा राप्ती गाउँपालिका दाङसँगको समन्वयमा नामसालिङ सामुदायिक विकास केन्द्र द्वारा सञ्चालित “एकीकृत सामुदायिक विकास परियोजना” अन्तर्गत तयार र कार्यान्वयनमा रहेको जलवायु अनुकूलित गाउँ योजनाको पुनरावलोकन तथा समीक्षा कार्यक्रम सम्पन्न भएको छ । योजना राप्ती गाउँपालिकाका तीन समुदायबगासोती, भुल्के र रूपाकोटमा तयार गरी पाँच वर्षदेखि कार्यान्वयनमा रहेको थियो । कार्यक्रम अन्तर्गत राप्ती गाउँपालिका–१ बगासोती, गाउँपालिका–५ भुल्के र गाउँपालिका–९ रूपाकोटमा पुगेर योजनाको अवस्थाबारे विस्तृत समीक्षा गरिएको जनाएको छ । स्थानीय बासिन्दा, सरोकारवाला तथा जनप्रतिनिधिहरूको उपस्थितिमा योजनाहरूको कार्यान्वयन अवस्था, सम्पन्न गतिविधिबाट समुदायले पाएका उपलब्धि, अझै अधुरा रहेका कार्य तथा जलवायु अनुकूलनका सन्दर्भमा नयाँ... - [लमही खानेपानीको प्रशासनिक भवन शिलान्यास](https://gharsanchar.com/details-news-12062/): शिवु खनाल देउखुरी, ८ मंसिर । लमही खानेपानीको आफ्नै भवन बन्ने भएको छ । सोमवार लमही नगरपालिका वडा नं. ५ रातो डाँडा स्थित लमही खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको प्रशासनिक भवनको शिलान्यास गरिएको छ । खानेपानी आयोजना व्यवस्थापन कार्यालय नेपालगंजका कार्यालय प्रमुख देवेन्द्र कुमार झा, लमही खानेपानी उपभोक्ता तथा सरसफाई संस्था सनम कुमार पौडेलले संयुक्त रुपमा सोमबार एक समारोहकाबीच उक्त भवनको शिलन्यास गर्नुभएको हो । नेपाल सरकार खानेपानी मन्त्रालय अन्तरगत ३५ करोड ३५ लाख १५ हजार ९ सय ८० रुपैयाँको लागतमा भवन बन्न लागेको भवनको शिलन्यास आरम्भ गरिएको हो । जसअन्तरगत खानेपानी कार्यालयको परिसर भित्र र लमही नगरपालिका वडा नम्बर... - [राप्तीमा धान खरिद सुरु, किसानले पाए समर्थन मूल्यको राहत](https://gharsanchar.com/details-news-12061/): तुलबहादुर कवँर मगर मसुरिया, ७ मंसिर । दाङको राप्ती गाउँपालिकामा आइतबारदेखि यस वर्षको धान खरिद प्रक्रिया सुरु भएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय तुलसीपुरले गाउँपालिकाको समन्वयमा धान खरिद कार्य सुरु गरेको हो । खरिद कार्य शुभारम्भ कार्यक्रममा गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले किसानले अब सरकारी समर्थन मूल्यअनुसार धान बिक्री गर्न पाउने भएकाले राहत मिल्ने विश्वास व्यक्त गरे । तिहारपछि खरिद सुरु गर्ने योजना भए पनि केही प्राविधिक कारणले ढिलाइ भएको बताउँदै अध्यक्ष विष्टले बाहिरी बजारमा धान बिक्री गर्दा मूल्य नपाएको किसानको गुनासो समाधान हुने धारणा व्यक्त गरे । उनले आगामी वर्ष मोटा मात्र नभई मध्यम तथा... - [लुम्बिनी प्रदेश मन्त्रिपरिषद्को बैठकः यि हुन सात निर्णय](https://gharsanchar.com/details-news-12059/): घरसञ्चार दाङ । लुम्बिनी प्रदेश सरकारको आइतबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न ७ वटा महत्वपूर्ण निर्णय गरेको छ । मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय राप्ती उपत्यतका(देउखुरी)मा सम्पन्न बैठकले उद्योग, पर्यटन तथा यातायात मन्त्रालयले पेश गरेको बाधा अड्काउ फुकाउसम्बन्धी प्रस्ताव स्वीकृत गरेको छ । सडक सवारी, यातायात तथा परिवहन ऐन, २०७६ को दफा ११९ को अधिकार प्रयोग गरी पदेश सरकारले बाधा अड्काउ फुकुवागरी निर्देशनालयले गर्नुपर्ने अत्यावश्यक कार्य निर्देशनालय गठन नभएसम्मकालागि उद्योग, पर्यटन तथा यातायात मन्त्रालयबाट सम्पादन गर्नेगरी निर्णय गरिएको हो । सो मन्त्रालयकै तर्फबाट लुम्बिनी प्रज्ञा प्रतिष्ठान स्थापना तथा सञ्चालन गर्न बनेको विधेयक प्रदेश सभामा पेश गर्न अनुमति दिने... - [लमही चेम्बरको पहिलो बैठक, दुई सल्लाहकार सहित प्रेस सँयोजक नियुक्ती](https://gharsanchar.com/details-news-12058/): घरसञ्चार दाङ । लमही चेम्बर अफ कमर्सको पहिलो बैठक लमहीमा सम्पन्न भएको छ । सँस्थाको रातोडाडा स्थित कार्यालयमा बसेको बैठकले विभिन्न ब्यक्तिहरुलाई पदमा रहने गरि नियक्ति गरेको छ । लमही चेम्बरका अध्यक्ष किरण कुमार बुढाथोकीको अध्यक्षतामा सम्पन्न बैठकले दुईजना सल्लाहकार चयन गरेको छ । बिबेक भण्डारी बरिष्ठ सल्लाहकार र बविता खत्रिलाई सल्लाहकारमा चयन गरेको हो । यो भन्दा अघि किसन भट्टराई सल्लाहकारमा चयन भईसकेका छन् । त्यस्तै बैठकले लामो समयदेखी पत्रकारिता गरिरहेका पत्रकार टेकबहादुर पुनलाई सँस्थाको प्रेस संयोजकमा नियुक्त गर्ने निर्णय गरेको छ । उनी नेपाल पत्रकार महासंघका जिल्ला सदस्य समेत हुन । त्यस्तै बैठकले ब्यापारिक महोत्सब संचालन गर्ने निर्णय... - [समयमा निर्वाचन नभए देश दलदलमा फस्नेछ: पुर्ब सञ्चारमन्त्रि शर्मा](https://gharsanchar.com/details-news-12057/): घरसञ्चार दाङ । पूर्व संचार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले समयमै निर्वाचन हुन नसके मुलुक पुनः अर्काे दलदलमा फस्ने बताएकि छिन । आईतवार देखि सुरु भएको छैंठौ बंगलाचुली गाउँपालिका कप २०८२ उद्घाटन गर्दै पूर्व मन्त्री शर्माले यस्तो बताएकि हुन् । जेन–जी आन्दोलनले मुलुकलाई फरक परिस्थितीमा रुपान्तरण गरेकाले उक्त परिस्थितीको अन्त्यकालागि मुलुकमा तोकिएकै समयमा प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गर्न आमनागरिक लाग्नुुपर्ने बताईन । बंगलाचुली गाउँपालिका अध्यक्ष तुलसीराम पुनको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि शर्माले जेन–जी आन्दोलनले मुलुकमा सबै दलहरुलाई सच्याउने र सच्चिने अवसर सहितको नयाँ निर्वाचनको मिति घोषणा भएकाले मुलुकको स्वाधिनता र उपलब्धीको रक्षाका लागि प्रतिनिधिसभाको निर्वाचन समयमा सम्पन्न गर्न दलहरु... - [किताबमा पढेको मन्दिर बारे थप बुझ्न गोरखा स्कुलका विद्यार्थी देवीकोट पुगे](https://gharsanchar.com/details-news-12055/): तुलबहादुर कवँर मगर भालुबाङ, ६ मंसिर । दाङको राप्ती गाउँपालिका वडा नं. २ लालमटियास्थित गोरखा आइडियल स्कुलका कक्षा ८ का विद्यार्थीहरूले शनिबार वडा नं. ९ देविकोटमा रहेको भद्राक्षी देवी मन्दिरको स्थलगत अवलोकन गरेका छन् । स्थानीय पाठ्यक्रम अन्तर्गत धार्मिक तथा पर्यटकीय स्थलको अध्ययनलाई प्रत्यक्ष अनुभवसँग जोड्न विद्यालयले यो भ्रमण आयोजना गरेको हो । सो अवसरमा विद्यार्थीहरूलाई राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्ट, वडा नं. ९ का अध्यक्ष रिमबहादुर सुनारी मगर, तथा मन्दिरका पुजारी लिलबहादुर कार्कीले मन्दिरको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक महत्वबारे जानकारी दिए । अध्यक्ष विष्टले यस्ता भ्रमणले विद्यार्थीहरूमा स्थानीय धार्मिक तथा पर्यटकीय क्षेत्रको बारेमा जानकारी बढाउने उल्लेख गर्दै, स्थानीय सम्पदा... - [कृषकहरू अर्गानिक खेतीतर्फ अग्रसर हुनुपर्छ : अध्यक्ष विष्ट](https://gharsanchar.com/details-news-12054/): तुलबहादुर कवँर मगर सिसहनियाँ, ६ मंसिर । दाङको राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले कृषकहरू अर्गानिक खेतीतर्फ उन्मुख हुनुपर्ने आवश्यकता औँल्याएका छन । शनिबार वडा नं. ९ रुपाकोटस्थित राप्ती कृषि सहकारी संस्थाको दाेस्रो वार्षिक साधारणसभालाई सम्बोधन गर्दै अध्यक्ष विष्टले पछिल्ला वर्षहरूमा रासायनिक मलको अत्यधिक प्रयोगका कारण माटोको उर्वराशक्ति घट्दै गएको र मानव स्वास्थ्यमा समेत नकारात्मक असर परेको बताए । उनले प्राङ्गारिक मल तथा जैविक विधि प्रयोग गरी सुरक्षित र दीगो कृषि प्रणाली विकास गर्नुपर्नेमा जोड दिए । अध्यक्ष विष्टले वडा नं. ९ लाई अर्गानिक मोडल वडाका रूपमा विकास गर्ने लक्ष्य रहेको जानकारी दिए । स्थानीय स्तरमै उत्पादन हुने अदुवा,बेसार, काेदो, फापर,... - [राप्तीमा अपाङ्गता भएका व्यक्तिहरुको निःशुल्क स्वास्थ्य चेकजाँच](https://gharsanchar.com/details-news-12053/): तुलबहादुर कवँर मगर मसुरिया, ६ मंसिर । दाङको राप्ती गाउँपालिकामा एक दिने शारीरिक अपाङ्गता परीक्षणसम्बन्धी निःशुल्क घुम्ती शिविर सम्पन्न भएको छ । विकलांग मित्र समूह अपांग बाल अस्पताल पुनस्र्थापना केन्द्र (HRDC) बनेपा काभ्रेपलाञ्चोकको आयोजना तथा राप्ती गाउँपालिका दाङको समन्वयमा शनिबार गाउँपालिकाको सभाहल मसुरियामा शिविर सञ्चालन गरिएको हो । शिविरमा ४३ जना शारीरिक अपाङ्गता भएका व्यक्तिहरुको स्वास्थ्य परीक्षण गरिएको जनाइएको छ । त्यसमध्ये ३३ जनाले फिजियोथेरापी सेवा प्राप्त गरेका छन् । ११ जनालाई कृतिम अंग तथा सहायक सामग्री प्रदान गर्नका लागि नाप लिइएको छ भने ४ जनालाई सहायक सामग्री प्रदान गरिएको छ । यस्तै, विभिन्न खुट्टा, हात तथा अन्य शारीरिक समस्या... - [लमही चेम्बरको साधारण सभा तथा चौथो अधिवेशन, अध्यक्षमा बुढाथोकी चयन](https://gharsanchar.com/details-news-12052/): टेकबहादुर पुन लमही । लमही चेम्बर अफ कमर्स लमही दाङको ७औँ बार्षिक साधारण सभा तथा चौथो अधिवेशन शनिबार लमहीमा सम्पन्न भएको छ । चेम्बर अफ कमर्सका अध्यक्ष सितल भुषालको अध्यक्षता तथा चेम्बर अफ कमर्स लुम्बिनी प्रदेशका सचिव अजय न्यौपानेको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा व्यवसाय, सहकार्य र संगठन सुदृढीकरणका विषयमा व्यापक छलफल भएको थियो । उपाध्यक्ष शशी परियारको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रममा सदस्य नारायण प्रसाद भुषाल तथा वरिष्ठ उपाध्यक्ष किरण कुमार बुढाथोकी लगायतले आ-आफ्नो भनाई राखेका थिए । कार्यक्रममा आर्थिक प्रतिवेदन कोषाध्यक्ष प्रमोद बस्नेतले प्रस्तुत गरेका थिए । उनले अघिल्लो कार्यकालको आम्दानी–खर्च विवरण, कार्यक्रम खर्च, लगानी तथा संगठनको आर्थिक अवस्थाबारे... - [गुणस्तरीय स्वास्थ्य सेवामा प्रदेश सरकारको प्राथमिकता : स्वास्थ्यमन्त्री सारु](https://gharsanchar.com/details-news-12051/): ओमप्रकाश गुप्ता भालुवाङ ६ मंसिर । लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री खेमबहादुर सारुले गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताएका छन् । तिलगंगा सर्जिकल आँखा केन्द्र र आध्या मेडिकल हलको प्राविधिक सहयोगमा राप्ती प्रेस मञ्चले शुक्रबार दाङको राप्ती गाउँपालिका–५ सिसहनियाँमा आयोजना गरेको पत्रकारहरुको निशुल्क आँखा तथा स्वास्थ्य जाँच शिविरको उद्घाटन गर्दै उनले प्रभावकारी र सुलभ स्वास्थ्य सेवा सुनिश्चित गर्न सरकार निरन्तर कार्यरत रहेको स्पष्ट पारेका हुन् । उनका अनुसार प्रर्वद्धनात्मक उपचार सेवामा सरकारले ध्यान बढाएको छ । लुम्बिनी प्रादेशिक अस्पताललाई नमुना संस्थाका रूपमा अघि बढाउने लक्ष्य लिइएको छ । आधारभूत स्वास्थ्य सेवा बलियो बनाउँदै लगिएको छ । गाउँ तथा दुर्गम... ## Pages - [Contact Us](https://gharsanchar.com/contact-us/) - [Subscribe us](https://gharsanchar.com/subscribe-us/) - [Privacy Policy](https://gharsanchar.com/privacy-policy/): Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry’s standard dummy text ever since the 1500s, when an unknown printer took a galley of type and scrambled it to make a type specimen book. It has survived not only five centuries, but also the leap into electronic typesetting, remaining essentially unchanged. It was popularised in the 1960s with the release of Letraset sheets containing Lorem Ipsum passages, and more recently with desktop publishing software like Aldus PageMaker including versions of Lorem Ipsum. Lorem Ipsum is simply dummy text of the printing and typesetting... - [License](https://gharsanchar.com/license/): Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry’s standard dummy text ever since the 1500s, when an unknown printer took a galley of type and scrambled it to make a type specimen book. It has survived not only five centuries, but also the leap into electronic typesetting, remaining essentially unchanged. It was popularised in the 1960s with the release of Letraset sheets containing Lorem Ipsum passages, and more recently with desktop publishing software like Aldus PageMaker including versions of Lorem Ipsum. Lorem Ipsum is simply dummy text of the printing and typesetting... - [Sample Page](https://gharsanchar.com/sample-page-2/): This is an example page. It’s different from a blog post because it will stay in one place and will show up in your site navigation (in most themes). Most people start with an About page that introduces them to potential site visitors. It might say something like this: Hi there! I’m a bike messenger by day, aspiring actor by night, and this is my website. I live in Los Angeles, have a great dog named Jack, and I like piña coladas. (And gettin’ caught in the rain.) …or something like this: The XYZ Doohickey Company was founded in 1971,... [comment]: # (Generated by Hostinger Tools Plugin)